आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

सर्जरी सकेर घर हिँडेका ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको लाठीचार्ज #NationalTramaCentre

Nam Raj Bhatta by Nam Raj Bhatta
February 11, 2023
in News
A A
0
सर्जरी सकेर घर हिँडेका ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीको लाठीचार्ज #nationaltramacentre
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २८ माघ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथ लाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।

साइकलमा आउतजावत गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि डाक्टर माथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Trama center

घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

कसरी भएको थियो त घटना, डा. सिंहको शब्दमा

आज अप्रेसन थियो । त्यो सकाएर करिब साढे ४– पौने ५ बजेतिर साइकल चढेर बाहिर निस्किएँ । बाटो बन्द थियो । सवारी हुन लागेको जस्तो देखियो । फुटपाथबाट साइकल डोहोर्याउँदै लगें, चढेको पनि थिइन् । वीर अस्पतालअघिको आकाशे पुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि म फुटपाथमै अडिएर बसें ।

एक जना प्रहरी जवान आएर अघि जानुस् भन्नुभयो । मैले साँघुरो ठाउँबाट साइकल छिर्र्दैन, यहीँ बस्छु, म यही अस्पतालको स्टाफ हुँ भनें । हैन अघि लैजानै पर्छ भनें । मैले साँघुरो छ भनेर मानिनँ ।

त्यसो भए पार्किङमा लैजानुस् भने । मैले पार्किङ त दुई तला मुनि छ, (घर) जान लागेको मान्छे कहाँ पार्किङमा जानु भनें । मैले आईडी (परिचयपत्र) देखाएँ । लैजानुस् भनिरहे ।

मैले तल त लैजान्नँ भनेपछि पुलिस एक्कसी झर्किए र एकदमै आवेगमा आए, फिल्मी स्टाइलमा कठालो समातियो र हान्न थाल्यो ।

देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो । टाउकोमा नै हानेपछि मरुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन ।

उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो । भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यिक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो । त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यसपछि प्रहरी जवान भाग्यो ।

राष्ट्रपतिको सवारी भनेर टाउकोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउकोमै प्रहार गरेपछि सिध्याउने नै हो कि जस्तो डर भयो ।

आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो । साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्रकोटोकल नै हो ।

मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । उसले जानेर गर्‍यो कि नजानेर गर्यो, थाहा भएन । प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने ? कस्तो व्यवहार गर्ने ? केही परे पनि कहाँ हान्ने/कहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुपर्‍यो नि ! अनुशासन र बोली व्यवहार सिकाउने हो भने त यस्तो हुँदैन थियो ।

त्यति सानो कुरामा टाउकोमै हान्दियो । म त अच्चम्मित नै छु । म माथि दुब्र्यवहार भयो भनेर विरोध गर्नेहरुमाथि पनि कुटपिट गर्ने र बन्दुक नै तेर्साउने काम भएछ ।

Tags: Corona Virus #Covid19National Trama center
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

ताप्लेजुङ अस्पतालमा समयमै स्वास्थ्य बीमा रकम भुक्तानी नहुँदा उपचारमा समस्या #HealthInsurence

Next Post

डाक्टर लाई कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बनमा

Related articles

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड
News

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

34 mins ago
778
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

1 day ago
1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

1 day ago
874
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

1 day ago
791
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

2 days ago
829
महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

2 days ago
783
Next Post
डाक्टर लाई कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बनमा

डाक्टर लाई कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Denguee awareness Shukraraj Tropical hospital
Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,138)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...