Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सर्जरी सकेर घर हिँडेका ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको लाठीचार्ज #NationalTramaCentre

Nam Raj Bhatta by Nam Raj Bhatta
February 11, 2023
in News
Reading Time: 1 min read
A A
0
सर्जरी सकेर घर हिँडेका ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको लाठीचार्ज #NationalTramaCentre
591
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २८ माघ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथ लाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।

साइकलमा आउतजावत गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि डाक्टर माथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Trama center

घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

कसरी भएको थियो त घटना, डा. सिंहको शब्दमा

आज अप्रेसन थियो । त्यो सकाएर करिब साढे ४– पौने ५ बजेतिर साइकल चढेर बाहिर निस्किएँ । बाटो बन्द थियो । सवारी हुन लागेको जस्तो देखियो । फुटपाथबाट साइकल डोहोर्याउँदै लगें, चढेको पनि थिइन् । वीर अस्पतालअघिको आकाशे पुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि म फुटपाथमै अडिएर बसें ।

एक जना प्रहरी जवान आएर अघि जानुस् भन्नुभयो । मैले साँघुरो ठाउँबाट साइकल छिर्र्दैन, यहीँ बस्छु, म यही अस्पतालको स्टाफ हुँ भनें । हैन अघि लैजानै पर्छ भनें । मैले साँघुरो छ भनेर मानिनँ ।

त्यसो भए पार्किङमा लैजानुस् भने । मैले पार्किङ त दुई तला मुनि छ, (घर) जान लागेको मान्छे कहाँ पार्किङमा जानु भनें । मैले आईडी (परिचयपत्र) देखाएँ । लैजानुस् भनिरहे ।

मैले तल त लैजान्नँ भनेपछि पुलिस एक्कसी झर्किए र एकदमै आवेगमा आए, फिल्मी स्टाइलमा कठालो समातियो र हान्न थाल्यो ।

देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो । टाउकोमा नै हानेपछि मरुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन ।

उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो । भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यिक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो । त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यसपछि प्रहरी जवान भाग्यो ।

राष्ट्रपतिको सवारी भनेर टाउकोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउकोमै प्रहार गरेपछि सिध्याउने नै हो कि जस्तो डर भयो ।

आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो । साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्रकोटोकल नै हो ।

मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । उसले जानेर गर्‍यो कि नजानेर गर्यो, थाहा भएन । प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने ? कस्तो व्यवहार गर्ने ? केही परे पनि कहाँ हान्ने/कहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुपर्‍यो नि ! अनुशासन र बोली व्यवहार सिकाउने हो भने त यस्तो हुँदैन थियो ।

त्यति सानो कुरामा टाउकोमै हान्दियो । म त अच्चम्मित नै छु । म माथि दुब्र्यवहार भयो भनेर विरोध गर्नेहरुमाथि पनि कुटपिट गर्ने र बन्दुक नै तेर्साउने काम भएछ ।

Tags: Corona Virus #Covid19National Trama center
SummarizeShare240ScanTweet146

Related articles

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

by Nam Raj Bhatta
June 22, 2026
0

काठमाडौंको धुम्बराहीस्थित रहेकोे ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी 'कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड' बाट सम्मानित भएका छन्। कर्पोरेट बिजनेस म्यागजिनको आयोजनामा सम्पन्न ‘१८औं कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’...

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

by Nam Raj Bhatta
June 18, 2026
0

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालमा १० प्रतिशत शैया विपन्न बिरामीहरुका लागि निःशुल्क छुट्याउनुपर्ने सरकारी निर्देशिकाको भाषा अस्पष्ट र व्यवहारिक...

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    818 shares
    Share 327 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    689 shares
    Share 276 Tweet 172
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    635 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    685 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित
  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति
  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.