आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

साबधान : निको नहुन सक्छ रुघाखोकी

HNN Staff by HNN Staff
July 16, 2020
in Disease
A A
0
साबधान : निको नहुन सक्छ रुघाखोकी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा.दिपेन्द्र कार्की 

बि एण्ड बि अस्पताल 

भाइरस सजिलै चारैतिर फैलन सक्ने भएकोले रुघाखोकी, नाकबाट सिंगान बग्नु, हाछ्यू हुनु, घाँटी दुख्नु जस्ता समस्या सबै जसोले भोग्ने गरेका छौ । रुघाखोकी लागेकोलाई सामान्य विरामीको रुपमा लिइन्छ तर यो थुप्रै करिव २ सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा भाइरसद्वारा हुने संक्रामक सरुवा रोग हो । भाइरसको एकपटकको आक्रमणले छोटो समयको लागि इम्युनिटी दिन्छ तर हरेक पटक नया“ भाईरसको संक्रमण हुन्छ।

तिब्रताका साथ संक्रमण फैलिने हुनाले विकसित मुलुकमा कतिपय अन्य सरुवा रोगभन्दा पनि यो रोगलाई खतरनाक मान्छन् तर हाम्रो मुलुकमा अशिक्षा, अज्ञानता तथा स्वास्थ्य सम्बन्धी चेतनाको कमिले गर्दा यसलाई सहज रुपले लिने गरिएकाले एक व्यक्तिबाट अर्को व्यक्ति तथा एउटै परिवारका समस्त सदस्यलाई एकै पटक आक्रान्त पारेको र जटिलता ल्याएको देखिन्छ ।

अमेरीकामा अस्पताल पुग्ने सवैभन्दा बढी अस्पताल रुघाखोकीका बिरामी  छ्न।
प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले तथा भाइरस हावामा हुने भएकोले ज्यादा भिडभाड हुने स्थान, सिनेमा हल, बस, विद्यालय, जात्रा आदि धुलो तथा प्रदूषणयुक्त स्थानमा छिट्टै सर्ने संभावना हुन्छ । विरामीले खोक्दा, बोल्दा, हाछ्युँ गर्दा लाखौं विषाणु हावामा फैलिन्छन् अन्य मानिसले स्वास लिंदा उक्त विषाणु निरोगी मानिसको फोक्सोमा पुग्दछ । विषाणुले अनुकुल वातावरण पाएमा त्यस विषाणुले असर गरी रोग देखाउँछ ।

किन लाग्छ रुघाखोकी ?

— रुघाखोकी कमजोर, प्रतिरोधात्मक शक्ति भएकोमा मात्र लाग्दछ ।
— रुघाखोकी चिसोसग लड्नका लागि हुने भएकोले उपचार गर्नु हुदैन ।
— रुघाखोकीमा दूध पिउदा सिंगान बढी र बाक्लो आउछ ।
— धेरै अमिलो र भिटामिन सी रुघाखोकीका लागि राम्रो हो ।
— रुघाखोकीको लागि औषधि भन्दा जडिबुटी उत्तम हुन्छ ।
— धु्रमपान, मद्यपान, तातो सुप, ब्राण्डीले रुघाखोकी निको पार्दछ । जस्ता अनगिन्ती मान्यता तथा बिश्वास हामीकहा बिद्यमान छन ।

लक्षणहरु :

रुघाखोकी मानिसबाट मानिसमा मौसम परिवर्तन हुने समयमा तथा शरीरको प्रतिरक्षात्मक ह्रास भएको स्थितिमा अत्यन्त छिटो र सजिलो संग कुनै पनि उमेर तथा लिंगका धनी र गरिबलाई नछुटाई फैलिन्छ । यो रोगले खासगरी ५ वर्षमुनिका बच्चा र ४५–५० वर्ष माथिका उमेर समूहलाई बढी नकारात्मक असर पार्दछ ।

विषाणुको संक्रमण भएको केही घण्टादेखि १–२ दिनमै लक्षण देखिन्छ ।नाकबाट पानी जस्तो पातलो सिँगान बग्छ, हाच्छूँ लागिरहन्छ (नाक सनसनाउछ)। आँखा रसिलो भई आँशु बगिराख्छ ।वाकवाकी लाग्ने, बान्ता हुने, सुख्खा खोकी लाग्छ । छाती दुख्छ, नाकको म्युकोसा सुन्निने भएकोले श्वास फेर्न गाह्रो हुन्छ ।थुक, पानी पिउन, निल्न पनि गाह्रो हुन्छ ।शरीरमा थकानको अनुभव हुन्छ, टाउको भारी भइ दुख्छ । विशेष गरी नवजात शिशु र बालबालिकामा धेरै ज्वरो आउँछ, जिउ दुख्छ, कान बन्द हुन्छ ।घाँटीमा खसखस गरी खोकी लागिरहन्छ (घाँटी खसखसाउने, कोक्याउने गर्छ )।नाक बन्द हुन्छ, स्वाद र सुघ्ने क्षमतामा कमी आउ“छ । चुरोट खानेमा कडा लक्षण देखिन्छ भने चिसो याममा बढी र बालबालिका, वृद्ध तथा शारीरिक रुपले असक्तहरुमा लामो समय सम्म रहन सक्छ ।
जटिलता नभएमा ३–५ दिनमा लक्षणहरू कम भएर जान्छन् । बढी जोखिमपूर्ण समूहमा बेलैमा उपचार नगरे मृत्यु पनि हुन सक्छ ।

जटिलता:

इन्फ्लुएन्जाले साधारणतया रुघाखोकी, ज्वरो तथा श्वास प्रश्वास सम्बन्धी सामान्य संक्रमण गराउने भएपनि ट्राकियाटिस, ब्रोङ्काइटिस, ब्रोङ्कोलाइटिस, ब्रोङ्कोनिमोनिया फेरेन्जाइटिस, लेरेन्जाइटिस, निमोनिया,नाकको भित्री भागको श्लेष्मीक सुन्निनु(राइनाइटिस),साइनाइटीस, कानमा पीप बग्नु (एक्युट ओटाइटिस मिडिया),ब्याक्टेरियल संक्रमण, टकसीक कार्डियोमायोप्याथी,इन्सेफलाइटिस, इन्सेफेलोप्याथी, न्यूरोप्याथी, एस्थेनिया र डिप्रेसन पनि हुन सक्छ । जाडो याममा बढी हुने इन्फ्लुएन्जाले हृदयरोग र हृदयघात समेत हुन सक्ने देखाएको छ । त्यसकारण रुघा एक सामान्य रोग भएता पनि हेलचक्र्याई गर्दा अन्य ठूलो रोगहरूको कारक बन्न सक्दछ ।

रोकथाम:

रुघाखोकीको वैकल्पिक चिकित्सा उपायहरू थुप्रै छन् । हुन त रुघाखोकी भाइरल इन्फेक्सन भएको हुँदा यसको रामवाण औषधी छैन खासै उपचार छैन त्यसैले भनिन्छ भाइरल इन्फेक्सनको उपचार गर्दा १–२ साता तथा उपचार नगर्दा ७–१४ दिनमा निको हुन्छ । तर यसका नकारात्मक असर कम गर्न थप संक्रमण र जटिलता रोक्न विदेशमा एण्टीभाइरल औषधिको प्रयोग, रोग विरुद्ध खोप वा भ्याक्सिन पनि दिइने चलन छ तर नेपालमा महंगा औषधि र खोपको आर्थिक भार बेहोर्न नसकिने भएकोले लक्षण अनुसार र संक्रमणको अवस्था सिर्जना हुन नदिन उपचार गर्ने गरिन्छ ।

रोगीको नाक मुखबाट उत्सर्जित थुक, खकार, सिंगान जथाभावी नफाल्ने, रोगीको सम्पर्कमा जादा नाक र मुख छोप्ने, संक्रमितले खोक्दा, हाछ“यू गर्दा रुमालले आफ्नो नाक र मुख छोप्ने रोगीले नाक, मुख पुछ्न प्रयोग गरेका वस्त्रहरु विसक्रमण नगरी अरुले प्रयोग नगर्ने, संक्रमित संग हात मिलाएपछि र सामान चलाएपछि तथा खाना खान¬पूर्ब साबुन पानीले हात धुने गरी रोकथाम गर्न सकिन्छ ।

Tags: common ColdCorona Virus #Covid19Dr.Deependra PandeySelf IsolationSelf Quarantine
Nisarga hospital Dhangadhi
Previous Post

थपिए १६७ जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो #Covid19

Next Post

चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा.लोक बहादुर सेढाई सर्वसम्मत चयन

Related articles

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental
Disease

मानसिक तनाव घटाउने ११ तरिका जानी राखौं #Mental

2 years ago
819
Next Post
चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा.लोक बहादुर सेढाई सर्वसम्मत चयन

चिकित्सक संघ चितवन शाखाको अध्यक्षमा डा.लोक बहादुर सेढाई सर्वसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.