कोरोना भाइरस सम्बन्धि जानकारी डा.लामिछाने

✍️ डा .नवराज लामिछाने

कन्सलटेन्ट फिजिसियन

चितवन एभरेष्ट हस्पिटल भरतपुर 

कोरोना भाइरस भनेको के हो?
कोरोना भाइरस भाइरसहरूको परिवार हो। जुन जनावरहरूमा रोग सार्दछ। नयाँ  भाइरस, आधिकारिक रूपमा कोविड -१९ पनि भनिन्छ।यो  भिडभाडमा , श्वासप्रश्वासको माााध्यमबाट सर्दछ।

कोरोना भाइरस सर्ने तरिकाहरु:

१)नाकबाट निस्कने सिगानबाट

२) फोहोर हातबाट

३) भाइरसबाट प्रभावित ब्यक्तिको सम्पर्कबाट

कोरोना भाइरसका लक्षणहरु :

१) सिगान बगिरहनु

२) घाँटी सुक्नु तथा दुख्न

३)लगातार टाउको दुखिरहनु

४) लगातार ज्वरो आइरहनु

५) सास फेर्नु गाह्रो हुनु

कोरोना भाइरस बाट बच्ने उपायहरु:

१) साबुन-पानीले राम्रो सङ्ग हात धुने

२) खानेकुरा राम्रो सङ्ग पकाउने

३) माक्सको नियमित प्रयोग गर्ने

४) भिडभाडबाट टाढै रहने वा भिडभाडमा सकभर नजाने

५) होटल र रेष्टुरेन्टमा खाना नखाने

६) चरा,मुसा,बिरालो ,कुकुर जस्ता जनावर बाट टाढा रहने ।

७)खोक्दा हाछ्यूगर्दा मुख छोपेर गर्ने

८)लक्षण देखा पर्नासाथ अस्पताल जाने।

Next Post
ADVERTISEMENT