कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा कन्सलटेन्ट डर्माटोलोलिष्ट डा. चन्द्रभाल झा नियुक्त भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा. झालाई अस्पतालको प्रमेसु बनाएकी हुन् ।
डा. झा यसअघि पनि कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भइसकेका छ्न। डा. झाले यस अघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकको जिम्मेवारी सम्हालिसकेका छ्न।
डा. झाले पहिले कोशी अस्पतालको प्रमेसु हुँदा उल्लेखनीय काम हरु गरेका छ्न। यसअघि अस्पतालको प्रमेसु डा. रामनारायण चौधरी थिए।






