✍️ डा. अरुण शाही
अंग्रेज़ी महिनाको पहिलो महिना जनवरी लाई बिश्वभरी पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फ़ैलाउने महिनाको रुपमा बिभिन्न कार्यक्रम गरेर मनाईनछ।सन २०२१ लाई बिश्व स्वास्थ्य संगठनले यो क्यान्सर लाई बिश्व बाट उन्मूलन गर्ने अभियान बर्षको रुपमा लिन संसारभरिका सरकारहरुलाई अपील गरेको छ।
महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या बिश्वमा चौथो स्थानमा पर्छ । नेपालमा भने यो पहिलो हो । विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारणले प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुने गरेको छ ।
कारणहरु :
९९% पाठेघरको मुखको क्यान्सर एचपिबी भाइरसका कारणले हुने गर्दछ।
-सानै उमेरमा बिहे गर्नु र बच्चा जन्मनु ।
-अपरिपक्व अवस्थामा यौनसम्बन्ध राख्नु ।
– व्यक्तिगत सरसफाइको कमी ।
– आर्थिक अभावका कारणले स्वास्थ्य परीक्षण गराउन नसक्नु ।
– धेरै जनासँग यौनसम्बन्ध राख्नु र यौन रोग ।
– धुमपान गर्नु ।
लक्षणहरु :
– यौनसम्पर्कपछि रगत बग्नु ।यौनसम्पर्क गर्दा दुखनु।
-योनीबाट आवश्यकताभन्दा बढी पानी बग्नु ।
– यौनागं दुख्नु–पोल्नु ।
रोकथामका उपायहरु :
पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिबी भ्याक्सिन दिनुपर्छ । एचपिबी भ्याक्सिन ९ देखि २६ वर्षको उमेरमा लिन सकिन्छ । ११ देखि १३ वर्ष उमेरमा लिनुलाई उत्तम मानिन्छ । सर्भरिक्स, गाडासेल र गाडासेल नाइन भ्याक्सिन दिन सकिन्छ । नेपालमा गाडासेल भ्याक्सिन दिने चलन छ । तर, यो भ्याक्सिन लगाएर मात्र यो समस्याबाट जोगिन सकिन्न । यद्यपि, धेरै हदसम्म कम गर्न भने सकिन्छ । भ्याक्सिनका साथै रोकथामका उपाय अपनाउन आवश्यक छ ।
जसका लागि स्क्रिनिङमा जान आवश्यक छ । यसका लागि स्त्रीरोग चिकित्सकसँग परीक्षणका लागि जानुपर्छ ।
२१ देखि २९ वर्षसम्मका महिलाले हरेक ३ वर्षमा १ पटक स्त्रीरोग विशेषज्ञ कहाँ गएर प्याप स्मेयर परीक्षण गर्नुपर्छ ।
३० देखि ६५ वर्षसम्मका महिलाले प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण गरेको छ भने ५ वर्षमा १ पटक परीक्षणको लागि जान सक्छन् । यदि प्याप स्मेयर मात्र परीक्षण गर्ने हो भने ३ वर्षमा १ पटक परीक्षणका लागि जानुपर्छ ।
त्यसपछि आवश्यकताअनुसार क्यान्सर रोग विशेषज्ञलाई रेफर गर्ने गरिन्छ । यदि समयमै यस क्यान्सरलाई पहिचान गरेर उपचार गरियो भने यो क्यान्सरको निदान सम्भाब छ।
अन्त्यमा पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण एचपिबी भाईरस हो। यो भाईरस असुरक्षित यौन सम्पर्कले सर्ने गर्दछ। सुरक्षित यौन सम्पर्क र एस भराइस विरुद्धको vaccine प्रयोग गरेमा यो क्यासरलाई संसारबाट उन्मूलन गर्न सकिन्छ।
( डा. शाही मेडिकल अंकोलोजिष्ट
पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान कार्यरत हुनुहुन्छ।)
Comments 2