आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

थाइराइडले महिलाहरूको महिनावारीमा समस्या

HNN Staff by HNN Staff
February 3, 2022
in Articles
A A
0
Women's health

Women's health

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल हुन्छ । उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्ने काम गर्छ । जसले गर्दा हामीले खाएको पौष्टिक तत्वलाई जीनतत्वमा रूपान्तरण गर्छ ।

थाइराइड हार्मोनले शरीरको शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्वपूर्ण काम गर्छ । थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा (अनावश्यक रूपमा) हार्मोनको उत्पादन हुन्छ। हाइपरथाइराइडिज्म कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ । यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ ।

मस्तिष्कबाट पिटुटरी ग्रन्थिमा थाइराइड स्टिमुलेटिङ् हार्मोन (टीएसएच) उत्पन्न हुन्छ । उक्त टीएसएच हार्मोन थाइराइड ग्रन्थिमा परिभ्रमण गरेर टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न उत्प्रेरकको काम गर्छ । थाइराइड ग्रन्थिलाई टी–३ तथा टी–४ हार्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा खाने आयोडिन चाहिन्छ ।

थाइराइड भएका महिलाहरुमा महिनावारी अनियमित हुने, अत्यधिक वा अति अल्प हुने, कडा तथा दीर्घ कब्जियत हुने अथवा बारम्बार दिसा लागिरहने, औषधि गरे पनि पेटको समस्या भइरहने, कपाल झर्ने, टुट्ने, हाँगा हाल्ने, सुक्खा हुने, आँखीभौँका राैं झर्ने तथा छाला पातलो, सुक्खा, पत्रपत्र निस्कने, घाँटी सुन्निएको अनुभव हुने, असजिलो तथा केही अड्किएजस्तो हुने, धोद्रो स्वर हुने वा घाँटीको ग्रन्थि बढेजस्तो देखिने, मांसपेसी र जोर्नी दुख्ने तथा हातखुट्टा कमजोर भएजस्तो हुने लक्षण देखा पर्छन ।

समयमै रोगको निदान गरेर उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासि बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामीको मृत्यु हुने सम्भावना ५० प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा असर गर्छ । थाइराइड ग्रन्थिमा विषाक्त प्रभाव पर्छ ।

कसरी घटाउने मोटोपना ? मोटोपनाले पैदा गर्ने रोग के हुन् ? #Obesity

उच्च रक्तचाप, छाती दुख्ने, छिटो र अनियमित मुटुको धड्कन हुने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, वान्ता हुने, बढी उत्तेजित वा चिडचिडाहट, रिँगटा, हृदयाघात तथा चेतना हराएर कोमामा जाने आकस्मिक अवस्था आउन सक्छ । त्यस्तै, समयमा निदान एवं उपचार नगरेमा हाइपोथाइराइडिज्मले मस्तिष्कमा गम्भीर असर गर्छ । मुटुको धड्कन अनियमित हुने, संक्रमण, फोक्सो र मुटुमा पानी जम्ने, सोच्ने शक्ति हराउने, पागलपन, कोलेस्ट्रोल बढेर हृदयाघात, पक्षघात, निन्द्रामा श्वासप्रश्वास रोकिने, बिर्सने लगायतका मस्तिष्कका रोगहरू लाग्छन् ।

Tags: Blood PressureThyroidWomen's Health
Nisarga hospital Dhangadhi
Previous Post

कोरोनाका कारण स्थगित भएका त्रि.वि.का परीक्षा फागुन १ गते देखि शुरू #Tribhuwanuniversity

Next Post

नेपाल नेसनल हस्पिटल कलंकीमा अन्तर्राष्ट्रिय स्तरको इमर्जेन्सी सेवा शुरु

Related articles

Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

2 weeks ago
841
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical
Articles

बायोमेडिकल इन्जिनियर र भूमिका #Biomedical

4 months ago
1.2k
कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer
Articles

कोलोरेक्टल क्यान्सर र नेपालमा यसको अवस्था #Colorectalcancer

5 months ago
926
पक्षघात: लक्षण, कारण र बच्ने उपाय
Articles

पक्षघात: लक्षण, कारण र बच्ने उपाय

5 months ago
820
Next Post
Nepal National hospital kalanki

नेपाल नेसनल हस्पिटल कलंकीमा अन्तर्राष्ट्रिय स्तरको इमर्जेन्सी सेवा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.