10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना संक्रमण, यसको मनोसामाजिक पक्ष र समय ब्यवस्थापन

Nam Raj Bhatta by Nam Raj Bhatta
May 15, 2021
in Research & Study
Reading Time: 1 min read
A A
1
Dr Suman Prasad Adhikari Psychiatrist

Dr Suman Prasad Adhikari Psychiatrist

646
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कोभिडको दोस्रो लहरमा हामी असामान्य अवस्थामा छौं। हाम्रो काम गर्ने शैलीलाई, दैनिक जीवनलाई पनि हामीले सामान्य अवस्था भन्दा परिवर्तित गर्नुपर्छ। अहिले हामी स्कूल, कलेज, अफिस नगई घरमै बसिरहनु पर्दा हाम्रो दैनिकी अर्थात् रुटिन लाइफ अस्तव्यस्त भएको छ।

कुनै पनि कुरा बिग्रन लाग्यो भने जोगाउनु पर्छ भनेजस्तै हाम्रो दैनिकी बिग्रिन लागे त्यसलाई जोगाउनु पर्छ। अस्तव्यस्त दैनिकी व्यवस्थित गर्न कुनै ठूलो परिश्रम वा मिहेनत चाहिँदैन। केही सामान्य काम गरे पुग्छ। हामीहरूले स्कूल, कलेज, अफिस, जानु नपरेपछि खाने, सुत्ने, उठ्ने कुरालाई लापरवाही गर्नु हुँदैन।

त्यसैले निश्चिम समयमा सुत्ने, उठ्ने, काम गर्ने गर्नुपर्छ, अर्थात् व्यवस्थित दिनचर्या हुनुपर्छ। देख्दा यी सामान्य कुरा देखिन्छन्। काम नहुँदा सुते भइगो नि भने जस्तो लाग्ला तर यसले ठूलो समस्या निम्त्याउँछ।

साना–साना समस्याले ठूलो समस्या जन्माउँछ। समस्या साना हुँदा व्यवस्थापन गर्न सजिलो हुन्छ, त्यही भएर समयमै सचेत हुनुपर्दछ। त्यसैले पहिलो कुरा हाम्रो सुत्ने तथा उठ्ने दैनिकी नियमित एकदम जरुरी छ।

अर्को कुरा, अहिले हाम्रो हात हातमा मोवाइल र इन्टरनेट सुविधा छ। जसले गर्दा हामीले आफूलाई चाहिनेभन्दा धेरै तथा अनावश्यक सूचना ग्रहण गरिरहेका छौं। यसले पनि हामीमा मानसिक तनाव बढ्न सक्छ।

फेरि इन्टरनेटमा कस्तो सुविधा छ भने हामीले जस्तो भिडियो वा समाचार हेर्‍यौ‌ त्यसै प्रकारका अरु समाचार लाइन लागेर आउँछ। त्यसैले एउटा नकारात्मक वा डरलाग्दो भिडियो वा समाचार हेर्‍यौं भने त्यस्ता किसिमका समाचार सामग्री हाम्रो सामाजिक सञ्जालमा आउन थाल्छ। यस्तो अवस्थामा हामीले सही र गलत छुट्याउन सकेनौं भने हामी नकारात्मक प्रवृत्तिमा फस्ने डर हुन्छ।

Mental health illustration
Mental health illustration

इन्टरनेटमा जसले पनि सूचना अपलोड गर्न सक्छ। कतिपय सूचनाको पुष्टि नभएको हुन सक्छ। त्यसैले विश्वसनीय साइट मात्र हेर्नु पर्छ। जे पायो त्यहीँ हेर्नु हुँदैन। भ्रमको पछि लाग्नु हुँदैन।

लकडाउनका बेला घरमा बस्दा परिवारका सदस्य एक्ला एक्लै नबसी सामूहिक रुपमा बस्नु पर्छ। एक अर्कासँग गफ गर्ने, छलफल गर्ने, सामूहिक कार्य गर्ने गर्नु पर्दछ। एक्लो भएको अवस्थामा विभिन्न क्रियाकलाप गर्न सकिन्छ। गीत गाउने, नाँच्ने, चित्र बनाउने, संगीत, बजाउने, खानाका विभिन्न परिकार बनाउने काम गर्न सकिन्छ।

समय कटाउन सिनेमा हेर्ने, नाटक, गीत, संगीत सुन्नेलगायतका मनोरञ्जनका काम पनि गर्न सकिन्छ। त्यस्तै कुनै नयाँ सोखमा काम थाल्न यो उपयुक्त समय हो। त्यस्तै, बगैंचामा टहल्ने, गोडमेल गर्ने, बारीको काम गर्ने, गमला सजाउने लगायतका काम गर्न पनि सकिन्छ।

घरका अन्य काम लूगा धुने, लुगा पट्याउने, भान्छाको काममा सघाउनेलगायतका साना कामको पनि ठूलो महत्व हुन्छ। घरै बस्ने भएपछि दिनको दुई घण्टा कुनै न कुनै शारीरिक काम गर्नु लाभदायक हुन्छ।

योग, प्राणायाम तथा ध्यान गर्दा पनि हामी शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य हुन सक्छौं। पुसअप, सिटअपजस्ता सामान्य अभ्यास गरेर केही मिनेट श्वासप्रश्वासको अभ्यास गर्नु लाभदायक हुन्छ।

अरु केही सकिएन भने, ढाड सिधा पारेर आँखा चिम्लेर लामो शास लिएर केही सेकेण्ड रोकेर बिस्तारै–बिस्तारै शास छोड्ने अभ्यास गर्नु लाभदायक हुन्छ।

अहिले घेरैले घरबाटै काम गर्ने चलन छ। यसको एउटा बेफाइदा के देखिएको छ भने काम गर्ने र आराम गर्ने समय नै छुट्याउन नसकिने भएको छ। यदि हामी घरबाटै काम गर्छौ भने प्रत्येक घण्टापछि दश–पन्ध्र मिनेट विश्राम लिनैपर्छ।

घरका कुनै सदस्य लामो समय एक्लै बस्ने गरेको छ भने पनि परिवारका अरु सदस्यले ख्याल राख्नुपर्छ। उसलाई समूहमा मिसाउने वा आफू ऊसँग गएर बस्ने, छलफल गर्ने, कुरा गर्र्ने बानी गर्नुपर्छ। एकान्तमा लामो समय बस्न दिनु हुँदैन।

यदि आफूलाई कुनै मानसिक समस्या छ भन्ने लागेमा आफ्ना साथीभाइ, परिवारका सदस्यसँग सो विषयमा छलफल गर्नुपर्दछ। मनामा भएका कुनै पनि नकारात्मक सोच विचारलाई पालेर बस्नु हुँदै हुँदैन। कसै न कसैलाई पोख्नै पर्छ।

मानसिक समस्या भनेको छलफल गर्दा, अरुलाई भन्दा विस्तारै घट्दै जाने वा निकास निस्कने रोग हो। तर आफ्नो समस्या भनिएन भने समस्या बढ्दै जान्छ।

त्यही भएर आफूलाई निरासा लाग्ने, दिक्क लाग्ने, नकारात्मक विचार आउने गरेको छ भने त्यो कुरा अरुसँग ‘सेयर’ गर्नुपर्छ। छलफल गर्नुपर्छ। अहिले विभिन्न अनलाइनमा मनोपरामर्श तथा मनोचिकित्सक परामर्श सेवा उपलब्ध छ भने फोनबाट पनि काउन्सिलिङ लिन सकिन्छ।

अस्पतालको ओपिडी खुला भएका ठाउँमा सम्पर्क गरीकन सुरक्षित तवरमा डाक्टरलाई जचाँउन जान पनि सकिन्छ। मुख्य कुरा मनमा कुरा खेलाएर बसिरहन हुँदैन। अहिलेको असामान्य परिस्थितिमा हामी सकारात्मक रुपमा अघि बढ्न सक्यौं भने भविष्यमा हामीले अझ ठूला विपत्तिहरूसँग सामना गर्न सक्छौं।

आफूलाई कुनै मानसिक समस्या छ भन्ने लागेमा त्यो अरुलाई ‘सेयर’ गर्नुपर्छ। अरु स्वास्थ्य समस्याजस्तै मानसिक स्वास्थ्य समस्यालाई पनि निराकरण गर्न सकिन्छ। कहिले काहीँ साह्रै अफ्ठेरो महसुस भएमा विभिन्न हेल्पलाइन र हटलाइनमा सम्पर्क गरेर पनि सहयोग लिन सकिन्छ।

(नमराज भट्टले मानसिक रोग विशेषज्ञ डा. सुमन प्रसाद अधिकारी सँग गरेकाे कुराकानीका आधारमा)

Tags: Corona Virus #Covid19Dr.Suman Prasad Adhikaripsychiatric
SummarizeShare295ScanTweet146

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    603 shares
    Share 241 Tweet 151
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • १९ पटक मन्त्री भएका शरतसिंह भण्डारीलाई हराउँदै रास्वपाका साह विजयी
  • जनस्वास्थ्य अभियान्ता डा. आनन्द चन्द कैलाली ५ बाट विजयी
  • नेपाल आँखा अस्पताल ‘बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित
  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.