Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दाइजो एक कुप्रथा – डा. सि.के सिंह

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असामनता, उत्पिडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधहरुलाई मलजल गरिरहेको छ ।

HNN Staff by HNN Staff
September 9, 2020
in Articles
Reading Time: 1 min read
A A
0
Dr.C.K.Singh, Coordinator, Child Marriage and Dowry Free Nepal,National Campaign

Dr.C.K.Singh, Coordinator, Child Marriage and Dowry Free Nepal,National Campaign

657
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सि.के सिंह
बाल बिबाह एबम दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियान
राष्ट्रिय संयोजक

विवाहको समयमा बेहुली तर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराइ तथा मधेसतिर दहेज पनि भनिन्छ । सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामानहरु जस्तै फर्निचर, लत्ताकपडाका सामाग्रीहरु दाइजो दिइन्छ । सुनचाँदी हिरामोतीका महंगा गरगहनाहरु पनि दाइजोमा पर्छन् । समयक्रमसँगै आधुनिक सुविधाका सामाग्रीहरु जस्तै टिभी, मोटरसाइकल, कम्पूटर, कार, जस्ता सामाग्रीहरु पनि दाइजोको रुपमा दिइने गरेको पाइन्छ ।

सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारको रुपमा अत्यन्त हलुका ढंगले लिएको मात्र पाइन्छ । सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र् दर्दनाक छ । किनकी दाइजो सामान्यरुपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिएप्नि हुन्छ र नदिएपनि हुन्छ । तर, दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाको रुपमा जरा गाडेको छ ।

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असामनता, उत्पिडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधहरुलाई मलजल गरिरहेको छ । दिनहूँजस्तो हाम्रो समाजमा घट्ने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटनाहरु यसका ज्वलन्त प्रमाणहरु हुन् । यस्ता घटनाहरुको प्रमुख कारक दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानहरुले पुष्टि गरेको छ ।

तसर्थ दाइजोले कस्ता कस्ता समस्या एंव विसंगतीहरु निम्त्याउँछ, र यसको सामाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा आम नागरिक सचेत हुनु जरुरी छ ।

विवाहलाई हाम्रो समाजले पवित्र सांस्कृतिक तथा धार्मिक मान्यता प्रदान गरेको छ । यसलाई पुण्य साहित निकालेर गरिन्छ । यो मान्यता भित्र दाइजो दिनुपर्छ भन्नेबारे कहीँ कतै पनि उल्लेख गरिएको छैन । तथापी एक पवित्र विवाह मण्डप दाइजोका लागि राखिएका रंगी चंगी भौतिक सामाग्रीहरुले भरिएको हुन्छ ।

यसरी सार्वजनिक ठाउँमा सबैलाई देखाउनका लागि राखिनुलाई दाइजो एक सामाजिक देखासिकी एंव प्रतिष्ठाको विषय रहेको प्रष्ट हुन्छ । शैदान्तिक रुपमा दाइजो लिनु दिनु हुँदैन भनेर पढिए पनि व्यवहारिक रुपमा हामी विशेषतः बालबालिकाहरुलाई दाइजो विवाहको अनिवार्य शर्त पो रहेछ भन्ने पाठ सिकाइरहेका हुन्छौँ ।

अझ भन्नुपर्दा नेपालको तराई मधेसका कतिपय ठाउँहरुमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रुपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः शिक्षालाई सामाजिक समस्या विवरणका लागि द्योतकका रुपमा लिइन्छ । तर, दाइजो प्रथाका सम्बन्धमा भने विराधाभाष पाइन्छ । तसर्थ शिक्षित परिवार भित्र पनि दाइजो प्रथालाई प्रसय दिइनाले समाजमा यसले विकराल रुप लिएको छ ।

दाइजो प्रथा नराम्रो हो भन्ने शैदान्तिक ज्ञान हुँदाहँुदै पनि यो प्रथालाई प्रयोग गरिनुले यो एक गम्भिर समस्या हो भन्ने कुरा पुष्टि गर्छ । यो हाम्रो मानसिकतामा गाँसिएर बसेको छ । दाइजो प्रथाले समाजमा निम्त्याएका विसंगती निवारण गर्न हामीले आफ्नो उत्तरदायित्व वहन अग्रसर नभएको पुष्टि हुन्छ ।

यसर्थ आज हरेक सचेत नागरिकले दाइजो प्रथाले निम्त्याउने नकारात्मक पाटाहरुका बारेमा संवेदनशील भएर मानसिक एंव सामाजिक परिवर्तनका लागि एकबद्धता जाहेर गर्नुपर्ने बेला आएको छ ।

दाइजो प्रथाका नकारात्मक पाटाहरु धेरै छन् यसको प्रभाव बेहुली पक्षलाई पर्न जान्छ । जुन विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ । किनकी अधिकांस विवाहमा (विशेषतः तराइ मधेसमा) बेहुलीपक्ष्।ले बेहुलापक्ष्।लाई के के दिनुपर्छ भनेर छिनोफानो हुन्छ । शर्त पूरा भएमात्र विवाह निाश्चित हुन्छ ।

कतिपय अवस्थामा विवाह अघि नै नगद आदि दाइजो दिइसक्नुपर्ने हुन्छ । शर्त पूरा नहुँदा विवाह नै भाँडिएका घटनाहरु पनि बेलाबेलामा बाहिर आइरहन्छन् । यसर्थ दाइजो बेहुली पक्षलाई आर्थिक तथा मानसिक रुपमा अत्यन्त बोझिलो साबित हुन जान्छ ।

कतिपय परिवारले छोरीलाई शिक्षा दिएर सक्षम तुल्याउनु भन्दा पनि विवाहमा दाइजो दिन सम्पतिको जोहो गर्न थाल्छन् । अर्थ जुटाउनका लागि कतिपय परिवार आफ्नो पुख्र्यौली सम्पति बेच्न पनि बाध्य हुन्छन् ।

दाइजो प्रथाको आर्थिक भन्दापनि सामाजिक र मनोवैज्ञानिक पाटो अझ विकराल छ । छोरा जन्मदा खुशी हुने परिवारमा छोरीको आगमन हुँदा दुखी हुन्छन् । दाइजोको लागि अब जोहो गर्नुपर्ने पनि छोरी जन्मिएकै दिनबाट सुरु हुन्छ । अर्को शब्दमा भन्न्ुपर्दा छोरीमाथिको लैंगीक विभेद गर्भबाटै सुरु हुन्छ ।

भ्रुणहत्यामा भएका अनुसन्धानहरुले अधिकांस भ्रुणहरु बालिकाको भएको पुष्टि गरेको छ । यसको प्रमुख कारण पनि दाइजोको मनोवैज्ञानीक आतंक नै हो । त्यसैगरि, दाइजोको तराजुमा सामाग्रीसँगै तौलीएकी बेहुलीलाई म एक पुरुष समान छैन भन्ने सन्देश दिइरहेको छ दाइजो प्रथाले ।

यो दृश्य देखेर हरेक अविवाअित केटाले आफू ‘सुपेरियर’ भएको र हरेक अविवाहित केटीले आफू ‘इन्फेरियर’ भएको महशुश गर्छन् । यसर्थ असमान ‘जेन्डर आइडेन्टिटी’ अर्थात लैंगीक पहिचानको निर्माण गर्न दाइजो प्रथाले भूमिका खेलेको छ ।

त्यसैगरि दाइजोले सामाजिक समस्या एंव विकृति निम्त्याउन पनि ठूलो भूमिका खेलेको छ । बेहुली पक्षलाई दाइजोको रकम जुटाउनलाई भ्रष्टाचार तथा हिंसाजस्ता कुकर्म गर्न बाध्य हुनुपरेको पनि विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।

अर्को भयानक कुरा त, दाइजो विवाहको दिनमा मात्र सकिन्न । त्यसलाई पनि सामाजिक र पारिवारिक प्रतिष्ठाको रुपमा पनि हेरिन्छ । मानौँ कुनै पनि समाजमा या परिवारमा देउरानी, जेठानी भन्दा कम दाइजो भएमा उक्त महिलामाथि विभेध गरिन्छ र त्यसैले पिडा निम्त्याउँछ । उनी पारिवारिक रुपमा बहिस्कृत हुनुपर्ने हुनसक्छ । यसका साथै यो विषयले घरझगडा पनि निम्त्याउन सक्छ । यसले अबोध बालबालिका माथि नकारात्मक असर पर्न जानुकासाथै कहिलेकाहीँ हत्या हिंसा पनि निम्त्याउन सक्छ ।

यसर्थ आज सबैले भन्नुपर्छ की, दाइजो प्रथा होइन, यो एक कुप्रथा हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानून नबनेका पनि होइनन् । नेपालको संविधान २०६२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनैतिक रुपमा समान हुुनुपर्ने परिकल्पना गरेको छ ।

यसरी लैंगीक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रथलनमा ल्याइनु आफैँमा विरोधाभास हो । त्यसैले कानूनका पन्नाहरुमा मात्र सिमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यक्ता हो ।

Tags: PsychosocialSocioeconomyTradition
SummarizeShare304ScanTweet147

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.