Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

दिगो विकास लक्ष्य प्राप्तिका लागि समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको आवश्यकता

HNN Staff by HNN Staff
२०८० असार २५, सोमबार ०७:०५
in Articles
Reading Time: 7 mins read
A A
0
Feed the Future 9th National Conference on Food Science and Technology
638
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
काठमाडौं, २४ असार २०८० 
नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र  Feed the future food systems for nutrition innovation lab at Tufts University  को आयोजना तथा बलियो नेपाल, केन्द्रिय प्रविधि क्याम्पस धरान र  सन् बिजनेस नेटवर्क नेपालको सह आयोजनामा स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य बिज्ञान र नवप्रवर्तन  (Food Science and innovation for safe healthy diets and sustainable food systems)  भन्ने मूल नाराका साथ नवौ राष्ट्रिय खाद्य बिज्ञान तथा प्रबिधि सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ।9th National Conference on Food Science and Technology
यस सम्मेलनको उद्घघाटन प्रमुख अतिथि माननीय कृषि तथा पशुपन्छी विकाश मन्त्री डा. बेदुराम भुसालले गरेका थिए।
नेपालले अंगिकृत गरेका दिगो बिकासका लक्ष्यहरु प्राप्त गर्न विज्ञान तथा प्रविधिको अत्यन्त महत्वपूर्ण भूमिका रहेको कुरा सर्व बिदितै छ । त्यसका साथै सन् २०२१ मा विश्व खाद्य प्रणाली शिखर सम्मेलन (World Food System Summit) मा समेत सम्माननीय प्रधानमन्त्रि ज्युले नेपाल यस महान अभियानमा विश्व संग सहकार्य गर्ने भनेर विभिन्न प्रतिवद्दता जाहेर गरि सकेको अवस्था छ। यसका अतिरिक्त नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको समग्र अवस्था नसुधारिकन देशको सर्वांगीण बिकास हुन नसक्ने कुरामा समेत दुइ मत नै छैन । यिनै परिपेक्ष्यमा विभिन्न उद्देश्यहरु का साथै र विशेष गरेर ४ मुलभूत उद्देश्य प्राप्त गर्नका लागि वातावरण सृजना गर्न यो सम्मेलन आयोजना गरिएको हो।
नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न, नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा र पोषणको अवस्थामा थप सुध्रिदिकरण गर्न, नेपालमा अवस्थित परम्परागत एवं ग्रामिण प्रविधिको प्रवर्धन गर्न, तथा
 नेपालको समग्र खाद्य इको सिस्टमको दिगो बिकास गर्न यस सम्मेलनले देश तथा बिदेशमा स्तिथ बैज्ञानिक एवं अनुशाधानकर्ताहरुको शोध पत्र, छलफल, प्राविधिक प्रदर्शनी लगायत बाट प्राप्त बैज्ञानिक निष्कर्षबाट सृजित हुने काठमान्डौ घोषणा पत्र प्रकाशन गर्ने लक्ष्य रहेको थियो । सो घोषणा पत्र आवस्यकता अनुसार प्रधानमन्त्रीको कार्यालय, लगायत विभिन्न मन्त्रालय एवं निकायहरु, नीति निर्माताहरु, निजि क्षेत्र, संयुक्त राष्ट्र संघका निकायहरु, विकास साझेधार संस्थाहरु एवं सम्पूर्ण सरोकारवालाहरु माझ पैरवी तथा जन चेतना अभिवृद्धि मुलक कार्यक्रमहरु गर्नका लागि प्रयोग भएको थियो।
Dr Atul at the 9th National Conference on Food Science and Technology
यस कार्यक्रम आयोजक समितिको अध्यक्ष डा. अतुल उपाध्याय (अध्यक्ष, नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ संघ), सह-अध्यक्षहरु डा. मतिना जोशी बैध (महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग), डा. दिल कुमार लिम्बु (क्याम्पस प्रमुख, केन्द्रीय प्रबिधि क्याम्पस), र डा. प्याट्रिक वेब (प्रोफेसर, Feed the future food systems for nutrition innovation lab) हुनुहुन्छ । त्यस्तै यस सम्मेलनको सदस्य-सचिबको भूमिका श्री प्रबिण ओझा (महासचिब, नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ संघ)ले निभाउनु भएको छ ।
सम्मेलनमा खाद्य प्रबिधि र विज्ञानको सहयोगले पोषण ह्रासलाई कम गर्न खाद्य पदार्थको क्षती र नोक्सानी कम गर्न खाद्य विज्ञान तथा प्रविधिको महत्व रैथाने प्रबिधि र बालीको महत्व-खाद्य र पोषण सुरक्षामा र जलबायु परिबर्तनको असरलाई न्यूनीकरण गर्न उच्च मुल्यजाने बालिको उत्पादन र प्रशोधन तथा सर्टिफिकेशन सम्बन्धि खाद्य स्वच्छता तथा दिगो र लचिलो खाद्य प्रणाली यो सम्मेलनको पहिलो दिन डा. उषा झा र दोस्रो दिन Tufts विश्वविद्यालयका प्रोफेसर डा. प्याट्रिक वेबले खाद्य प्रणाली र येस्को रुपान्तरण सम्बन्धि सम्बोधन गरेका थिए। दुइ दिनको सम्मेलनमा ७ वटा टेक्निकल सत्र छ, जसमा देश तथा विदेश गरेर २४ वटा मौखिक प्रस्तुतिहरु भएका थिए ।
त्यस्तैगरी सम्मेलनमा ३ वटा विभिन्न समसामायिक बिषयमा प्यानल छलफल हुनुको साथै जसमा नीति बनाउने सांसद, सरकारी उच्च पदस्त कर्मचारीहरु, निजि क्षेत्रमा संलंग्न व्यक्तिहरु र अन्तर्राष्ट्रिय वक्ताहरुले भाग लिएका थिए । सम्मेलनमा खाद्य प्रणाली, खाद्य प्रबिधि र बिज्ञान, पोषण, खाद्य सुरक्षा, जलबायु परिबर्तन र नवप्रबर्तनको बिषयलाई सम्बोधन गर्ने ३० भन्दा बढी पोस्टर प्रस्तुति पनि समावेस गरिएको थियो। यस सम्मेलनमा ३०० जना भन्दा बढीको सहभागी रहेको थियो। सहभागीहरु नेपाल सरकारका कर्मचारी, प्राध्यापकहरु, उधोगी र उधोगमा कार्यरत खाद्य प्राबिधिकहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, विभिन्न बिषय अध्यन गरिरहेका बिध्यार्थीहरु, भारत, बंगलादेश र अमेरिकाका प्रतिनिधिहरु भएको अध्यक्ष डा. उपाध्यायले जानकारी दिनुभयो।
9th National Conference on Food Science and Technologyसम्मेलनको उदघाटन सत्रका प्रमुख अतिथि माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ संघ (नेफोस्टा), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र  Feed the future food systems for nutrition innovation lab को आयोजना तथा बलियो नेपाल, केन्द्रिय प्रविधि क्याम्पस धरान र  Sun business network को सह आयोजनामा आज र भोली (June 12 र 13 मा) हुन गइरहेको स्वच्छ स्वस्थ तथा सुरक्षित आहार र दिगो खाद्य प्रणालीहरूको लागि खाद्य विज्ञान र नवप्रवर्तन (Food Science and innovation for safe healthy diets and sustainable food systems)  भन्ने मुख्य विषयवस्तु (Theme) मा  यस खाद्य विज्ञान तथा प्रविधि सम्बन्धि नवौ राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
नेपालको संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक हक अन्तरगतका खाद्य सम्बन्धि हक, खाद्य अधिकार, खाद्य सम्प्रभुतामा नेपाल सरकारले कानुन निर्माण गरी कार्यान्वयनको चरणमा अगाडी बढाएको उनले बताए । त्यसैगरी संविधानले प्रत्याभूत गरेको नागरीकको गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउने हक अन्तर्गत खाद्य स्वच्छता र पोषणको क्षेत्रमा पनि नेपाल सरकार र मन्त्रालय लागि परेको छ ।
मन्त्री डा. भुसालले सम्मेलनको घोषणापत्रले पनि मुख्य त स्वच्छ र गुणस्तरीय खाद्य पदार्थको उपलब्धतामा बृद्धि साथै दिगो खाद्य प्रणालीहरुको सुनिश्चितता गर्न खाद्य विज्ञान र प्रविधिलाई घनिभूत रुपमा अगाडी बढाउने र यस क्षेत्रका नवप्रवर्तन प्रविधिहरुमा जोड दिदैं खाद्यवस्तु नष्ट हुनबाट जोगाइ अधिकतम खाद्य उपलब्धता बढाउने र खाद्य सुरक्षाको प्रत्याभूति गर्ने विषय उठान भएकोले हाम्रो जस्तो बहुसंख्यक जनता कृषिमा आधारीत भएको मुलुकमा यो निकै महत्वपूर्ण विषय रहेको बताए । उनले भने मन्त्रालयको नेतृत्व लिए पश्चात नीतिगत तवरमा खाद्य उत्पादन, उपलब्धता, पहुँच र स्थिरता तथा खाद्य स्वच्छता र पोषणमा अत्यधिक जोड दिएको छु । र आगामी दिनमा दिगो खाद्य प्रणाली सुनिश्चतताका लागि सम्पूर्ण सरोकारवालाहरुको सहकार्य र सहयोगको लागि नेपाल सरकार सदैव समन्वय गर्न तत्पर रहेका छौं।
डा. भुसालले हाम्रो शरीर संचालन र शारीरिक तथा मानसिक बिकाशका लागि खाद्य पदार्थमा पाइने पोषक तत्वको महत्वपूर्ण भूमिका हुन्छ । ति पोषकतत्व प्राप्त गर्ने खाद्य पदार्थको उत्पादन गर्न जति जनधनको लगानी तथा मेहनत हुन्छ त्यति नै खाद्य पदार्थको क्षती र नोक्सानी कम गर्न खाद्य विज्ञान तथा प्रविधिको महत्व हुन्छ । हामीले आज उत्पादन गरेका खानेकुरा वर्षभरी पुर्याएर खानुपर्ने हुन्छ।‌ जसका लागि खाद्य प्रशोधन र संरक्षण आवस्यक पर्दछ । हामीले हाम्रा रैथाने उत्पादनहरुलाई नयाँ प्रविधिहरुको अवलम्बन गरी नयाँ नयाँ परिकार बनाइ खाद्य सुरक्षा र पोषणमा अभिबृद्धि गर्नुपर्ने भएको छ।
डा. भुसालले खाद्य सुरक्षाको प्रत्याभूतिका लागि खाद्य प्रविधिका क्षेत्रमा थप अनुसन्धान र नवप्रवर्तन गर्नु पर्ने छ र यस वैज्ञानिकहरुको सम्मेलनले त्यस तर्फ घनिभूत छलफल गरी दिशानिर्देश गर्नेछ भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।
हाम्रो देशमा कुल गार्हस्थ उत्पादनको करिब २८ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको छ । त्यसैले हामीले हाम्रो खाद्य तथा पोषणको आवस्यकता परिपुर्तिका साथै उच्च मुल्यजाने बालिको उत्पादन र प्रशोधन तथा सर्टिफिकेशन गरी निर्यात मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान बढाउनु पर्नेछ ।त्यस तर्फ पनि यस सम्मेलनमा छलफल हुनेनै छ भन्नेमा मन्त्री भुसालले विश्वास लिएको बताए।
वर्तमान समयमा जलावायू परिवर्तनले खाद्य सुरक्षा र खाद्य स्वच्छताका विषयहरु झन् झन् जटिल र चुनौतीपूर्ण हुँदै गएको छन | यि विषयहरुको समुचित निराकरणका लागि सरकार र किसान देखि उपभोक्ता सम्मका सम्पूर्ण सरोकारवालाहरुको भूमिका उत्तिकै महत्वपुर्ण हुन्छ। नेपालको रैथाने बाली र रैथाने प्रबिधिको प्रबर्दन गरेको खण्डमा दिगो खाद्य प्रणालीको बिकास र खाद्य सुरक्षाको सुनीश्चाता हुनेछ । यो सम्मेलनले त्यस क्षेत्रमा पनि छलफल र आगामी दिनका लागि मार्गनिर्देशन तय गर्नेछ भन्नेमा पनि उनले विश्वास लिए।‌
नवौं राष्ट्रिय खाद्य तथा प्रविधि सम्मेलनमा माननीय डा. अनिता शाह ढुंगानाले नेपालको संविधानको धारा ३६ ले खाद्य सम्प्रभुत्ता तथा खाद्य अधिकारको सुनिश्चितता गरेको बताइन् । यसै परिप्रेक्ष्यमा नेपाल सरकारले स्वस्थ र पौष्टिक खाद्य पदार्थको पहुच हरेक नागरिकको रहोस भन्ने कुरा उच्च प्राथमिकतामा राखेको कुरा जानकारी गराइन्।
उनले भनिन् नेपाल सरकारले संयुक्त राष्ट्र संघको खाद्य प्रणाली शिखर सम्मेलन २०२१ लाइ एक महत्वपुर्ण अवसरको रुपमा लिई, खाद्य प्रणालीको अवस्था विश्लेषण गरि, आगामी कार्यदिशा समेत निर्धारण गरि सकेको र यी कार्यहरुले नेपाल सरकारको आवधिक योजनाका लक्ष तथा दिगो बिकासका लक्ष्य २०३० प्राप्त गर्न आधारभूत रहने छन् ।
खाद्य प्रणालीले समग्रमा किसानले उत्पादन गरेदेखि प्रशोधन, भण्डारण, बजार व्यवस्था, वितरण लगायत खाद्य श्रृङ्खला विभिन्न चरण हुँदै उपभोक्ताको भान्सा अर्थात उपभोगको अवस्था तथा विसर्जन (Waste management) को चरण समेत समेट्दछ । सामान्य बोलीचालीमा आली देखि थाली तथा गोठ देखि ओठसम्म पनि भन्ने गरिन्छ। खाद्य प्रणालीका यी चरणहरुसँग सम्बन्धित हुने विभिन्न सरोकारवालाहरुको सामाजिक, आर्थिक तथा वातावरणीय अन्तरक्रिया र प्रभाव रहने गर्दछ ।
यस प्रकार खाद्य प्रणालीले समग्रमा हाम्रो जन-जीवन, आर्थिक-सामाजिक तथा वातावरणीय सबै क्षेत्रमा प्रभाव पार्ने हुनाले यो खाद्य प्रणाली दिगो भएमा दिगो विकासका १७ वटै लक्ष्यहरुमा सकारात्मक प्रभाव हुनुका साथै यिनलाई प्राप्त गर्न मद्दत पुग्दछ ।
डा. ढुंगानाले आज हाम्रो खाद्य प्रणालीको अवस्था अपेक्षा गरेजस्तो छैन भनेर विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरेको बताइन् । उनले खाद्य उपलब्धताको क्षेत्रमा भनौं वा पोषणको क्षेत्रमा या आर्थिक समृद्धिको क्षेत्रमा भनौं वा समग्र वातावरणमा परेको प्रभावको सन्दर्भमा भनौं, खाद्य प्रणालीले जसरी सकारात्मक प्रभाव पार्नु पर्ने हो त्यो अवस्था छैन । अझ कोभिड १९ को महामारीबाट सामाजिक, आर्थिक तथा मानवीय क्षेत्रमा ठूलो रुपमा नकारात्मक प्रभाव पारेको छ । खाद्य प्रणालीको सन्दर्भ नेपालको मात्र नभई समग्र विश्वको अवस्था सन्तोषजनक नभएको परिवेश हो ।
यसै तथ्य र सन्दर्भलाई मध्यनजर गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी एक दशकमा खाद्य प्रणालीलाई रुपान्तरण गरी दिगो विकासका १७ वटै लक्ष्यहरुमा सकारात्मक प्रभाव पारी यी लक्षहरु प्राप्त गर्ने पक्षमा भूमिका निर्वाह गर्न सकियोस् भनेर संयुक्त राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रहरुलाई विद्यमान खाद्य प्रणालीको विश्लेषण, विवेचना र त्यसको आधारमा रुपान्तरणका कार्यक्रमहरू¸ नीतिहरु पहिचान गरी कार्यान्वयन गर्न सबै राष्ट्रहरुलाई आह्वान गर्दै संयूक्त राष्ट्र संघीय खाद्य प्रणाली शिखर सम्मेलन २०२१ को आयोजना गरिएको उनले जानकारी दिइन्। उनले सो शिखर सम्मेलनको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकारका तर्फबाट खाद्य प्रणाली रुपान्तरणका पक्षमा रहेका प्राथमिकता र प्रतिबद्धताहरू प्रस्तुत गर्नुभएको थियो ।
नेपाल पनि संयुक्त राष्ट्र सङ्घको एक सदस्य राष्ट्रको हैसियतले खाद्य प्रणालीको विद्यमान अवस्था, खाद्य प्रणालीमा रहेका प्रमुख समस्याहरु, मौजुदा खाद्य प्रणालीलाई समतामूलक, उत्थानशील र दिगो तर्फ रुपान्तरण गर्न चालिनु पर्ने कदमबारे विश्लेषण तथा  रुपान्तरण गर्नका लागि सरोकारवालाहरूको भूमिकाको सन्दर्भमा बृहत छलफल गर्नका लागि राष्ट्रियस्तर, प्रादेशिकस्तर तथा स्थानीय सरकारहरू तथा प्रमुख सरोकारवालाहरुको सहभागितामा गत वर्ष दशवटा खाद्य प्रणाली संवादहरु सञ्चालन गरिएको पनि उनले जानकारी दिइन्। यी संवादबाट निम्न छ वटा कार्य क्षेत्रहरु (Action Track) पहिचान गरिएको छ ।  पहिलोमा सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्यको पहूँचको सुनिश्चितता, दोस्रो Action Track मा दिगो उपभोगको पद्धतिको अबलम्बन, तेस्रो Action Track मा प्रकृतिलाई सकारात्मक प्रभाव पार्ने उत्पादन प्रणाली,  चौथो Action Track मा समन्यायिक जीविकोपार्जन,  पाँचौ Action Track मा जोखिमता तथा विभिन्न विपत्तीहरुको बिरुद्धमा उत्थानशील खाद्य प्रणाली निर्माण र छैठौं Action Track मा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनमा भएका प्रावधान र खाद्य प्रणाली रुपान्तरणमा भूमिका रहेका थिए ।
यी दशवटा संवादले आगामी दिनमा हाम्रो खाद्य प्रणालीलाई कसरी रुपान्तरण गर्न सकिन्छ भन्नेबारेमा दिशानिर्देश गर्न राष्ट्रिय मार्ग (National Pathways) तथा रणनीतिक कार्य (Strategic Actions) पहिचान गरेको छ साथै खाद्य प्रणाली रुपान्तरणका लागि मन्त्रालय, गै.स.स., नागरिक समाज तथा विकास साझेदारहरुबाट सञ्चालन गरिने प्रयासबारे प्रतिबद्धताहरु पनि प्राप्त भएका छन् ।
राष्ट्रिय योजना आयोगले पनि खाद्य प्रणाली रुपान्तरण गर्नका लागि विभिन्न प्रतिबद्धता गरेको छ । दिगो बिकासका १७ वटै लक्ष्य हरु प्राप्त गर्न समेत यस प्रतिबद्धता आवस्यक रहेको मेरो विश्वास छ । यसका लागि राष्ट्रिय योजना आयोगले संबिधानले सुनिस्चित गरेको खाद्य अधिकार र खाद्य सम्प्रभुत्ता सम्बन्धि नीति निर्माणमा समन्वय तथा सहजीकरण गर्ने,  खाद्य सुशाशन, खाद्य सुरक्षा अनुगमन, कृषि मा आधारित युवा रोजगार, स्थानीय उत्पादनको प्रवर्धन, खाद्यमा आधारित आहार निर्देशिका, बिद्यालय खाजा, मातृ पोषण, लगायतका विभिन्न कार्यक्रम संचालन गर्न सरोकारवाला निकायहरुसंग समन्वय गर्दै स्वच्छ, स्वस्थ, पौष्टिक, खाद्य पदार्थको उपलब्धताको सुनिश्चित गरिएको छ।
स्वच्छ र स्वस्थ आहार एवं दिगो  प्रणालीका लागि खाद्य बिज्ञान र नवप्रवर्तन मूल नारा सहित आयोजना भइ रहेको यस खाद्य सम्मेलनले नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा तथा पोषणको बिकासका लागि महत्व पूर्ण भूमिका खेल्ने छ भन्ने  विश्वास लिएको डा. ढुंगानाले बताइन् । साथै यस सम्मेलनले नेपाल सरकारको खाद्य प्रणाली रुपान्तरण गर्ने अवधाराणालाइ समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मद्दत गर्नेछ।
यस २ दिने खाद्य सम्मेलन को भब्य र सभ्य सफलताको कामना गर्दै सम्पूर्ण बैज्ञानिक तथा अनुशंधानकर्ताहरुलाई सम्मेलनबाट प्राप्त हुने घोषणापत्रको कार्यन्वयन गर्न राष्ट्रिय योजना आयोग सकारात्मक रहेको जानकारी गराइन्।
नवौं राष्ट्रिय खाद्य विज्ञान तथा प्रबिधि सम्मेलनको सफलताको र नेपाल खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघलाई पुन: शुभकामना दिदै आगामी दिन मा समेत सरकार संग सह कार्य गर्दै राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग गर्न आव्हवान गरेको डा. ढुंगानाले बताइन्।
९ औ राष्ट्रिय खाद्य तथा प्रविधि सम्मेलनका अध्यक्ष डा. अतुल उपाध्यायले सर्वप्रथम नेपाल खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, केन्द्रीय प्रविधि क्याम्पस धरान, Feed the future Food Systems Nutrition Innovation Lab at the Tufts University को संयुक्त आयोजना तथा बलियो नेपाल nutrition initiative, सन् बिजनेस नेटवर्क नेपालको सहायोजनामा एवं विभिन्न अन्य सहयोगीहरुको साथमा हुन गइ रहेको ९ औ राष्ट्रिय खाद्य बिज्ञान तथा प्रविधि सम्मेलनमा आफ्नो ब्यस्त समयको बाबजुद पनि यहाँ उपस्थित भएर हामीलाई हौशला र उर्जा प्रदान गर्ने माननीय मन्त्रीज्यु प्रति म हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
उनले भने, माननीय मन्त्रिज्यु लगायत सम्पूर्ण उपस्थित सहभागीज्युहरु, नेपालले अंगिकृत गरेका दिगो बिकासका लक्ष्यहरु प्राप्त गर्न विज्ञान तथा प्रविधिको अत्यन्त महत्वपूर्ण भूमिका रहेको कुरा सर्व बिदितै छ,  त्यसका साथै सन् २०२१ मा विश्व खाद्य प्रणाली शिखर सम्मेलन  (World food system summit) मा सम्माननीय प्रधानमन्त्रि ज्युबाट नेपालले समेत यस महान अभियानमा विश्व संग सहकार्य गर्ने भनेर विभिन्न प्रतिवद्दता जाहेर भइसकेको अवस्था छ । यसका अतिरिक्त नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको समग्र अवस्था नसुधारिकान देशको सर्वांगीण बिकास हुन नसक्ने कुरामा समेत दुइ मत नै छैन । यिनै परिप्रेक्ष्यमा विभिन्न उद्देश्यहरुका साथै र विशेष गरेर ४ मुलभूत उद्देश्य प्राप्त गर्नका लागि वातावरण सृजना गर्न यो सम्मेलन आयोजाना गरिएको निवेदन गर्न चाहन्छु । ति ४ उद्देश्यहरु:
नेपालले विश्व खाद्य प्रणाली शिखर सम्मेलनमा जाहेर गरेका प्रतिवद्धता प्राप्त गर्न । नेपालको खाद्य स्वच्छता, खाद्य सुरक्षा, र पोषणको अवस्थामा थप सुदृढिकरण गर्न। नेपालमा अवस्थित परम्परागत एवं ग्रामिण प्रविधिको प्रवर्धन गर्न, र
नेपालको समग्र food ecosystem को दिगो बिकास गर्न ।
तसर्थ यी सबै कुराहरु प्राप्त गर्नका लागि स्वच्छ र स्वस्थ आहार एवं दिगो खाद्य प्रणालीका लागि खाद्य बिज्ञान र नवप्रवर्तन भन्ने मूल नाराका साथ यस भेलामा देश तथा बिदेशमा स्तिथ बैज्ञानिक एवं अनुशाधानकर्ताहरुको शोध पत्र, छलफल, प्राविधिक प्रदर्शनी लगायत बाट प्राप्त बैज्ञानिक निष्कर्षबाट सृजित हुने काठमान्डौ घोषणा पत्र प्रकाशन गर्ने लक्ष्य रहेको डा. उपाध्यायले बताए।
सो घोषणा पत्र आवस्यकता अनुसार प्रधानमन्त्रिको कार्यालय, लगायत विभिन्न मन्त्रालय एवं निकायहरु, नीति निर्माताहरु, निजि क्षेत्र, संयुक्त राष्ट्र संघका निकायहरु, विकास साझेधार संस्थाहरु, एवं सम्पूर्ण सरोकारवालाहरु माझ पैरवी तथा जन चेतना अभिवृद्धि मुलक कार्यक्रमहरु गर्नका लागि प्रयोग गरिने पनि उनले बताए।‌
बिगत ४ दशक देखि अनवरत रुपमा खाद्य बिज्ञान र प्रविधिको क्षेत्रमा कार्यरत यस खाद्य बैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA ), सरकार, निजि क्षेत्र, तथा गैह्र सरकारी संस्थाहरुसंग विभिन्न कार्य गर्दै आएको कुरा यहाहरु समक्ष निवेदन गर्न चाहन्छु । यसका अतिरिक्त सातै प्रदेशमा रहेका खाद्य उद्योग तथा खाद्य व्यवसायमा खाद्य स्वच्छताका लागि यस संघका खाद्य बैज्ञानिक तथा प्राविधिज्ञहरु निरन्तर कार्य गरि रहेका समेत जानकारी गराउन चाहन्छु । यसका लागि विभिन्न प्रदेशहरुमा NEFOSTA का च्याप्टरहरु (जस्तै पुर्वान्चल, नारायणी, पोखरा, लुम्बिनी, र नेपालगंज) गठन गरि खाद्य स्वच्छता र पोषण जस्ता सम्बेदनशील कुराहरुको आम नागरिकमा जन चेतना अभिवृद्धि लगायतका अन्य कार्यहरु समेत गर्दै आएको व्यहोरा समेत जानकारी गराए ।‌
अन्त्यमा डा. उपाध्यायले माननीय मन्त्रीज्यु लगायत सम्पूर्ण अतिथिगण तथा सहयोगी हातहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दै ९ औ राष्ट्रिय खाद्य बिज्ञान तथा प्रविधिको सम्मेलनमा सहभागीहरुलाई देश बलियो बनाउन आ-आफ्नो बैज्ञानिक धारणाहरु प्रस्तुत गरि, यस विज्ञानको महाकुम्भलाइ सफल बनाउन सहयोग गरिदिन हुन अनुरोध गर्दै उद्घाटन सत्र समापन गरेका थिए।
Tags: Baliyo NepalDr. Atul UpadhayaFood Systemsnutrition
SummarizeShare287ScanTweet146

Related articles

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

निर्वाचनको चहलपहलमा एउटा गम्भीर प्रश्न: हाम्रो स्वास्थ्यको बारेमा कसले सोच्छ?

by Nam Raj Bhatta
२०८० असार २५, सोमबार ०७:०५
0

काठमाडौं, २२ माघ २०८२ हिजो-आज देशभर निर्वाचन अभियानको रौनक छ। नेताहरू माइकमा उभिएर आश्वासन बाँडिरहेका छन्, समर्थकहरू नारा लगाइरहेका छन्। तर यी सबैको भीडमा एउटा गम्भीर प्रश्न मेरो...

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

“बिमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ?”

by Nam Raj Bhatta
२०८० असार २५, सोमबार ०७:०५
0

अस्पताल OPD बाट देखिएको एउटा यथार्थ कथा ✍️ लेखक: डा. सन्दिप के.सी.मेडिकल अफिसर,धौलागिरी प्रादेशिक अस्पताल ……कथा सुरु हुन्छ OPD को ढोकाबाट…~~बिहानको OPD। बिरामीको लामो लाइन।~एकजना सेवाग्राही मुस्कानसाथ भित्र...

Antibiotics-care-children-dr-sandeep-kc

बालबालिकामा एन्टिबायोटिकको अनियन्त्रित प्रयोग: एक बाल चिकित्सकको चेतावनी

by HNN Staff
२०८० असार २५, सोमबार ०७:०५
0

✍️ डा. सन्दिप के.सी. बालरोग विभाग, धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ नमस्कार। म डा. सन्दिप के.सी. धौलागिरी प्रादेशिक अस्पताल बागलुङको बालरोग विभागमा विगत २ वर्षदेखि मेडिकल अधिकृतको रूपमा सेवा...

NHPC Act 2053 Amendment Suraj Sah

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ संशोधन तथा परिमार्जन सम्बन्धी वकालत दस्तावेज

by HNN Staff
२०८० असार २५, सोमबार ०७:०५
0

✍️सुरज साह रेडियोग्राफी टेक्नोलोजिस्ट (७ औं तह) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार M.Sc. Medical Imaging Technology (Final Year), NAMS, वीर अस्पताल महासचिव, नेपाल भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोग्राफर...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.