आज: २०८३ आश्विन ९

विश्व स्वास्थ्य संगठन: नेपाल कोरोनाको अतिउच्च जोखिमबाट उच्च जोखिममा #Covid19

१३ बैशाख २०७७, शनिबार

काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

 चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लूएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार : नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन,’ उनले भने, ‘त्यसैले नेपाल कोभिड-१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

Related articles

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) को निदान भएपछि आवश्यक मूल्याङ्कन तथा तयारीपश्चात् Right-sided Burr Hole...

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future " नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.