काठमाडौं, ०९ चैत २०७८
हरेक वर्ष विश्व दृष्टि दिवस २३ मार्चमा मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल अप्टोमेट्री विद्यार्थी सोसाइटी संघको संयुक्त आयोजनामा बिपी कोइराला नेत्र अध्ययन केन्द्र महाराजगञ्जको प्राङ्गणमा विभिन्न कार्यक्रम मनाएको नेपाल दृष्टि विशेषज्ञ संघका पूर्व अध्यक्ष एवं बि अप्टोमेट्रि कार्यक्रमका संयोजक उप प्रध्यापक सञ्जिव कुमार मिश्रले जानकारी दिनुभयो।
मिश्रका अनुसार दृष्टि विशेषज्ञको मुख्य विशेषता भनेको आँखा परिक्षण गर्नुका साथसाथै उपचार गर्नु, दृष्टि दोष, अल्छि आखाँ, न्यून दृष्टिको जाँच उपचार गर्नु र कन्ट्याक्ट लेन्सको जाँच गर्नुलाई बुझिन्छ।
कार्यक्रममा सय भन्दा बढी बिरामीलाई अल्छी आँखा, दृष्टि दोष र न्यून दृष्टि सम्बन्धि अलग अलग जनचेतनामुलक कार्यक्रम गरेर परामर्श दिएको वरिष्ठ दृष्टि विशेषज्ञ मिश्रले जानकारी दिनुभयो।
यस वर्षको विश्व दृष्टि विशेषज्ञ दिवसको नारा समग्र आँखा उपचारको लागि दृष्टि विशेषज्ञ (Optometrist For Comprehensive eye Care) हो।