काठमाडौं, ०६ चैत २०७८
नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् ।
चैत ५ गते काठमाडौंमा सम्पन्न सोसाइटीको तेस्रो साधारण सभाले २ वर्षका लागि डा. काफ्लेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सोसाइटीको उपाध्यक्षमा प्रा.डा. दिव्या सिंह शाह, महासचिवमा प्रा.डा. प्रेम राज ज्ञवाली, कोषाध्यक्षमा डा. मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा. सुभास प्रसाद आचार्य, सहकोषाध्यक्षमा डा.अनिल श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी सोसाइटीको सदस्यहरुमा डा. महेश राज सिग्देल, डा. अरुण शर्मा, डा. पवन राज चालिसे, डा. शैलेन्द्र श्रेष्ठ, डा. छेतेन योञ्जन,डा. महेशराज जोशी निर्वाचित हुनुभएको छ ।
यस अघि सोसाइटीको अध्यक्षमा प्रा.डा. भोलाराज जोशी हुनुहुन्थ्यो ।