Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
March 25, 2025
in Research & Study
Reading Time: 1 min read
A A
0
गंगालाल अस्पतालमा हार्ट अट्याकको BYPASS अपरेशन, OFF–Pump पद्दतिबाट गराउनेको संख्या बढ्दै
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ चैत २०८१

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुलाई नरोकी हार्ट अट्याकको BYPASS अपरेशन, OFF –Pump पद्दतिबाट गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

५० जना भन्दा बढीको यस प्रविधि र पद्धतिबाट सफल उपचार गरिसकेकोले हामीपनि सक्षम र स्थापित भएको महसुस गरेका छौ। – डा. विश्व पोखरेल

मुटुलाई नरोकिन गरिने हर्टट्याकको बाइपास सर्जरी शुरु भएको केही महिनामै ५० जना भन्दामाथिको सफल शल्यक्रिया भइसकेपछी चिकित्सकहरु उत्साहित र मनोबल बढेको बताउछन् ।

भारतमा ९५% भन्दा बढीको यसै पद्धतिबाट बाइपास सर्जरी हुने गरेको छ। यो पद्धतिबाट अप्रेसन गर्दा धेरै सस्तो पर्ने हुनाले भारत लगायत न्यून बिकसित देशहरूमा यश प्रविधिबाट सर्जरी गर्ने गरिन्छ। नेपालमा पुरानो भन्दा यो पद्धतिबाट गर्दा प्रत्यक बिरामीलाई रु.१ देखि डेढ लाख सम्म सस्तो हुने गर्द्छ।

अहिलेको नेपालको आर्थिक परिस्थितिलाई हेर्दा यो पद्धति आर्थिक हिसाबले पनि उपयुक्त देखिन्छ। संसारभरि नै यो पद्दतिबाट अप्रेसन गर्न कठिन काम मानिन्छ। अनुभबी चिकित्सकको सटिक सिलाईबाट मात्र राम्रो नतिजा दिन सकिन्छ।

यो पद्धतिबाट अप्रेसन गर्दा बिरामीलाई सहज अनि डिस्चार्ज पनि छिटो हुने हुँदा धेरै बिरामीले यो पद्धति द्वारा अप्रेसन गराउन इच्छुक देखिएका छन् । यो पद्धति पैसाको हिसाबले सस्तो, बिरामीलाई पनि सजिलो र अस्पतालको बसाइँ पनि कम हुने हुँदा हालै आएर धेरै बिरामीहरु आकर्षित भएको अस्पतालका वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताउनुभयो ।

केही समय अगाडि मात्र शुरु गरेको यो पद्धति द्वारा अप्रेसन गरिएका बिरामीहरुको तथ्यांक संकलन गर्ने कार्य भैरहेको छ। प्रारम्भिक तथ्यांक अनुसार ५४ जना मध्ये ३३ जना पुरुष र २१ महिला छ्न। उमेरको हिसाबले ४१ देखि ७९ वर्ष सम्मका रहेका छन् । यी मध्ये Left Main disease २६ जनामा, TVD जनामा ३५ जनामा, DVD जनामा १२ जनामा र SVD ७ जनामा रहेका थिए। २३ जना बिरामीको मुटु धेरै कमजोर थियो र ५ जनाको किड्नीमा समस्या थियो। यी बिरामीहरुलाई १ देखि ५ ओटा सम्म बाइपास ग्राप्ट हालिएको थियो। यस्तो खालको surgery मुख्य नली बन्द भएको (Left main disease) , धेरै कमजोर मुटु, किड्नी बिग्रिएको, नयाँ Heart attack, उमेर धेरै भएका जस्ता बिरामीलाई प्रत्यक्ष फाइदा हुन्छ।

कम खर्चकै कारणले बर्षेनी हजारौ नेपालीहरु यही सर्जरी गराउन भारत जाने गरेको तथ्यांक छ। अब यो अप्रेसनको लागि भारत गइराख्नु पर्दैन। अब यही नेपालमा पनि उत्तिकै राम्रो नतिजा र भारत भन्दा सस्तोमा सर्जरी गराउन सकिन्छ। साथै नेपाल सरकारले बिमाको सुबिधा दिएको छ, बिपन्न वर्गले रु १ लाखको सहुलियत पाउनु हुन्छ । आफ्नै देशमा, आफ्नै अस्पतालमा, घर नजिकै बसेर उपचार गराउन सकिने डा. पोखरेलले बताउनुभयो ।

Tags: Dr. Bishwo PokharelHeart AttackShahid Gangalal National Heart Center
SummarizeShare234ScanTweet147

Related articles

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

सञ्चार, गलत जानकारी र मानसिक स्वास्थ्य #Mentalhealth

by Nam Raj Bhatta
October 9, 2025
0

✍️ डा. कन्चन दाहाल, मनोरोग विशेषज्ञ  जेनजी क्रान्तिले नेपालको सामाजिक चेतनामा ठूलो हलचल ल्याएको छ। तर यसका बीचमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत गलत समाचार, अतिरञ्जना र भ्रम फैलिरहेकाले...

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

डोटीका डा. ज्ञानेन्द्र जोशी विश्वका शीर्ष २% वैज्ञानिकको सूचीमा

by Nam Raj Bhatta
September 26, 2025
0

काठमाडौं, १० असोज २०८२ सुदुरपश्चिम डोटीका कृत्रिम बुद्धिमत्ता (AI) विशेषज्ञ डा. ज्ञानेन्द्र प्रसाद जोशी स्ट्यानफोर्ड युनिवर्सिटी र एल्सेभियरको २०२५ को “विश्वका शीर्ष २% वैज्ञानिक” को प्रतिष्ठित सूचीमा परेका...

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्यो 

by Nam Raj Bhatta
May 31, 2025
0

काठमाडौं, १६ जेठ २०८२ नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण नहुँदा नसर्ने रोगको प्रकोप बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ३९ हजार २०० मानिसको ज्यान...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.