Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडिया हेल्थ अवार्डबाट हालसम्म ५०० जना सम्मानित भएका छन्।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 27, 2021
in News
Reading Time: 1 min read
A A
1
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan
601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १५ फागुन २०७७

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले राष्ट्रिय हेल्थ अवार्ड तथा नवौं वार्षिकोत्सवको अवसरमा चिकित्सक र पत्रकारलाई सम्मानित गरेको छ।

राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौं बार्षिकोत्सव तथा राष्ट्रिय हेल्थ अवार्ड २०७७  कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले गर्नु भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा. डा. पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताए ।

received 1077539242727970

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो ।

चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा. दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताइन् । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा. मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून बनाउन आवश्यक रहेको बताइन् ।

received 333169814781127

कार्यक्रममा मिडिया प्रालिका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ५०० चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए ।

सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रि दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल टेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायतले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

स्वास्थ्य क्षेत्रमा योगदान दिएवापत प्रदेश १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्टलाई सम्मान गरिएको थियो ।

यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा. सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार शाहीलाई पनि कार्यक्रममा नेता सिंहले सम्मान गरेका थिए ।

received 3536878893107817

कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छाकामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज नेपाल डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

Tags: Corona Virus #Covid19Dr.Lochan karkiNepal Pragya prastisthan KamladiSandip Kumar ShresthaSwasthya Darpan health award 2077
SummarizeShare249ScanTweet147

Related articles

Bir hospital

वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

by Nam Raj Bhatta
September 8, 2026
0

भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर वीर अस्पताल ल्याइएका २० जनामध्ये १७ जना उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालका निर्देशक डा. विकास नेपालले...

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग

by Nam Raj Bhatta
September 8, 2026
0

रसुवामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि. वीरगञ्ज र नेपाल मेडिकल कलेज प्रा.लि. गोकर्णेश्वर, काठमाडौंले...

Teaching hospital photo

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

by Nam Raj Bhatta
September 7, 2026
0

रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये...

बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

by Nam Raj Bhatta
September 7, 2026
0

बझाङ जिल्ला अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट पि'त्तथैलीको श'ल्यक्रिया सेवा सफलतापूर्वक सुरु भएको छ। कम चिरफारबाट गरिने यो अत्याधुनिक श'ल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज समेत...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    871 shares
    Share 348 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    703 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    691 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital
  • रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजद्वारा ७५ लाख रुपैयाँ सहयोग
  • फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म
  • रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
  • बझाङ जिल्ला अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल श’ल्यक्रिया #Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.