आज मिति : २०८२ जेष्ठ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

जाडोभरी खानुस तिलको लड्डू #Coldseason

Nam Raj Bhatta by Nam Raj Bhatta
January 16, 2022
in Articles
A A
0
जाडोभरी खानुस तिलको लड्डू #Coldseason
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डा. हेमराज कोइराला

मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदी खाने चलन छ। त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो। मकर संक्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाती जनजाती हरूका बिचमा विद्यमान छ । संक्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाई गर्दछौ तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेद जस्ता पूर्विय आयुर्विज्ञानले मकर संक्रान्तिमा मात्र नभएर जाडो भरी नै तिलको लड्डु खानकोलागि निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डुखाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ।

यसरी जाडो मौसममा तिलको लड्डू खानुको निम्नलिखित फाईदाहरू छन्।

१. पेटको लागि गुणकारीः तिलको लड्डूको सेवन पेटको लागि गुणकारी खानेकुरा हो। यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्दछ भने अपच, अजिर्ण, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरि पेटलाई सफा राख्न मद्यत गर्दछ।

२.चिसोको प्रभाव कम गर्नेः चिसोको मौषममा तिलको लड्डू खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरि न्यानो बनाई राख्दछ। तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ। चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाईदा पुर्याउदछ।

३. महिनाबारी ठीक पार्न सहयाेगीः तिलको लड्डूको सेवनले महिलाहरूको महिनाबारी ठीक समयमा नहुने, महिनाबारी हुँदा अत्याधिक रगत बग्ने, तत्लो पेट दुख्ने जस्ता मासिक धर्म सम्बन्धि गडबडीलाई पनि ठीक पार्न मद्यत गर्दछ।

४.रक्त अल्पतालाई निकाे पार्नेः तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाईने हुदाँ रक्त अल्पताका समस्या झेलि रहेकाहरूलाई पनि तिलकोे सेवनले विशेष फाईदा पुर्याउँछ।

५. उच्च पाेषकः तिल, सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाईने हुनाले तिलको लड्डू असाध्यै पौष्टिक हुन्छ। १०० ग्राम तिलमा २३.४ ग्राम कार्बोहाईड्रेटस, ४९.७ ग्राम तेल र १७.७ ग्राम प्रोटिन पाईन्छ। यी तिनै पोषक तत्वबाट शरीरले लगभन ५७३ किलोक्यालेरी पोषण पाउदछ। यसैगरि तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपुर पोषण प्रदान गर्दछ।

६. छाला, नङ र केशको लागि लाभदायकः तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एण्टि अक्सीडेण्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभ पुर्याउदछ।

७. हाड जोर्नीको लागि राम्राेः हाड जोर्नीको सामस्याको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्वहरू मौजुद रहेको छ। राती दुध संङ्ग तिलको लड्डू खाने गर्नाले आस्टियो पिनिया,आस्टियो पोरोसिस एवं आस्टियो मलेसिया जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

८. रूघा मर्की दम खाेकीकाे रागी राम्राेः दमका बिरामीहरूको लागि पनि तिलको लड्डूको सेवन अत्यन्त लाभदायक छ। जाडो बढे सगै वायूमण्डलमा आद्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू सागुरिने हुँदा श्वास प्रश्वासमा समस्या बढ्न सक्छ। खोकी लाग्ने, कफ आउने जस्ता समस्याबाट मुक्ति पाउन पनि दैनीक एक वा दुईवटा लड्डू खाईरहनु पर्ने हुन्छ।

९. नातागतलाई भगाउछः नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाईएको तिलको लड्डू उच्च पौटिकता र क्यालोरीले यूक्त भएकाले नातागतका बिरामीले खानै पर्ने खानेकुरा हो ।

१०.मुटुका लागि राम्राेः
तिलमा मुटुको लागि आवश्यक पौष्टिक तत्वहरू जस्तौ पोलिअनस्याचूरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामीनहरू र फाईबर खादि प्रचूर मात्रामा पाईने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउदछ।

लेखक: डा. कोइराला नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर–१ चितवनका निर्देशक हुन।

Tags: #ChitwanCorona Virus #Covid19Dr Hemraj Koirala
Nisarga hospital Dhangadhi
Previous Post

बुटवल लाइन्स क्लब अफ बिग सिटिले गर्यो रक्तदान #Lions-club

Next Post

ईशान बाल तथा महिला अस्पतालमा दोस्रो पटक प्यान्क्रियाजको सफल शल्यक्रिया

Related articles

Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

15 hours ago
798
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

1 week ago
815
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

2 weeks ago
905
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

4 weeks ago
848
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

2 months ago
879
अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति
Articles

अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने POEM प्रक्रिया: नेपालमा यसको स्थिति

4 months ago
802
Next Post
ईशान बाल तथा महिला अस्पतालमा दोस्रो पटक प्यान्क्रियाजको सफल शल्यक्रिया

ईशान बाल तथा महिला अस्पतालमा दोस्रो पटक प्यान्क्रियाजको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (125)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,038)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.