आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

जाडोमा छाला जोगाउन डा.विकास पैाडेलको सल्लाह #Coldseason

मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या, विभिन्न भिटामिनको कमी भएकाहरूमा छालाको समस्या जाडोमा झन बढेको पाईन्छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 30, 2020
in Articles
A A
1
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जाडोमा मौसमको बेला छालामा हुने समस्या

जाडो मौसममा छालामा विभिन्न समस्याहरु देखिन्छन् । धेरैजसो मानिसलाई यो मौसममा छाला सुख्खाहुने, हात-खुट्टाहरुको छाला फाट्ने, औँलाहरु नीलो हुने, रातो भएर सुन्निने र घाउ हुने, जस्ता समस्याले सताउँछ। जाडोको बेलामा नै बिभिन्न किसिमका एलर्जीहरु पनि बढ्छन्। कसैकसैलाई चिसोकै एलर्जी पनि हुन्छ। यो बेलामा घाम प्यारो हुने भएकोले चायापोतो पनि बढ्छ। यसका साथै स्क्लेरोडर्मा (Scleroderma), कत्लेरोग (सोरायासिस) जस्ता रोगले झन च्याप्छन्। यस लगायत घाउ, खटिरा, दाद, लुतो पनि जाडोकै मैासममा नै बढ्छन्।

शरीरको जुन भाग कपडाले ढाकेको हुँदैन प्रायः ती भागको छाला सुक्खा हुन्छन्। अनुहार, हात, पैतला, ओठ, घुँडाभन्दा तल्लो भागको छाला धेरै नै सुख्खा हुन्छ। कुनै व्यक्तिमा त झनै सम्पूर्ण शरीरको छाला सुख्खा भएर माछाको कत्लाजस्तो देखिन्छ र यो कत्तिमा वंशाणुगत पनि हुन्छ।

मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या, विभिन्न भिटामिनको कमी भएकाहरूमा छालाको समस्या जाडोमा झन बढेको पाईन्छ। यसले बच्चा र बृद्धमा धेरै समस्या उत्पन्न गर्छ। यी बाहेक रक्त अल्पताका बिरामी, मुटुरोगीको, किड्नीरोगको औषधि प्रयोग गर्नेहरुको छालामा त आझ बढि समस्याहरु देखिन्छन् ।

जाडोमा छाला जोगाउने उपायहरु

छाला सुख्खा हुनबाट जोगाउन नियमित मोइश्चराइजरहरु प्रयोग गर्नुपर्छ। घरैमा उपलब्ध हुने नरिवलको तेल, जैतुनको तेल, पेट्रोलियम जेली वा तेल, भ्यासलिन आदिको नियमित प्रयोग गर्नु उचित हुन्छ। नुहाउँदा, हात धुदा, तातो पानीको प्रयोगले छालाको नमि पखाल्ने हुनाले यसको सट्टा मनतातो पानी प्रयोग गर्नुपर्छ। नुहाउने समय सकेसम्म छोटो बनाउनुहोस, कोमल, सुगन्ध-रहित (Fragrance free) क्लीन्जरले धुनुहोस्। नुहाइसके पछि पनि मोइश्चराइजर प्रयोग गर्नुहोस । मलहम, क्रीम, र लोशन (मोइश्चराइजर) ले तपाईंको छालामा ओसलाई कायम राख्दछ। लोशनको सट्टाको क्रीम प्रयोगको अझै लाभदायक हुन्छ।
चिसोबाथ अनुहारलाई जोगाउनुहोस् । मास्कको प्रयोग गर्नुहोस्। ओठमा लिपबाम (Lip-balm) लगाउनुहोस्। केवल कोमल, गन्धरहित छाला हेरचाहका उत्पादनहरू प्रयोग गर्नुहोस्। अनावस्यक रसायनहरू कम भएका वस्तुमात्र प्रयोग गर्नुहोस्। रसायनयुक्त क्रिमहरुले संवेदनशील छालालाई झन बिगार्न सक्छन्।

जाडोमा उनबाट बनेको बाक्लो लुगा लगाउँदा शरीर सुक्खा भएर झनै चिलाउँछ । त्यसैले , सुतीको पातलो लुगा लगाएरमात्र बाहिरबाट उनीको लुगा लगाउनु उचित हुन्छ ।

यदि तपाईंलाई बारम्बार हात धुने सेनिटाइजरको प्रयोग गर्नु हुन्छ भने, यसले तपाईंको हात झनै सुकाउँदछ। यसको लागि चर्मरोग विशेषज्ञहरूको सल्लाहहरूले लिन सकिन्छ।
जाडोमा धेरै बाहिर नजानुहोस्। खुला आगो वा अन्य ताप स्रोतको अगाडि बस्नाले तपाईंको छाला सुख्खा हुनसक्दछ। सकिन्छ भने सम्पूर्ण कोठा न्यानो बनाउनुहोस।

घामको बिकिरणबाट जोगिन जाडो मौसममा पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ। चायापोतोलाई आउन नदिन धेरैबेर घाममा बस्नु हुन्न र विशेषज्ञको सल्लाहमा दिनको दुई–तीन पटक सनस्क्रिन प्रयोगर्नुपदर्छ।

पञ्जाको प्रयोगले हातखुट्टा नीलो हुन पाउँदैन र यसले स्क्लेरोडर्मा वा पर्नियोसिस जस्ता रोगबाट बचाउँछ।

यति मात्र नभई प्रशस्त मात्रामा पानी पिउनाले, फलफूल र सागसब्जी खानाले पनि सुक्खा छालाको समस्या समाधानमा मद्दत हुनसक्छ । चुरोट र रक्सिको सेवनले समेत छालामा विभिन्न समस्या आउने तथा छाला सुख्खा हुनेहुँदा, यसको सेवन उचित होईन।

छाला सुक्खा हुने र फुट्ने क्रम रोकिएन र कुनै समस्या भएमा आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर उपचार गराउनुहोस।

[डा.विकास पैाडेल, एम् डी
उपप्राध्यापक, नेसनल मेडिकल कलेज बिरगंज]

Tags: #News in birganj#smoking #disease #Corona Virus #Covid19DermatologyDiabetesDr.Bikash paudelFragrance freeNational Medical College BirganjSclerodermaSkin Care
Previous Post

हात्तीपाईले रोगको निवारण अवस्था थाहा पाउन कंचनपुरमा सर्भेक्षण हुँदै #AssessmentSurvey

Next Post

हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention का लागि तालिम सम्पन्न #Elephantsdiseases

Related articles

ESD Cancer Treatment Dr Bibek Purbe
Articles

एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (ESD): नेपालमा क्यान्सर उपचारको उदीयमान सम्भावना

1 month ago
1.6k
सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth
Articles

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

3 months ago
1.6k
घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो
Articles

घुँडाको दुखाइ अब उमेरको होइन, जीवनशैलीको कुरा हो

7 months ago
1.6k
Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

8 months ago
1.6k
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

8 months ago
1.7k
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

8 months ago
1.6k
Next Post
हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention का लागि तालिम सम्पन्न #Elephantsdiseases

हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention का लागि तालिम सम्पन्न #Elephantsdiseases

Comments 1

  1. Pingback: मास्कको प्रयोगले अनुहारमा हुने समस्याबाट बच्ने ९ उपाय #MaskUse • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,397)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.