Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दसैं र कोरोनामा मुटु रोगीले किन बढी सचेत हुनुपर्छ?

HNN Staff by HNN Staff
October 27, 2020
in Articles, Health
Reading Time: 2 mins read
A A
1
619
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
wp 1603764124776
✍️ Dr Yadav Dev Bhatta, Cardiologist

नेपालीले विशेष रुपमा मनाउने चाडपर्व दसैं हो। यो समयमा कोरोनाको संक्रमण दैनिक बढ्दो छ।

कोरोना संक्रमणको बढी जोखिममा रहेका समूहमध्ये मुटु रोगी पनि एक हुन्। संक्रमण भएपछि अवस्था गम्भीर हुने र मृत्यु हुने सम्भावना मुटु रोगीमा बढी हुन्छ। अन्य व्यक्तिको तुलनामा कोरोना संक्रमण हुँदा निको हुने सम्भावना पनि कम हुन्छ।

मुटु रोगीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरु कोरोनाको बढी जोखिममा पर्छन्। मुटु रोगीलाई कोरोना संक्रमण भए ज्वरो आउने, फोक्सो बिग्रने, मुटु झनै बिग्रने, हृदयघात हुने, ब्रेनमा स्ट्रोक भएर प्यारालाइसिस हुने, भेन्टिलेटरमा भर्ना गर्नुपर्ने अवस्था आउने सम्भावना धेरै हुन्छ। त्यसैले पनि मुटु रोगी धेरै सतर्क रहनुपर्छ।

धेरै जोखिम हुने भएकाले मुटु रोगीले एकदम सावधानीपूर्वक चाडपर्व मनाउनुपर्छ। सावधानीपूर्वक भनेको अहिलेको सन्दर्भमा अन्य व्यक्तिको सम्पर्कमा नजानु नै हो। मास्क लगाउने र हात बेलाबेलामा सफा गरिरहनुपर्छ।

अहिलेसम्म हामीले दसैंलाई विशेष रुपमा मनाउँदै आएका छौं। तर यस वर्ष मुटु रोगीले घरभित्रै बसेर चाड मनाउँदा पनि फरक अनुभव हुनसक्छ। अन्यले पनि यो वर्षको दसैं घरपरिवारसँग मात्र रमाएर मनाउन आवश्यक छ।

विगतका वर्षहरुमा जस्तै पारिवारिक जमघट गरेर दसैं मनाउने अवस्था अहिले छैन। पारिवारिक जमघट नगर्नु नै सुरक्षित हुन्छ। मुटु रोगीहरुमा त यो झनै लागू हुन्छ। हामी पनि अरुको घरमा टीका लगाउन नजाने र आफ्नो घरमा पनि आउन नदिने गर्न सक्यौं भने पनि सुरक्षित हुन सकिन्छ। यसो गर्न सकियो भने कोरोना संक्रमण हुने र सार्ने सम्भावना दुवै कम हुन्छ।

मुटु रोगीले कोरोनासँगै खानपानमा पनि ध्यान दिनु आवश्यक छ। धेरै चिल्लो, तारेको र मसालेदार खानेकुराबाट मुटु रोगी टाढै बस्नुपर्छ। यो वर्षको दसैं आफ्नै घरपरिवारमा रहेर मनाऔं। अन्त कतै नजाऔं भन्ने मेरो यस वर्षको कोरोनाबाट बच्ने नारा पनि हो।

Takingcareofourheart

✍️ लेखक डा.यादब देव भट्ट बरिष्ठ मुटु रोग विशेषज्ञ हुन्। उहाँ नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विभागिय प्रमुख पन  हुन्।

Tags: Dr Yadav Dev BhattaHeart Health
SummarizeShare268ScanTweet146

Related articles

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.