Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे #Covid19

HNN Staff by HNN Staff
June 7, 2020
in Health
Reading Time: 1 min read
A A
0
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
604
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजदेखि लकडाउन खुकुलो भएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन ।

हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं । लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ । यहांहरुले निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणसंग बच्न सकिन्छ ।

१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला ।

२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला । घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला । मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला । प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला । सकभर चस्मा र पंजाको पनि प्रयोग गर्नुहोला ।

३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो । घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुहोला ।

४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्नुहोला । हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघिं तथा अन्य समयमा पनि साबुनपानीले मिचिमिची हात धुनुहोला ।साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुहोला ।

५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोंटो दुरीमा पैदल हिंड्ने बानी गर्नुहोला । भौतिक दुरी कायम हुनेगरि सवारी साधन चढ्दा मास्क, चस्मा, पंजा तथा स्यानिटाइजर अनिबार्य रुपमा प्रयोग गर्नुहोला ।

६. कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो ।भीडमा झुक्किएर पनि नजानुहोला । भौतिक दुरीको मुलमन्त्र नबिर्सनुहोला ।

७. खोकी लागेमा, हान्च्छ्युं आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला । यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युं गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने गर्नुहोला । अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्नुहोला, हाच्छ्युं नगर्नुहोला । यो बानी हामीले सुधार्नु जरुरी छ ।

८. आफुले काम गर्ने / गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउनुहोला । बन्द कोठामा भाइरस लामो समयसम्म रहन्छ

९. सकभर खाजा घरबाटै लिएर जानुहोला । क्यान्टिन वा चियापसलको भीडबाट बच्नुहोला ।

१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने बानी   गर्नुहोला ।

११. घरमा फर्केपछि मास्क, रुमाल, पंजा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्नुहोला ।

१२. सानोतिनो समस्या भएमा अस्पताल नजानुहोला । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जानुहोला । त्यहाँ ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्नुहोला ।

१३. तरकारी,फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्नुहोला

१४. मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउनुहोला । केहि समय हाम्रा ब्यबसाय चल्ने छैनन् वा कम चल्नेछन् । खाध्य, औषधि, स्टेसनरी, कृषि लगायतका ब्यबसाय चल्नेछन् । अन्य ब्यबसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई ब्यबस्थापन गर्नुहोला । आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो । कृषि, पशुपंक्षी पालन तथा बिबिध अर्गानिक खेती, होम डेलिभरी एबम अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् ।

१५. चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई ब्यबस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको बिकास गर्नुको बिकल्प छैन । कोभिड पूर्वको अवस्थासंग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ । यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन ।

१६. रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्नुहोला । ताजा र पोषिलो खाना, खानामा मरमसला र जडिबुटीको प्रयोग, गुर्जो + तुलसी + बेसार + अश्वगन्धा मिश्रित चिया, प्रशस्त पानी, ब्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचन श्रवण, तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ ।इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ । सकारात्मक सोंच र आशाबादी गुण सुखी जीवनका अचुक औषधि हुन् ।

१७. कुनै व्यक्तिसंग प्रतिष्पर्धा, रीस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्नुहोला । प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ । विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिंड्ने व्यक्ति निरोगी र दिर्घायु हुन्छ ।

१८. संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित हुने नगर्नुहोला । कोरोना आउनु पहिले सबै अस्पताल प्याक थिए, आइसीयु प्याक थिए, घाटहरु ब्यस्त थिए । जन्म, वृद्धि, क्षय ( रोग, बुढोपन ) र मृत्यु हामी सबैको जीवनमा थियो, छ र हुनेछ ।

१९. कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ ।तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नु  हुँदैन । औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन ।

२०. कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो । ९० % कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ । १० % लाई अस्पताल बस्नुपर्ने हुन   सक्छ । ती मध्ये ५ % लाई आइसीयु / भेन्टिलेटर चाहिन्छ । त्यसको आधा अर्थात २-३ % को मात्र निधन हुन्छ | हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५ % पनि छैन । यो तथ्य हामीले बिर्सिनु हुँदैन ।

#Lock down # Social distance #Corona virus #Road accident #shopping #Mental health #Dr.Rabindra Pandey.

Tags: #smoking #disease #Corona Virus #Covid19
SummarizeShare251ScanTweet147

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.