मास्क देखावटी राम्रोको लागि भन्दा पनि त्यसको गुणस्तर, प्रभावकारिता हेरेर प्रयोग गरौं । मास्क भन्न्ने बितिकै हाम्रो सोचाइमा कोरोना भाइरस आउँदछ ।तर हाम्रो सोचाइ जस्तो भए पनि हामी मास्को प्रयोग गरिराखेका छाै यो राम्रो कुरा हो । मास्क को प्रयोग 2020 January 23 मा COVID-19 का केही बिरामी नेपालमा पनि देखिए पछि धेरै प्रयोगमा आएको हो । यसको प्रयोगले हामी कोरोना भाइरस बाट मात्र सुरक्षित न भएर हजारौं किसिमका रोग गराउने कीटाणु जस्तै :भाइरस, ब्याक्टेरिया , Dust, पोलेन,धुलो आदि बाट सुरक्षित हुन पुग्दछाै। सबै किसिमका समानको गुणस्तर प्रभावकारीता हुने भएकाले मास्क पनि एक हो।
मास्क धेरै प्रकारका भएता पनि प्राय जस्तो नेपाली बजारमा पाहिने ४ किसिमका मास्क किटाणु प्रतिको प्रभावकारिता हेर्दा ।
1) N95 Mask :
नेपाली बजारमा पाउने मास्को दाजोमा यो मास्क सबै भन्दा उत्कृष्ट प्रभावकारिता ,गुणस्तर भएको मास्क हो।यस्ले भाइरस लाई 95% रोक्दछ भने ,ब्यक्तेरिय,फोहोर,पोलेन,dust हरुलाई भने 100% रोक्ने गर्दछ । त्यसैले यो मास्क राम्रो छ
2) सर्जिकल मास्क :
यो मास्कको प्रभावकारिताको कुरा गर्दा भाइरस रोक्ने सन्दर्भमा N95 ले जस्तै यस्ले पनि 95% नै रोक्ने गर्दछ भने अन्य ब्याक्टेरिया , पोलेन,फोहिर लाई N95 ले भन्दा कम रोक्ने गर्दछ ।
यो मास्क N95 भन्दा स्वस्तो र भाइरसको दाजोमा N95 ले जस्तै रोक्ने भएकाले राम्रो छ । र यो मास्क प्रयोग को लागि उचित छ। भाइरस 95% , ब्याक्टेरिया, पोलेन,फोहोर लाई 80% का दर ले रोक्ने गर्दछ ।
3) कपडाको मास्क:
यसले हामीलाई माथिका 2 मास्कको दाजोमा 50% कम सुरक्षित गर्दछ ।यो मास्क लाई माथिका 2 वटा मास्क नभेटिएको खण्डमा प्रयोगमा ल्याउन सकिन्छ जसले 50% किटाणु लाई रोक्ने गर्दछ ।
4) Sponge Mask:
यो मास्क देख्दा धेरै प्रभावकारि भएको जस्तो राम्रो देखिएता पनि माथिका अरु भन्दा धेरै कम प्रभावकारी छ ।
– हाल को अबस्थामा मास्को स्वकिन भन्दा पनि प्रभावकारीता हेर्न पर्दछ ।
✍️ बिरेन्द्र बहादुर बुढा
हेल्थ असिस्टेन्ट
मेल्लेख -२ ऋषिदह , अछाम