आज मिति : २०७९ चैत्र १०
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया

Nam Raj Bhatta by Nam Raj Bhatta
March 1, 2023
in News
A A
0
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

पोखरा, १७ फागुन २०७९

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जटिल अवस्थामा पुगेको मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया भएको छ ।

अस्पतालले पर्वतका ५४ वर्षीय पुरुषको ५ बाई ५ सेन्टिमिटरको तेस्रो चरणको मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया गरेको हो ।

अस्पतालका प्लास्टिक सर्जन डा. पीयुष गिरी सहितको टीम र म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछाने सहितको दन्त चिकित्सकहरुको टोलीले गरेको १० घन्टा लामो अप्रेसन सफल भएको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

डा. खत्रीका अनुसार अपरेसनपछि बिरामीको गलाको भित्री भाग पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएर यही फागुन ७ गते बिरामी निको भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

‘अहिले राम्रै भइराखेको छ, अब क्यान्सरका बिरामीको अवस्था कस्तो हुन्छ ? पछि हेर्न त बाँकी छ’, निर्देशक प्रा.डा. खत्रीले भने । ती बिरामीको मुखमा क्यान्सर भएको ठाउँको भाग काटेर फाली बायाँ हातको मासु प्रत्यारोपण गरेर शल्यक्रिया गरिएको उनले जानकारी दिए । उनका अनुसार पोखरामा ३० वर्षअघि यसै किसिमको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको नेतृत्व गरेका प्लास्टिक सर्जन डा. गिरी ६ महिनाअघि अस्पतालमा आएका थिए । उनले सोही विषयमा अमेरिकामा तालिम पनि लिएका थिए । अमेरिकाको मेमो क्लिनिकमा उक्त विषयको तालिम गरेकाले शल्यक्रिया गर्न धेरै सहयोग मिलेको डा. गिरीले बताउनुभयो।

डा. गिरीले भने, हामीलाई अस्पतालबाट पनि सहयोग भयो । अप्रेसन जटिल पनि हो, लामो पनि हो, धेरै कठिन पनि हो’, उनले भने, ‘धेरै ठाउँमा नहुने खालको हो, यस खालको शल्यक्रिया उता अमेरिकामा मेमो क्लिनिकमा ट्रेनिङ गरेको भएर मलाई फाइदा भयो, टेक्निकको हिसाबले पनि शल्यक्रिया सम्भव भयो।‌

ठूला घाउहरुको सफल शल्यक्रिया गरेको देखेर बिरामीले आफूहरुलाई विश्वास गरेको उनीले सुनाए । ‘यो खालको शल्यक्रिया नयाँ भए पनि नसाहरु जोड्ने कामहरु हामीले गरिरहेका थियौं । ठूला घाउहरुको अपरेसन पनि गरिरहेका थियौं । सो समयमा उहाँहरुले देखिरहनुभएको थियो । त्यही भएर उहाँले विश्वास गर्नुभयो’, उनी भन्छन् ।

आगामी दिनमा पनि यस्ता खालको ठूलो शल्यक्रियाका लागि अस्पताल तयार रहेको पनि डा. गिरीको भनाइ छ ।

Tags: Corona Virus #Covid19Oral and maxillofacial surgeonWestern Regional Hospital Pokhara
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

फेनकेन र एनएमए बिचको संस्थागत सहकार्यलाई निरन्तरता दिने समझदारी

Next Post

सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन तथा बिस्तारित स्वास्थ्य सेवा शुरु #SetiHospital

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

6 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

10 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन तथा बिस्तारित स्वास्थ्य सेवा शुरु #setihospital

सेती प्रादेशिक अस्पतालमा टेलिमेडिसिन तथा बिस्तारित स्वास्थ्य सेवा शुरु #SetiHospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Dadura awareness message Sudurpaschim
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In