10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

“रोगले हैन भोकले बढ्न सक्छ आत्महत्या”

Nam Raj Bhatta by Nam Raj Bhatta
September 10, 2020
in Articles
Reading Time: 2 mins read
A A
3
“रोगले हैन भोकले बढ्न सक्छ आत्महत्या”
705
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सुजाता श्रेष्ठ घिमिरे 

आत्महत्या गर्न चाहने व्यक्तिले आफैंले भनेर सहयोग माग्दैन तर यसको अर्थ यो होइन कि उसलाई सहयोग चाहिँदैन। उसले विभिन्न किसिमले सहयोगको अपेक्षा गरेको हुन्छ । उसले गरेको संकेतलाई बुझ्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या गर्नेको उद्देश्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पिडा को अन्त्य गर्नु हो। पीडाको अन्त्यका लागि उसले त्यो बाटो रोजेको हुन्छ । यदि उसले आफ्नो पीडा कसैलाई सुनाउने वातावरणको सृजना गर्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या व्यक्तिगत समस्याका कारणले हुने गरेतापनि व्यक्ति लाई आत्महत्या को तह सम्म पुर्याउन कुनै न कुनै रूपमा समाज पनि दोषी रहेको पाइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्या गर्ने मनोवृत्ति मृत्युको दसौं कारण बन्न पुगेको छ । नेपाल भने आत्महत्या गर्ने देशहरू मध्ये ८१ औं श्रेणी मा पर्दछ। तथ्यांक अनुसार १६ देखि ४९ वर्ष का महिलाहरुले विशेष गरी आत्महत्याको प्रयास बढी मात्रामा गर्ने गरेको पाइन्छ। तर खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरु ले महिलाको अनुपात मा बढी सफल रूपमा आत्महत्या गर्ने गरेको पाइन्छ। आत्महत्या गर्ने व्यक्ति ले १८ देखि २२ पटक सम्म आत्महत्या को प्रयास गर्ने गरेको पाइन्छ।
नेपालमा लक डाउन हुनु पूर्व बर्सेनि आत्महत्या गर्नेको संख्या लगभग ६,८४० थियो भने अहिले आएर यसको संख्या ३० प्रतिशतले बढेको छ। लक डाउन भएको ७४ दिन भित्र मात्रै करिब १२०० जनाभन्दा बढीले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ। जसको कारण खस्कँदो आर्थिक , सामाजिक , सांस्कृतिक अवस्था र यसले निम्त्याएका विविध पक्षहरु रहेका छन् जस्तैस् बेरोजगारी , अस्थिर वासस्थान, भेदभाव, खाद्यान्नको अभाव रहेको छ ।

received 2372227203072459सामान्यतया घरेलू हिंसा, प्रेम सम्बन्ध, बलात्कार, अनिश्चित गर्भधारण, पारिवारिक बेमेल ,पति या पत्नीले अर्को विवाह गर्ने ,पर्याप्त दाइजो नदिएको निउमा पाउने मानसिक यातना, पढाईमा असफलता , अध्याधिक ऋण, मानसिक विचलन जस्ता कारण नै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछ।

आत्महत्या गर्ने व्यक्तिसँग मर्ने इच्छा सँगै उसको खुशी हुने इच्छा समेत गाँसिएको हुन्छ। आत्महत्या गर्ने धेरै व्यक्तिले आत्महत्याको प्रयास गर्नु पूर्व कसैको सहयोगको अपेक्षा गरेका हुन्छन्। कसैले उनीहरूको कुरा सुनिदियोस् भन्ने चाहना राखेका हुन्छन। सहानुभूतिको आशा गरिरहेका हुन्छन्। उनीहरूको यो इच्छालाई बुझ्न सकियो र बचाउन सकियो भने जीवनरक्षा गर्न सकिन्छ। मनको कुरा बुझ्न सकियो भने बचाउन सकिन्छ।

आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दैछन जसको रोकथामका लागि multisectoral approach आवश्यक छ। जस अन्तर्गत शिक्षा, स्वास्थ्य ,सञ्चार, रोजगार व्यवसाय लगायत विभिन्न सेक्टरहरुसँग समन्वय गर्न आवश्यक छ। सामाजिक र आर्थिक कारणले हुने आत्महत्या निवारणका लागि गरिबी निवारणका कार्यक्रम महत्वपूर्ण मानिन्छ। स्वास्थ्य सेवामा पहुँच राम्रो नभएको स्थितिमा विभिन्न मानसिक समस्याबाट पीडित व्यक्तिले समाजमा हेय दृष्टिले हेर्ला भन्ने डरले वा मानसिक रोगी भन्ने लाल्छना लाग्ने डरले रोग लुकाउने , उपचार नगर्ने र आफ्नो समस्याहरु कसैलाई नभन्ने समस्या छ। यसका लागि मानसिक स्वास्थ्य समस्याहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन जरुरी छ। आत्महत्या घटाउन र रोक्नको लागि मानसिक स्वास्थ्य सेवा राम्रो बनाउनुपर्छ।

 आत्महत्या सम्बन्धि गलत धारणाहरु:

  • यदि कसैले मर्न मन लागेको छ बाँच्न मन छैन भन्ने गर्छ भने परिवारलाई तर्साउन भनेको भन्ने सोचाइ
  • मर्न मन लागेको छ भन्ने मान्छेले आत्महत्या गर्दैन
  • आत्महत्या रोक्नै सकिँदैन
  • आत्महत्या अचानक हुने कुरा हो
  •  आत्महत्या गर्न ठूलै कारण चाहिन्छ

received 389963001991785 रोकथामका उपायहरु

  • अमुल्य जीवन बारे चिन्तन गर्ने ,जीवन छ र त सबै कुरा छन् भन्ने कुरा बुझ्ने र बुझाउने।
  • समस्याहरुसँग जुध्न life skifll’s training ९जीवन उपयोगी सीपहरुसिकाउने ।
  • व्यक्ति समाज र परिवारमा आत्महत्या रोकथामका लागि जनचेतना बढाउने।
  •  मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने
  •  आध्यात्मिक चिन्तन योग ध्यान गरेर मन शान्त पार्ने तरिकाहरु सिकाउने।
  • सञ्चारमाध्यमहरुले आत्महत्याका घटनाहरु सम्प्रेषण गर्दा विशेष सावधानी अपनाउने जस्तै मुख्य समाचारमा आत्महत्याको समाचार नराख्ने । अनावश्यक प्रचारबाजी र समाचार बिकाउन काल्पनिक कथाहरु बुनेर पाठक वा स्रोतहरूमा त्रास नफैल्याउने।
  • स्वस्थ जीवन शैलीका उपायहरू अवलम्बन गर्ने।
  • मानसिक रोगको समयमै उपचार गर्ने र पुनः नबल्झियोस् भन्नेतर्फ भन्ने तर्फ ध्यान दिने।
  • मानसिक अपाङ्गता भएका हरु को लागी सेवा सुविधा उपलब्ध गराउने उनीहरूको मानवअधिकार हनन हुन नदिने।
  • मानसिक रोगी भएको घरमा आत्महत्यालाई सहज पर्ने कुराहरु छन् भने त्यसलाई हटाउने।
  • एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरी प्रयास गर्ने सम्भावना बढी हुन्छ तसर्थ एक पल्ट आत्महत्या टर्यो भनेर त्यो कुरालाई सामान्य रुपमा नलिएर समस्याको निराकरणको लागि बिज्ञको सहयोग लिने।
  • आत्महत्याबाट रक्षा गर्ने सबैभन्दा ठूलो अस्त्र माया प्रेम हो। आफ्ना नजिकका मानिसहरूको सधै प्रसंसा गर्नु होस् उनीहरुलाई सुन्नुहोस्।
  •  यदि कसैले मर्ने कुरा गर्छ भने धैर्य भएर उसको कुरा सुन्ने, सल्लाह मागेको खण्डमा उसको विचारलाई सम्मान दिएर सकारात्मक रुपमा आशाको कुरा गर्ने।

आत्म हत्या साँच्चिकै समस्या हो । मानसिक रोगीहरु वास्तविक हुन्। मन कमजोर भएर भएका होइनन्। मैले के गर्न सक्छु र भन्नु भन्दा मैले कसरी सहयोग गर्न सक्छु ताकि कसैको जीवन बचोस् भन्ने सोच आउन जरुरी छ।

आफ्नो तर्फबाट सबैले सकेको सहयोग गरौ। नेपाल सरकारले पनि कोरोना संक्रमणको रोकथाम सँग सँगै खस्कदै गइरहेको आर्थिक तथा सामाजिक स्थितिलाई समेत सम्बोधन हुने किसिमको राहतका प्याकेजहरु ल्याई जनतालाई थप मानसिक भार पार्न नदिने योजनाहरु ल्याउन आवश्यक छ।

यसो गरेको खण्डमा जनताहरू लाई थप‌ उर्जाशिल बन्न हौसला प्राप्त हुने र महामारीको दुख लाई केही हदसम्म भुलाउन मद्दत पुग्नेछ।

Tags: #Health and population ministry#SocideCorona Virus #Covid19Sujata shrestha ghimire
SummarizeShare353ScanTweet147

Related articles

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    603 shares
    Share 241 Tweet 151
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • १९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी
  • जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी
  • नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.