काठमाडौं , २२ श्रावण २०७७
गत वैशाखदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचारत ब्लड क्यान्सर पिडित तादी गाउँ पालीका ४ का १७ वर्षीय शिवराम कुइकेलको आर्थिक अभावले उपचारमा समस्या भइरहेको छ। घरको आर्थिक अवस्था निकै कमजोर रहेका कारणले उपचार गर्न समस्या भइरहेको पीडितका आफन्त उपेन्द्र दाहालले बताउनुभयो । दाहालका अनुसार अहिले पिडितको लागि विभिन्न ठाउँबाट सहयोग उठाएर उपचार चलिरहेको छ। अस्पतालमा चिकित्सकले पहिलो चरणमा ८ महिनासम्म अब्जरभेसनमा राख्न भनिएको छ ।
काठमाडौँ फुटुङ बस्दै आएका कुइकेल कोरोनाका कारण भक्तपुर अस्पताल बस्न नपाएपछि निरन्तर ओहरदोहर गरी उपचार सेवा लिइरहेका छन्। त्यसपछि निको हुँदै गएपछि छ महीना वर्षदिनमा किमो चढाउनुपर्ने चिकित्सकले बताए। कुईकेलको डब्लु बिसि (white blood cell) मा क्यान्सर भएको हो । डाक्टरले १५ देखि २० लाख रुपैयाँ लाग्ने अनुमानित खर्च बताइएको छ अहिलेसम्म किमो चढाउने , इन्जेक्सन दिने औषधि दिने र यातायात खर्च लगायत गरी झण्डै १० लाख रुपैयाँ खर्च भइसकेको दाहालले जानकारी दिनुभयो।
बिरामीले उपचाको खर्च तिर्न सम्भव नभएपछि उनले आफै सामाजिक संजालबाट देशविदेशमा रहेका सहयोगी मन हरुबाट आर्थिक संकलन अभियान चलाएका छन् जसबाट ४ लाख रुपैयाँ जम्मा भएर खर्च गरिएको छ। दाहालका अनुसार तादी गाउँ पालीका बाट ५० हजार सहयोग भयको छ। अमेरिका बाट हरिराम भण्डारीको नेतृत्वमा ७३ हजार र भण्डारी समाज नेपालबाट १ लाख गरी १ लाख ७३ हजार सहयोग सङ्कलन भएको छ। त्यस्तैगरी जापानबाट पनि ६८ हजार संकलन उठेको छ ।बिभिन्न देश मा रहनुभएका साथीहरू मार्फत लगभग १ लाख संकलन भएको छ। कोरियामा आशिष भण्डारीको बिशेष सक्रियतामा र अन्य देशमा पनि सहयोग उठाउने क्रम चलिरहेको दाहालले बताए बिरामीका बाबुआमा, एक दाजु र दुई दिदीबहिनी हुनुहुन्छ ।
कुइकेल गत चैतमा एसईई दिने तयारीमा थिए तर कोरोना महामारी सँगै सुरु हुनु र उनमा जरो आउनु एक समय परेको थियो । भरतपुर अस्पतालमा गएर जाँच गराउँदा उनमा कोरोना देखिएन बरु रक्तक्यान्सर जस्तो जटिल रोग पत्ता लागेको आफन्त दाहालले जानकारी दिए। त्यसपछि भक्तपुर अस्पतालमा उपचार सुरु गरिएको हो । बिरामी कुइकेल चितवनको देवघाट बेद विद्याश्रममा संस्कृत पढ्दै थिए । कुइकेल आफु त जटिल रोगको उपचार गरिरहेका थिए नै बिरामीका बुवाको गत वर्ष टाउकोको दुई पटक अप्रेशन गरेका कारण घरमै आराम गरिरहेका दाहालले बताए । उनका दाजु प्राईभेटमा सानोतिनो नोकरी थियो तर अहिले त्यो पनि भाईको उपचारको निम्ति छोड्नुपरेको छ भने दिदीहरूको विवाह भइसकेकोले घरबाट उपचारका लागि खर्च जोहो गर्न सक्ने अवस्था छैन।
गाउँको पाखोबारी बेचेर पनि उपचार गर्न सकिने अवस्था नरहेकोले उनले सहयोगको लागि अपिल गरेका छन्। सहयोग गर्न चाहनेका लागि नेपालमा उपेन्द्र दाहालको फोन नम्बर ९८५११५००१५ र एनआइसी एसिया बैंक टोखा शाखामा G587032487452401 खाता नम्बर मा सहयोग रकम जम्मा गर्न सकिने छ।