काठमाडौं, ०२ फागुन २०७८
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विभिन्न विधामा उपप्राध्यापक सहित १७ जना चिकित्सकको माग गरेको छ ।
आज सूचना प्रकाशित गर्दै अस्पतालले इमरजेन्सी मेडिसिनका लागि एक जना, एक जना क्लिनिकल फर्माकोलोजी, दुई पेडियाट्रिक, चार स्त्री तथा प्रसूति विशेषज्ञ, दुई रेडियोलोजी, दुई प्याथोलोजी, दुई माइक्रोबायोलोजी, एक जनरल सर्जरी, अप्थोमेट्री प्रशिक्षक एक, प्लाष्टिक सर्जरी एक र साइक्राएट्री एक गरी १७ जनाका लागि दरखास्त खुलाएको हो ।

२१ दिन भित्र इच्छुकले आवेदन फाराम भरी बुझाउनुपर्नेछ ।