आज मिति : २०७९ असार १७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Health

कोरोनामा श्रमिक अनि लकडाउन

HNN Staff by HNN Staff
May 30, 2020
in Health
A A
3
कोरोनामा श्रमिक अनि लकडाउन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

✍️ धीरज मैनाली ,                                                             भक्तपुर 

विश्वब्यापी रुपमा कोरोनाको कहरले छोएको छ । धेरैको मान्यता छ चीनको चुस्त शासन व्यवस्था वा कडा शासनले गर्दा एक प्रान्तबाट अर्को प्रान्तमा कोरोना फैलिन पाएको छैन । दक्षिण कोरियाले लकडाउन नगरी कोरोना माथी नियन्त्रण लिने प्रयत्न गरेको छ । कैयन विकसित मुलक बेलायत, अमेरिकामा कोरोना संक्रमितको दर उच्च छ । त्यहाँ मृत्यु दर पनि विश्वकै उच्च विन्दुमा छ । सरकारले कोरोना विरुद्धको उपचार खोजका लागी बजेट दिएको छ । चीन तथा बेलायतको खोजको पहिलो चरण सफल भएको शुभसमाचारहरु आउन थालेका छन । ती विकसित मुलुकले जनताका आधारभुत माग सम्बोधन गर्न नसक्ने कुरा गर्दै लकडाउन खुकुलो बनाएर जीवनलाई सहज बनाउने तर्फ कदम लिइरहेका छन । भारत सरकारले मेइ २५ बाट हवाई उडान शुचारु गर्ने निर्णय गर्यो । भारत सरकार पनि विस्तारै लकडाउन खुकुलो बनाउन अग्रसर भए जसतो प्रतित हुन्छ । नेपालले बन्दाबन्दी गरेको साठीऔं दिन पार गरेको छ । चैत १० गतेबाट निर्णय गरेर गरिएको बन्दा बन्दीले एस.ई.इ देखि लिएर विश्वविद्यालयहरुको परीक्षा हुन पाएन । हवाई यतायात तथा सवारीका सम्पूर्ण साधन बन्द गरिएका छन । कोरोना नियन्त्रणका लागी बन्दा बन्दी गर्नु त्यस बखतमा अतिआवश्यक थियो । कोरोना नियन्त्रणका लागी गरिने पहिलो चरणको आवश्यक कदमनै लकडाउन रहेको कुरा अन्तराष्ट्रिय अभ्यासबाट समेत पुष्टि भएको छ । बन्दाबन्दी गर्दाको अवस्थामा जति अनुपातमा कोरोना संक्रमित देशमा थिए त्यसभन्दा कैयन गुणा संक्रमित बन्दाबन्दी गरे पश्चात बढेका छन । यसको मुख्य कारण भारतको खुल्ला सिमानाबाट लुकीछिपी मानिस प्रवेश गर्नु, तथा जनस्तरमा यसका बारेमा गहिरो तवरले बुझाउन नसक्नु हुन । अन्य बन्दकोे समय जसरीनै मानिस साँझ पाँच बजे पश्चात खुलेआम घुम्न निस्कने, हाट बजार निस्कने कार्यले वस्तावमा लकडाउन प्रभावकारी नभएको चर्चा हुने गरिएको थियो । विश्वले विश्वसनियता माथी प्रश्न उठाएर बन्द गरेको आर.डी.टी टेष्ट प्रणालीलाई निरन्तरता दिइनु तथा सोको फल्स नेगेटिभलाई आधार मानेर विदेशबाट आएका वा शंका लागेकालाई घर पठाइने कार्यले समेत कोराना संक्रमित संख्या बढाउन टेवा पु¥याएको हो भन्ने कुरा विज्ञहरु सुझाउँछन् । पि.सि.आर टेष्टलाई शुरुवाती दिनमा व्यापकता ल्याउन नसक्दा बन्दा बन्दी गर्नुको कुनै औचित्य नराखेको विज्ञहरुको ठम्याइछ । पहिलोबाट दोस्रो गर्दै अहिले कोरोना समुदाय स्तरमा फैलिसकेको अवस्थामा छ ।
लकडाउन जनतासंग स्वास्थ्य संस्थाको स्तरोन्नतीका लागी समय माग्न गरिएको एक उपाय हो । संक्रमितको संख्या बढन नदिन गरिने लकडाउन बिशेषत एकाइस दिनको कोरोनाका लाईफसाइकललाई अनुमान गरेर गरिएको एउटा उपाय थियो । तर आज विदेशबाट आएको साठीऔं दिनमा समेत कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसमा दुईटा कुरा हुन सक्छ । कि चाँही वातावरण तथा देशको हावापानी अनुसार कोरोनाले आफनो जीवन चक्र फेरेको हुनु पर्छ वा ती व्यक्तिको पछि कोही कोरोना संक्रमितसंग सम्पर्क भएको हुन सक्छ जसको जाँच भएको छैन । नेपालमा पोजेटिभ देखिएका कैयन संक्रमितलाई कुनै संकेत देखिएन र कुनै उपचार बिना कोरोना अस्पतालको निगरानीमा बसेर नेगेटिभ रिर्पोट आए पछि घर गए । कैयन नेपालीलाई सुसुष्त अवस्थामा कोरोना भएर आफै कुनै संकेत तथा लक्षण नदेखाई ठीक भएको हुन सक्छ । शुरुवाती समयमा कैयन विदेशबाट आएका मानिस आफनो आत्मसन्तुष्टीका लागी कोरोना जाँच गर्न केन्दि«य प्रयोगशाला गए तर चिकित्सकले कुनै लक्षण छैन भनेर जाँच नगरी फकाईदिए । घण्टौं लाइनमा उभिएर जाँचका लागी बसेका कैयन मानिस जाँच नभई निराश भएर घर फर्किए । पूर्वतयारीको अभावका कारण , किट प्रयाप्त मात्रामा नभएको कारण विश्वस्तरीय जाँच प्रणालीभन्दा विश्वले विश्वसनियतामा प्रश्न उठाएको किटलाई व्यापक प्रयोगमा ल्याइयो । यसतै कुराले कोरोना संक्रमितको संख्या नियन्त्रणमा आउनभन्दा झन दिन दुइ गुणा रात चौ गुणा गरी बढोत्तरी भइरहेको छ ।

यस साठी  दिन सम्म कति सघन उपचार शैया थपिए , कति वटा भेन्टीलेटर थपिए तथा कति वटा मोनिटर थपिए होलान , परीक्षणलाई सजिलो हुन कति प्रयोगशालाका विश्वस्तरीय उपकरण थपिए होलान भन्न सकिने अवस्था छैन । देशमा हाल निजि अस्पतालको समेत जोडेर लगभग बाह« सय सघन उपचार शैया छन भने भेन्टीलेटर निजि अस्पतालको समेत जोडेर लगभग चार सय पचासको संख्यामा रहेको छ । नेपालको कुल जनसंख्या लगभग तीन करोड रहेको छ । कुल जनसंख्याको एक प्रतिशतलाई कोरोना पोजेटिभ भयो अनि पोजेटिभ संख्याको एक प्रतिशतलाई मात्र भेन्टीलेटर सेवा चाहियो भने देशले के गर्ने यसको लागी कुनै पूर्वतयारी भए जसतो देखिदैन । खरिद प्रकिृयालाई फास्ट ट्रयाकबाट गरे पनि सामान खरिद गर्न कम्तीमा एक महिना लाग्छ । यो लकडाउनलाई स्वास्थ्यसंस्थाको स्तरोन्नतीका लागी सदुपयोग गरिनुपर्नेमा देश राजनैतिक कुरामै रुमलिएको अवस्थामा छ । कसलाई प्रधानमन्त्री बनाउने कसलाई संसद बनाउने, कसलाई फुटाउने कसलाई जुटाउनेभन्दा पनि संकटको यस घडीले भयावह अवस्था लियो भने कसरी निपटने भन्ने कुरामा विशेष ध्यान जानु पर्छ । यस संकटमा एमसीसी पास गर्न विवाद गर्ने कुराभन्दा देशको स्वास्थ्य क्षेत्रलाई जसतो सुकै संकट आए पनि सामना गर्न सक्ने अवस्थामा पुगाउने गरी योजना पास गर्न तर्फ ध्यान जानुपर्छ । चिकित्सक तथा स्वास्थ्यकर्मी बढी तनाव तथा चिन्ताका कारण मानसिक रोगको शिकार बन्न सक्छन । फन्टलाइनमा काम गर्ने चिकित्सक , स्वास्थ्यकर्मी तथा सुरक्षा अंगका मानिसहरुलाई सुरक्षा पहिरनको समुचित व्यवस्थापन गरेर प्रोत्साहनका हरेक उपायलाई अवलम्बन हुनुपर्छ ।

एक संचार गृहमा यो लेख तयार पर्दाको दिनमा काठमाडौं काँडाघारीकी एक महिला फोन मार्फत कार्यक्रम प्रस्तोतालाई आफना दुई मध्य कुनै एक सन्तान कसैले पलिदिए हुन्थ्यो । मैले मेरा बच्चालाई खुवाउन सकिन जसता कारुणिक वेदना प्रस्तुत गरेको थिइन । यी एउटी प्रतिनिधि पात्र मात्र हुन अझै लकडाउन बढाउँदै लैजाने तथा गरिवले दैनिक भोकै सुत्ने हो भने देशमा कोरोनाको कारण होइन भोकमरीका कारण मानिसको मृत्यु हुन शुरुवात हुने कुराको संकेत त्यो वेदना थियो ।

भारी बोकेर जिविकोपार्जन गर्ने एक भरियाको काठमाडौंमा खान नपाएर निदन भएको समचार पनि सेलाएको छैन । दैनिक ज्यालादारी गरेर कमाएकोे पैसाले दैनिक आहारकोे जोहो गर्ने ती निम्नबर्गिय मानिसले केही दिन त राहत पाए होलान तर साठीऔं दिनसम्म कसले राहत दियो होला अनि अझ लकडाउन बढदै जाँदा दाताहरुको संख्यामा पनि क्रमिक रुपमा ह«ास आएको छ । कसैले फोटो खिचेर फेशबुकमा हाल्नका लागी सिमित राहत बढेका हुन्छन भने लामो समयसम्म कुनै परिवारको रासनको सधैं जोहो गरिदिने दाता धेरै कम छन । एक दिन दुइ दिन दश दिन बिस दिन अनि कति दिन आज साठी दिन भयो संक्रमितको संख्या बढीरहेको छ ती दाताले उल्लेख्य संख्यामा रहेका गरिवी तथा दैनिक ज्यालादारी गरेर कमाउने संख्याको परिवारलाई राहत दिनेहोला ।
मध्ययम वर्गलाई आफनै पीडा शुरु भएको छ । कैयनको घर बाहलको आम्दानी मार्फत चल्ने गरेको छ । सरकारको घरभाडा नतिर्ने उर्दीले घरभाडाले व्यवहार चलाउनेको हालत बेहाल भएको छ । बाहलमा बस्ने अधिकांश व्यक्ति कुनै संस्था वा कम्पनीमा अवद्द हुन्छन । निजामति कर्मचारी बाहेकका कर्मचारीहरुलाई नाफामै रहेका अधिकांश संस्थाले बेतलवी विदामा राखेका छन । केहीले कर्मचारी कटौती गरिएको सूचना समेत थमाउन थालेका छन । शहरी क्षेत्रकै बासिन्दा वा बाहिरबाट आएर ती मध्ययम वगीर्य परिवारका कर्मचारी अवसर तथा स्रोत साधनका कारणले उपत्यका तथा देशका अन्य शहरको संस्थामा कार्यरत छन् । कम्पनीहरुले दुई महिनाको लकडाउनमा पूर्णकालिन कर्मचारीहरुलाई समेत दैनिक ज्यालादारी कर्मचारी जसरी व्यवहार गरी यो संकटको घडीमा बेतलबी राखेका छन । केहीले थोरै मात्रामा तलब बाँढेका छन । घाटामा रहेका संस्थाले बेतलवी राख्नु स्वभाविक रहेता पनि नाफामा रहेका संस्थाले आफना कर्मचारीको यो विश्वको यो संकटको अवस्थामा श्रमिकको यो दुःखको घडीमा मानवता देखाउन सकेका छैनन । कर्मचारीहरुलाई संस्थाको असल सम्पतीका रुपमा नलिएर श्रमिकलाई मानसिक पीडामा धकेलेका छन । बाह« महिनामा दुई महिनाको यस संकटमा कम्पनीहरुले आफना कर्मचारी माथी कठोर व्यवहार प्रस्तुत गरेका छन् जसका कारणले दैनिकको छाक टार्नलाई धौ धौ परेको अवस्थामा कसरी भाडा तिर्ने भन्ने स्थिितीमा छन् । राहत माग्न समेत असहज हुने तथा कमाई समेत ठप्प रहेको देशमा धेरै संख्यामा रहेका मध्ययम वर्गमा ठूलो पीडाको समय यो लकडाउन प्रतित भएको छ । श्रम विभाग तथा श्रम कार्यालयले यस तर्फ ध्यान नदिँदा देशका कर्मचारी तथा श्रमिक मानसिक पीडामा रहेको चर्चा छ । यसका लागी सम्बन्धीत निकायले अग्रसरता लिएर नाफामा रहेका संस्थाका कर्मचारीले आधारभुत (बेसिक) तलब पाए नपाएको एकिन नगर्दा धेरै मध्ययम वर्गीय परिवारका श्रमिक कम्पनीबाट शोषित हुन शुरु भएको छ । निजि कम्पनीमा काम गर्ने मध्ययम वर्गीय समुदायको संख्या नेपालमा उल्लेख्य मात्रामा छ । दुई महिना कम्पनीको काम अंशिक हुँदा वा ठप्प हुँदा पूर्णकालिन श्रमिकले तलब पाएका छैैनन । लकडाउन बढदै जाने तथा सरकारले तथा नियामक निकायले यस तर्फ नजर नदिने हो भने यो वर्गका कैयन मानिस भोकै मर्ने सम्भावना बढेर गएको छ साथै मानसिक रोग समेत खप्टिने सम्भावना छ । रोजगारदाता कम्पनीलाई राहतको कुनै घोषणा नहुँदा ती संस्था आफैमा धराशायी बन्दै गएको अवस्था छ । राहतको कार्यक्रम तर्जुमा गरेर नाफामा रहेका संस्थाले आफना श्रमिकको बेसिक तलब दिने प्रत्याभुति नहुँदा देशमा विकराल समस्या आउने सम्भावनालाई नकार्न सकिन्न । संकटको यस घडीमा श्रमिक तथा कर्मचारीको हकहितको प्रत्याभुतिका लागी श्रम मन्त्रालय तथा मातहतका निकाय सक्रिय हुनुपर्ने आवश्यकता खटकिएको देखिन्छ । उच्च अर्थिक अवस्था भएकाले आफनो बचतबाट दैनिक मिठो मिष्ठान्न खाएका छन । यस वर्गलाई लकडाउनले खासै फरक पारेको छैन । व्यवसाय हुनेको व्यवसाय चौपट छ तर के खाने भन्ने समस्या यो वर्गलाई रहँदैन । शहरी क्षेत्रका मानिस गाउँमा जसतो सहज तवरले बाँच्न सक्दैनन । गाउँमा आफनै बारीको उत्पादन हुने हुँदा अन्नको समस्या हुँदैन तर शहरी क्षेत्रका मध्ययम वगीर्य परिवारका मानिसलाई बिना आम्दानी दैनिक छाक टार्न समेत हम्मे पर्ने अवस्था श्रृजना हुन्छ । शहरी क्षेत्रका परिवारको घर परिवारको सदस्यको आम्दानीमा पूर्णतय निर्भर हुन्छ । त्यही आम्दानीको भरमा ऋण लिइएको हुन्छ । आम्दानीनै शुन्य हुँदा तथा अंशिक मात्र हुँदा मध्ययम परिवारलाई मानसिक दवावमा हालेको अवस्था छ । कसैसंग राहत माग्न जाँदा सामाजिक प्रतिष्ठा गुम्ने डर एकातिर मनमा रहेको हुन्छ भने लकडाउन बढदै जाँदा अनि परिवारको आम्दानीको स्रोतको आम्दानी नहुँदा घर व्यवहारको दैनिक छाक टार्ने खर्च समेत व्यवस्था गर्न गाह्रो परेको सरकारले बुझन जरुरी छ । लकडाउनका कारणले बजार महंगिएको छ । मुद्राको क्रय शक्ति घटेको छ ।

अधिकांश दैनिक ज्यालामा काम गर्ने निम्न तथा मध्ययम वर्गको माग आज जीन्दगीलाई चलायमान गराउनु पर्छ , उच्च सतर्कता सहित तथा जन जनलाई अनुशासित गराएर लकडाउनलाई हटाउने तथा खुकुलो पार्ने आवज आउन थालेको छ । एक विरगंज स्थित अस्पतालमा एक वृद्दको मृत्यु भयो । रोगको लक्षण हल्का कोरोना संग मेल खाएकाले त्याहाँ स्थिित प्रयोगशालामा परीक्षण गर्दा रिपोट शंकास्पद आयो अनि थप पुष्टिका लागी केन्दि«य प्रयोगशाला पठाइयो । जाँचको रिपोट नआउदै अस्पताल प्रशासनले शव विरामीका आफन्तलाई दियो र आफनो संस्कार अनुसार दाह संस्कार भयो । सात दिन पछि रिपोट पोजेटिभ आयो । सरदर १२ घण्टा रिर्पोट आउन लगाउने वा सरदर एक टेष्टको रिर्पोट आउन सरदर ८—१० घण्टा लाग्नुपर्नेमा सात दिन किन लगायो अचम्मको कुरा छ । लाश परिवारलाई दियो आफनो टाउकोबाट जिम्मेवारी सकियोझै व्यवहार अस्पताल प्रशासन तथा स्थानिय जनस्वस्थ्य कार्यलयबाट गरिएको प्रतित हुन्छ । यसता व्यवस्थापकिय त्रुटिले तथा संमन्वयको अभावले संकटलाई अझ बढाउने कुरालाई नकार्न सकिन्न । संकटको तथा महामारीको यस घडीमा देशका सम्पूर्ण अस्पताल प्रशासनहरुले अरु बेलाभन्दा अझ चुस्त अनि प्रशासनिक क्षमता अझ उच्च बनाउने बेला हो । अस्पताल प्रशासनले आफना अस्पतालका कोरोना सष्पेक्ट गरिएका केशको सही रेकड राख्नुपर्छ । यो महामारीको बेलामा रिर्पोट नआई विरामीलाई परिवारलाई बुझायो अनि हाइसन्चोले बस्दा अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा कोरोना फैलन सक्ने सम्भावना बढेर जान्छ । अस्पताल प्रशासन तथा सम्बन्धीत निकायको सवत्र्र विरोध भइरहेको छ । यस खाल्का कमीकमजोरीलाई अगामी दिनमा कहि कतै दोहोरिन नदिने सबै पक्ष गम्भीर हुन जरुरी छ ।
लकडाउनलाई बढाएर मात्रै समस्या समाधान नहुने कुरा आज हामी सामु छलङग भएको छ । अस्पतालको संख्या थप्ने , सघन उपचार कक्ष थप्ने, भेन्टीलेटर थप्ने कार्य गरेर अन्य विकल्पहरुलाई अघि सारेर लकडाउन खुकुला पार्दै विस्तारै हटाउने तर्फ सरकार अघि बढनु आवश्यक देखिएको छ । स्वास्थ्यका जनशक्तिलाई दक्ष बनाउने कार्य गर्दै कोरोना देखिएको क्षेत्रलाई सिल गरेर अन्य क्षेत्रको जीवनलाई चलायमान नगराए अन्य समस्या आउने सम्भावना छ । जनताले यो साठी दिनको लकडाउनलाई उच्च सम्मानसाथ सहयोग गरेका छन । कहि कतै तोडने काम भएको छैन । सरकोरको यो कार्यको सवत्र्र प्रशंसानै भएको छ । कोरोना नियन्त्रणको एक मात्र साधन लकडाउन मात्र हो भन्ने ठानेर गरिएको निर्णयले साठी दिन पार गरेको छ । लकडाउनभन्दा पनि अन्य उपायलाई विज्ञहरु संगको छलफलबाट निशकर्षमा पुग्नु आजको मागको रुपमा प्रस्तुत भएको छ । लकडाउन नभएको भए अझ संक्रमित बढने थिए होला यसले केही हदसम्म नियन्त्रण गर्न टेवा दिएको कुरालाई नकार्न सकिन्न । नाकालाई पूर्ण सिल गरेर बैकल्पीक उपायलाई लिनुपर्ने तथा जीवनलाई चलायमान गराउनुपर्ने माग आउन थालेको कुरालाई निति निमार्तले मनन गर्नु जरुरी छ । आशा गरौं कोरोना विरुद्धको खोप खोजले सफलता पाउनेछ र मानव समुदाय यो महामारीबाट छिट्टै छुटकारा पाएर पुनः आफनो पूर्ववत अवस्थामा फर्कनेछन् ।

#Communication #Covid19 #Lockdown #Hospital #Un development city #prevention

Tags: Corona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

चिकित्सक हातपात प्रति ईमर्जेन्सी चिकित्सक सोसाइटीको गम्भीर ध्यानाकर्षण

Next Post

डडेल्धुराको क्वारेन्टाइनमा एक बालकको मृत्यु #Covid19

Related articles

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)
Health

सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं)

3 days ago
530
Carrot nutrition
Health

गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition

2 months ago
483
Understanding autism
Health

के हो अटिजम ? यसको उपचार कसरी गरिन्छ ? जानी राखौं #Autism #AutismAwareness

2 months ago
485
Mental freshness is key to happiness
Health

मानसिक रुपमा फ्रेस हुने १० उपायहरु #MentalFreshness

2 months ago
478
Hot air loo safety, तातो हावा वा लुबाटजोगिने उपाय अपनाऔँ
Health

गर्मी महिनामा तातो हावा र लूबाट बच्ने टिप्सहरु जानी राखौं #heatstroke #sunstroke

2 months ago
479
पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे
Health

पेडियाट्रिक पल्मोनोलोजी र इन्टेसिभ केयरमा डिएम गर्ने पहिलो डाक्टर बने घिमिरे

2 months ago
480
Next Post
डडेल्धुराको क्वारेन्टाइनमा एक बालकको मृत्यु  #covid19

डडेल्धुराको क्वारेन्टाइनमा एक बालकको मृत्यु #Covid19

Comments 3

  1. Pingback: कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वस्थ्यमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु बारे • Health News Nepal
  2. Pingback: कोरोनाको केन्द्रबिन्दु काठमाडौं उपत्यकामा, एकै दिन थपिए ८५९ जना • Health News Nepal
  3. Pingback: कोरोना संक्रमण, यसको मनोसामाजिक पक्ष र समय ब्यवस्थापन • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो? #masalasideeffect

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect

2 years ago
473
डा. गोबिन्द केसी

डा.केसी संग वार्ता गर्न सरकारले समिति गठन गर्यो

2 years ago
471
राजधानीमा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

राजधानीमा कस्मेटिक गाइनोकोलोजी सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

3 months ago
471

Don't Miss

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

June 27, 2022
575
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
733
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
523
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
585
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,457)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In