सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ ।
पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिममा निःशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताउनु भयो। उनले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्री वितरण भइरहेको बताए ।
जोशीले प्रदेश सरकारले खोप खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको र अहिले दुई–तीन महिनायता त्यही खोपले सहजता भएको बताउनुभयो ।
त्यस्तैगरी, प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने उक्त खोप आपूर्ति हुन नसकेको र अझै केही समय लाग्ने पत्रमा उल्लेख गरेको छ।
त्यस्तैगरि गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले खोप व्यवस्थापन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई आग्रह गरेको छ






