Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या, विभिन्न भिटामिनको कमी भएकाहरूमा छालाको समस्या जाडोमा झन बढेको पाईन्छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 30, 2020
in Articles
Reading Time: 1 min read
A A
1
received 873787450034108
650
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

जाडोमा मौसमको बेला छालामा हुने समस्या

जाडो मौसममा छालामा विभिन्न समस्याहरु देखिन्छन् । धेरैजसो मानिसलाई यो मौसममा छाला सुख्खाहुने, हात-खुट्टाहरुको छाला फाट्ने, औँलाहरु नीलो हुने, रातो भएर सुन्निने र घाउ हुने, जस्ता समस्याले सताउँछ। जाडोको बेलामा नै बिभिन्न किसिमका एलर्जीहरु पनि बढ्छन्। कसैकसैलाई चिसोकै एलर्जी पनि हुन्छ। यो बेलामा घाम प्यारो हुने भएकोले चायापोतो पनि बढ्छ। यसका साथै स्क्लेरोडर्मा (Scleroderma), कत्लेरोग (सोरायासिस) जस्ता रोगले झन च्याप्छन्। यस लगायत घाउ, खटिरा, दाद, लुतो पनि जाडोकै मैासममा नै बढ्छन्।

शरीरको जुन भाग कपडाले ढाकेको हुँदैन प्रायः ती भागको छाला सुक्खा हुन्छन्। अनुहार, हात, पैतला, ओठ, घुँडाभन्दा तल्लो भागको छाला धेरै नै सुख्खा हुन्छ। कुनै व्यक्तिमा त झनै सम्पूर्ण शरीरको छाला सुख्खा भएर माछाको कत्लाजस्तो देखिन्छ र यो कत्तिमा वंशाणुगत पनि हुन्छ।

मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या, विभिन्न भिटामिनको कमी भएकाहरूमा छालाको समस्या जाडोमा झन बढेको पाईन्छ। यसले बच्चा र बृद्धमा धेरै समस्या उत्पन्न गर्छ। यी बाहेक रक्त अल्पताका बिरामी, मुटुरोगीको, किड्नीरोगको औषधि प्रयोग गर्नेहरुको छालामा त आझ बढि समस्याहरु देखिन्छन् ।

जाडोमा छाला जोगाउने उपायहरु

छाला सुख्खा हुनबाट जोगाउन नियमित मोइश्चराइजरहरु प्रयोग गर्नुपर्छ। घरैमा उपलब्ध हुने नरिवलको तेल, जैतुनको तेल, पेट्रोलियम जेली वा तेल, भ्यासलिन आदिको नियमित प्रयोग गर्नु उचित हुन्छ। नुहाउँदा, हात धुदा, तातो पानीको प्रयोगले छालाको नमि पखाल्ने हुनाले यसको सट्टा मनतातो पानी प्रयोग गर्नुपर्छ। नुहाउने समय सकेसम्म छोटो बनाउनुहोस, कोमल, सुगन्ध-रहित (Fragrance free) क्लीन्जरले धुनुहोस्। नुहाइसके पछि पनि मोइश्चराइजर प्रयोग गर्नुहोस । मलहम, क्रीम, र लोशन (मोइश्चराइजर) ले तपाईंको छालामा ओसलाई कायम राख्दछ। लोशनको सट्टाको क्रीम प्रयोगको अझै लाभदायक हुन्छ।
चिसोबाथ अनुहारलाई जोगाउनुहोस् । मास्कको प्रयोग गर्नुहोस्। ओठमा लिपबाम (Lip-balm) लगाउनुहोस्। केवल कोमल, गन्धरहित छाला हेरचाहका उत्पादनहरू प्रयोग गर्नुहोस्। अनावस्यक रसायनहरू कम भएका वस्तुमात्र प्रयोग गर्नुहोस्। रसायनयुक्त क्रिमहरुले संवेदनशील छालालाई झन बिगार्न सक्छन्।

जाडोमा उनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुक्खा भएर झनै चिलाउँछ । त्यसैले , सुतीको पातलो लुगा लगाएरमात्र बाहिरबाट उनीको लुगा लगाउनु उचित हुन्छ ।

यदि तपाईंलाई बारम्बार हात धुने सेनिटाइजरको प्रयोग गर्नु हुन्छ भने, यसले तपाईंको हात झनै सुकाउँदछ। यसको लागि चर्मरोग विशेषज्ञहरूको सल्लाहहरूले लिन सकिन्छ।
जाडोमा धेरै बाहिर नजानुहोस्। खुला आगो वा अन्य ताप स्रोतको अगाडि बस्नाले तपाईंको छाला सुख्खा हुनसक्दछ। सकिन्छ भने सम्पूर्ण कोठा न्यानो बनाउनुहोस।

घामको बिकिरणबाट जोगिन जाडो मौसममा पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ। चायापोतोलाई आउन नदिन धेरैबेर घाममा बस्नु हुन्न र विशेषज्ञको सल्लाहमा दिनको दुई–तीन पटक सनस्क्रिन प्रयोगर्नुपदर्छ।

पञ्जाको प्रयोगले हातखुट्टा नीलो हुन पाउँदैन र यसले स्क्लेरोडर्मा वा पर्नियोसिस जस्ता रोगबाट बचाउँछ।

यति मात्र नभई प्रशस्त मात्रामा पानी पिउनाले, फलफूल र सागसब्जी खानाले पनि सुक्खा छालाको समस्या समाधानमा मद्दत हुनसक्छ । चुरोट र रक्सिको सेवनले समेत छालामा विभिन्न समस्या आउने तथा छाला सुख्खा हुनेहुँदा, यसको सेवन उचित होईन।

छाला सुक्खा हुने र फुट्ने क्रम रोकिएन र कुनै समस्या भएमा आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुहोस।

[डा.विकास पैाडेल, एम् डी
उपप्राध्यापक, नेसनल मेडिकल कलेज बिरगंज]

Tags: #News in birganj#smoking #disease #Corona Virus #Covid19DermatologyDiabetesDr.Bikash paudelFragrance freeNational Medical College BirganjSclerodermaSkin Care
SummarizeShare297ScanTweet147

Related articles

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
September 24, 2026
0

✍️ भानु पौडेल जनस्वास्थ्य विद् नेपालको जनस्वास्थ्य इतिहासमा मातृ-शिशु स्वास्थ्य, खोप कार्यक्रम र संक्रामक रोग नियन्त्रणमा हासिल भएका उपलब्धिहरू अनुकरणीय छन्। तर, पछिल्ला केही दशकमा हाम्रो स्वास्थ्य चुनौतीको...

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.