राष्ट्रिय चिकित्सक संघ लुम्बिनी शाखाका चिकित्सक सामाजिक सेवामा अग्रसर #Covid19

बुटवल ,११ जेठ आइतबार 

नेपाल राष्ट्रिय चिकित्सक संघ (NDAN) लुम्बिनी शाखाले बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको स्टोर शाखामा कोरोना विशेष अस्पतालमा उपचाररत कोभिड-१९ बिरामीका लागि स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न हस्तान्तरण गराइयो।

कार्यक्रममा NDAN लुम्बिनी शाखाका अध्यक्ष डा. समीर आचार्य, उपाध्यक्ष डा. प्रकाश बस्नेत, महासचिव डा. सागर न्यौपाने, NDAN केन्द्रिय सदस्य डा. प्रशान्त आचार्य र डा. सम्राट पराजुली, NDAN लुम्बिनी शाखा केन्द्रिय सदस्य डा. रुद्र भण्डारीले संयुक्त रुपमा लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष श्री सुर्य बहादुर भट्टराई , लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र स्टोर प्रमुख बबीत बजीमयलाई हस्तान्तरण गराउनुभयो।

स्वास्थबर्धक पौस्टिक खाद्यान्न च्यावनप्राश, हर्लिक्स, पौस्टिक झोल(multivitamins), आदि हाल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित NDAN लुम्बिनी शाखा कमिटीले प्रदान गरेको हो।सहायता सामाग्री हर्लिक्स यसोदा फुड प्रोडक्सका प्रबन्धक निर्देशक समाजसेवी नरिश्वर पौडेल ज्यू बाट NDAN लुम्बिनी शाखालाई प्रदान गरिएको थियो। स्वास्थ्यबर्धक पौस्टिक खाद्यान्न सामाग्री हस्तान्तरणको संयोजन डा. सम्राट पराजुलीले गर्नुभएको हो।

Next Post

Discussion about this post

ADVERTISEMENT