Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जाडोभरी खानुस तिलको लड्डू #Coldseason

Nam Raj Bhatta by Nam Raj Bhatta
January 16, 2022
in Articles
Reading Time: 1 min read
A A
0
जाडोभरी खानुस तिलको लड्डू #Coldseason
611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डा. हेमराज कोइराला

मकर संक्रान्तिमा तिलको लड्डु, तरूल, ध्यू, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदी खाने चलन छ। त्यसमा पनि तिलको लड्डु त मकर संक्रान्तिको पहिचान नै हो। मकर संक्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाती जनजाती हरूका बिचमा विद्यमान छ । संक्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाई गर्दछौ तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेद जस्ता पूर्विय आयुर्विज्ञानले मकर संक्रान्तिमा मात्र नभएर जाडो भरी नै तिलको लड्डु खानकोलागि निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डुखाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ।

यसरी जाडो मौसममा तिलको लड्डू खानुको निम्नलिखित फाईदाहरू छन्।

१. पेटको लागि गुणकारीः तिलको लड्डूको सेवन पेटको लागि गुणकारी खानेकुरा हो। यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्दछ भने अपच, अजिर्ण, ग्यास बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरि पेटलाई सफा राख्न मद्यत गर्दछ।

२.चिसोको प्रभाव कम गर्नेः चिसोको मौषममा तिलको लड्डू खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरि न्यानो बनाई राख्दछ। तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ। चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाईदा पुर्याउदछ।

३. महिनाबारी ठीक पार्न सहयाेगीः तिलको लड्डूको सेवनले महिलाहरूको महिनाबारी ठीक समयमा नहुने, महिनाबारी हुँदा अत्याधिक रगत बग्ने, तत्लो पेट दुख्ने जस्ता मासिक धर्म सम्बन्धि गडबडीलाई पनि ठीक पार्न मद्यत गर्दछ।

४.रक्त अल्पतालाई निकाे पार्नेः तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाईने हुदाँ रक्त अल्पताका समस्या झेलि रहेकाहरूलाई पनि तिलकोे सेवनले विशेष फाईदा पुर्याउँछ।

५. उच्च पाेषकः तिल, सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाईने हुनाले तिलको लड्डू असाध्यै पौष्टिक हुन्छ। १०० ग्राम तिलमा २३.४ ग्राम कार्बोहाईड्रेटस, ४९.७ ग्राम तेल र १७.७ ग्राम प्रोटिन पाईन्छ। यी तिनै पोषक तत्वबाट शरीरले लगभन ५७३ किलोक्यालेरी पोषण पाउदछ। यसैगरि तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपुर पोषण प्रदान गर्दछ।

६. छाला, नङ र केशको लागि लाभदायकः तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एण्टि अक्सीडेण्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभ पुर्याउदछ।

७. हाड जोर्नीको लागि राम्राेः हाड जोर्नीको सामस्याको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्वहरू मौजुद रहेको छ। राती दुध संङ्ग तिलको लड्डू खाने गर्नाले आस्टियो पिनिया,आस्टियो पोरोसिस एवं आस्टियो मलेसिया जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

८. रूघा मर्की दम खाेकीकाे रागी राम्राेः दमका बिरामीहरूको लागि पनि तिलको लड्डूको सेवन अत्यन्त लाभदायक छ। जाडो बढे सगै वायूमण्डलमा आद्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू सागुरिने हुँदा श्वास प्रश्वासमा समस्या बढ्न सक्छ। खोकी लाग्ने, कफ आउने जस्ता समस्याबाट मुक्ति पाउन पनि दैनीक एक वा दुईवटा लड्डू खाईरहनु पर्ने हुन्छ।

९. नातागतलाई भगाउछः नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाईएको तिलको लड्डू उच्च पौटिकता र क्यालोरीले यूक्त भएकाले नातागतका बिरामीले खानै पर्ने खानेकुरा हो ।

१०.मुटुका लागि राम्राेः
तिलमा मुटुको लागि आवश्यक पौष्टिक तत्वहरू जस्तौ पोलिअनस्याचूरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामीनहरू र फाईबर खादि प्रचूर मात्रामा पाईने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउदछ।

लेखक: डा. कोइराला नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर–१ चितवनका निर्देशक हुन।

Tags: #ChitwanCorona Virus #Covid19Dr Hemraj Koirala
SummarizeShare258ScanTweet147

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.