Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको समिक्षा सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
October 17, 2023
in News
Reading Time: 2 mins read
A A
0
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको समिक्षा सम्पन्न
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, ३० असोज २०८०

सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आर्थिक वर्ष २०७९/८०मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न भएको छ ।

यहि २५ देखि २७ असोज सम्म प्रदेशको अस्थायी राजधानी धनगढी कैलालीमा सम्पन्न भएको स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षाको उद्घाटन सत्र प्रदेश प्रमुख माननीय श्री देबराज जोशीको प्रमुख आतिथ्यता, माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह र सामाजिक बिकासमन्त्री माननीय श्री झपट बहादुर साउदको विशिष्ट आतिथ्यतामा तथा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. जगदीश जोशीको अध्यक्षतामा संचालन भएको थियो ।

समिक्षा कार्यक्रममा प्रदेशका ९ वटा स्वास्थ्य कार्यालय, सरकारी तथा निजि अस्पतालका प्रमुख तथा प्रतिनिधि, सबै जिल्ला स्थित आयुर्बेद स्वास्थ्य केन्द्र प्रमुखहरु, स्वास्थ्य क्षेत्रका प्रादेशिक निकायका प्रमुख तथा प्रतिनिधि, बिभिन्न बिकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न  स्थानीय निकायका स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी र अन्य सरोकारवाला निकायहरु सहित २०० बढीको सहभागितामा कार्यक्रम संचालन भएको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत श्री धर्मानन्द गिरिले बताउनु भएको छ ।

वार्षिक समिक्षामा बिभिन्न बिषय विज्ञहरुलाई समेत आमन्त्रण गरि स्वास्थ्य क्षेत्रको सुधारको लागि सल्लाह सुझाव माग गरिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा बिभागका भुतपुर्व महानिर्देशक द्वय डा. लक्ष्मी राज पाठक, श्री महेन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निवर्तमान निर्देशक डा. गुणराज अवस्थी, त्रिभुवन विश्वबिद्यालय आइ ओ एम का अवकाश प्राप्त प्राध्यापक तथा विश्व स्वास्थ्य संगठन सेरो रिजनमा समेत काम गरिसक्नु भएका प्रा. डा.  आनन्द बल्लभ जोशी, प्रदेश नीति तथा योजना आयोगका माननीय श्री दिपिका भट्ट, सामाजिक बिकास समितिका सभापति माननीय हिरा सार्की, न्याम्स बिर अस्पतालका अवकाश प्राप्त प्रा डा. सुभेष राज कायस्थ लगायतको सहभागितामा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि तथा राष्ट्रिय, प्रादेशिक लक्ष्य उद्देश्य रणनीति हासिल गर्नको लागि सम्पादन गर्नु पर्ने बिभिन्न कामहरु वारे चर्चा गरिएको थियो ।

तिन दिन सम्म संचालन भएको समिक्षा कार्यक्रममा ९ वटा स्वास्थ्य कार्यालयहरु गत आर्थिक वर्षमा सम्पादन गरेको कामको आधारमा प्रथम, द्वितीय र त्रितिय स्थान हासिल गर्न सफल भएका छन् । स्वास्थ्य कार्यालयहरुलाई बिभिन्न सुचाकंकहरुको आधारमा प्रथम, द्वितीय र त्रितिय घोषणा गरिएको कुरा स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस वर्ष स्वास्थ्य कार्यालय कैलाली प्रथम, स्वास्थ्य कार्यालय अछाम दोश्रो र स्वास्थ्य कार्यालय दार्चुला तथा बैतडी त्रितीय हुन सफल भएका छन् । स्वास्थ्य कार्यालयहरुको मुल्यांकनको मापदण्ड यस प्रकार रहेको कुरा समेत निर्देशनालयले जनाएको छDhangadhi seconds

स्वास्थ्य कार्यालय मूल्यांकनको मापदण्डहरु :

मुल्यांकनका आधारहरु अंकभार (१००)
मुख्य जनस्वास्थ्यका सूचकहरु ६०.००%
आ.व. २०७९/८० को वित्तीय प्रगति ७.५०%
बेरुजु प्रतिशत आ.व. २०७८/७९ ७.५०%
वार्षिक प्रतिवेदन (आ.व. २०७९/८० को Soft copy evaluation) १०.००%
दुर्गमता (प्रदेश सरकारको भौगोलिक बिभाजनका आधारमा) ५.००%
स्वास्थ्य निर्देशकको गुणात्मक मुल्यांकन ५.००%
प्रदेश सचिवको गुणात्मक मुल्यांकन ५.००%

आर्थिक वर्ष २०७९/८० को समिक्षा कार्यक्रममा प्रदेश मातहतका ९ वटा अस्पतालहरुको समेत मुल्यांकन गरिएको छ । मूल्यांकनको क्रममा जिल्ला अस्पताल अछाम ले प्रथम स्थान, जिल्ला अस्पताल बैतडी दोश्रो तथा जिल्ला अस्पताल बझांगले त्रितिय स्थान हासिल गरेका छन् ।

अस्पतालको मुल्यांकनको मापदण्ड यस प्रकार रहेको छ ।

अस्पताल मुल्यांकनको मापदण्ड :
मुल्यांकनका आधारहरु अंकभार (१००)
न्युनतम सेवा मापदण्ड(MSS Score) ६०.००%
Hospital Indicators १०.००%
बेरुजु प्रतिशत आ.व. २०७८/७९ ७.५०%
वार्षिक प्रतिवेदन (आ.व. २०७९/८० को Soft copy evaluation) ५.००%
आ.व. २०७९/८० को वित्तीय प्रगति ७.५०%
स्वास्थ्य निर्देशकको गुणात्मक मुल्यांकन ५.००%
प्रदेश सचिवको गुणात्मक मुल्यांकन ५.००%

आयुर्बेद तर्फ पनि जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुला प्रथम, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बझांग दोश्रो, तथा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र डोटीले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् ।

आयुर्बेद स्वास्थ्य केन्द्रहरुको मुल्यांकनको मापदण्ड यस प्रकार रहेको छ ।

आयुर्बेद स्वास्थ्य केन्द्र मूल्यांकनको मापदण्ड :
मुल्यांकनका आधारहरु अंकभार (१००)
मुख्य आयुर्वेद स्वास्थ्य सूचकहरु ६०.००%
बेरुजु प्रतिशत आ.व. २०७८/७९ ७.५%
वार्षिक प्रतिवेदन (आ.व. २०७९/८० को Soft copy evaluation) १०.००%
आ.व. २०७९/८० को वित्तीय प्रगति ७.५%
दुर्गमता (प्रदेश सरकारको भौगोलिक बिभाजनका आधारमा) ५.००%
स्वास्थ्य निर्देशकको गुणात्मक मुल्यांकन ५.००%
प्रदेश सचिवको गुणात्मक मुल्यांकन ५.००%

प्रदेश अन्तर्गत ९ वटा जिल्ला मा ८८ वटा स्थानीय तह रहेका छन् हरेक जिल्ला बाट एक एक उत्कृष्ट स्थानीय तह समेत छनौट गरि सम्मान गरिएको छ । प्रमुख जनस्वास्थ्य सूचकहरुको आधारमा सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयहरुको सिफारिसमा उत्कृष्ट स्थानीय तह छनौट गरि मुल्यांकन गरिएको कुरा स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका उत्कृस्ट स्थानीय तहहरु :
क्र स जिल्ला उत्कृष्ट स्थानीय तह
१ अछाम पन्चदेवल विनायक नगरपालिका
२ बाजुरा गौमुल गाउँ पालिका
३ बझांग छबिस पाथिभारा गापा
४ डोटी जोरायल गाउँ पालिका
५ बैतडी पाटन नगरपालिका
६ डडेल्धुरा परशुराम नगरपालिका
७ दार्चुला महाकाली नगरपालिका
८ कैलाली गौरिगंगा नगरपालिका
९ कंचनपुर लालझाडी गाउँ पालिका

यसरि बिभिन्न निकायलाइ सम्मान सहित स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको वार्षिक समिक्षाकार्यक्रम सम्पन्न भएको भएको छ । समापन कार्यक्रममा सामाजिक बिकास मन्त्रि माननीय झपट बहादुर साउदले प्रदेशमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लागि बिशेष किसिमको ब्यबस्था गरेर समेत प्रदेशको स्वास्थ्य सेवा प्रवाह र आम मानिसको स्वास्थ्य स्तर सुधारमा कुनै कसर वाकी नराख्ने कुरा बताउनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.jagadish JoshiSudurpashchim Province
SummarizeShare244ScanTweet147

Related articles

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.