Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाली औषधिको गुणस्तर अन्य देशभन्दा राम्रो: उपाध्यक्ष बराल

Nam Raj Bhatta by Nam Raj Bhatta
February 22, 2024
in News
Reading Time: 1 min read
A A
0
नेपाली औषधिको गुणस्तर अन्य देशभन्दा राम्रो: उपाध्यक्ष बराल
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १० फागुन २०८०

नेपालमा उत्पादित औषधीको अन्तर्राष्ट्रिय बजारीकरण र विदेशका उद्योगमा हुँदै आएका नयाँ औषधी उत्पादन, परीक्षण, बजार माग आदिबारे जानकारी दिन नेपाल औषधी उत्पादक संघले आगामी फागुन २५ देखि २७ सम्म फर्मा एक्स्पो आयोजना गर्दै छ । एक्स्पोमा आधारित रहेर संघका उपाध्यक्ष सन्तोष बरालसँग गरिएको कुराकानी:

  1. फर्मा एक्स्पोले औषधी उद्योगको विकासमा कस्तो टेवा पुग्ने ठान्नुहुन्छ ?

नेपाल औषधी उत्पादक संघले आयोजना गर्न लागेको यो नवौं संस्करणको एक्स्पो हो । एक्स्पो प्रत्येक २–२ वर्षमा हुने गरेको छ । विगतमा नेपालमा पनि औषधी उत्पादन हुन्छ र भन्ने प्रश्न गरिन्थ्यो । त्यसको जवाफ दिन पनि फर्मा एक्स्पो जरूरी थियो । नेपाली औषधी उद्योगबाट उत्पादित औषधी कस्तो बनेका छन् भन्ने पनि चासोको विषय हो । यसका लागि कस्ता मेसिन प्रयोग गरिन्छ, कस्ता कच्चा पदार्थ प्रयोग हुन्छन्, ल्याब उपकरण कस्तो प्रयोग गरिएका छन् ? भन्ने विषयमा जनमानस र सरकारमा बसेका सरोकारवाला पदाधिकारीलाई जानकारी दिने प्रमुख उद्देश्यले फर्मा एक्स्पो सुरूवात गरिएको हो ।

हामीले कस्तो सूचना प्रवाह गर्दैछौं ?

यसपालीको एक्स्पोमा विशेषता भनेको जाम्बियाबाट स्वास्थ्य सचिव, औषधी व्यवस्था विभागका डिजीसहित चार जनाको टोली आउने सूचना पाएका छौं । उनीहरुले ‘नेपाल मेड’ औषधी अन्तर्राष्ट्रिय गुणस्तरका भएकाले आफ्नो देशमा आयात गर्ने अनुमतिका लागि एक्स्पो ‘भिजिट’ गर्न लागेका छन् । उक्त टोलीले नेपालका ४ वटा उद्योग भ्रमण गर्ने तयारी भइरहेको छ । यसैगरी भारत र चीनबाट प्राविधिक टोली आउँदैछन् । हामीकहाँ पनि अन्तर्राष्ट्रिय गुणस्तरका औषधी उत्पादन भइसकेका र बेच्न तयार भएको सूचना प्रवाह गर्नेछौं ।

आयात रोक्न कत्तिको सफल भएका छौं नि ?

नेपालमा औषधी उद्योगको इतिहास ३५ वर्ष बढी भइसकेको छ । यो अवधिमा नेपाली औषधी उद्योगले फड्को मारेका छन् । नेपालमा उत्पादन हुने मोलिक्युलको बजार हिस्सा ७०–७५ प्रतिशत पुर्याइसकेका छौं । यो सरकारको कुनै नीति–नियम र कानुनले गरेको होइन । नेपाली उद्योगीले बजार रणनीति अपनाएर धेरै आयातलाई विस्थापन गर्न सफल भएका हुन् । सुरुमा उत्पादक उद्योगीले धेरै दु:ख बेहोरे । अहिले डाक्टर, पारामेडिक्सलगायत स्वास्थ्यकर्मीले नेपाली औषधीलाई प्राथमिकता दिएर माया गरेकाले नै गुणस्तरमा हजार गुणा फड्को मार्न सफल छौं । आजको मितिमा नेपाली उत्पादनमा कुनै प्रश्न उठाउन पर्दैन । कहिलेकाहीँ बजारमा २–३ प्रतिशत औषधीको समस्या आउन सक्छ । यो विश्व स्वास्थ्य संगठनले पनि स्वीकारेको छ । ती ब्याचका उत्पादन बजारबाट फिर्ता लिने गरिएको छ ।

नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारसँग कत्तिको प्रतिस्पर्धी छन् ?

कतिपय औषधी भारतमा भन्दा नेपालमै सस्तोमा बनाउँछौं । सस्तोमा बजारीकरण गर्छौं । त्यहाँको भन्दा धेरै गुणस्तरीय छन् । हामीले उत्पादन गर्ने औषधीमध्ये १० प्रतिशत संसारको सबैभन्दा सस्तो र गुणस्तरीय रहेका छन् ।
नेपालमा औषधी आयात गर्ने आयातकर्ताहरूले भारतको भन्दा सस्तोमा बेच्नुपर्छ भनेर किनिरहेका छैनन् । ‘लार्ज भलुम प्यारेन्टेरल स्लाइन’का बोटल पनि आयात गर्न कम भएको छ । पारासिटामल र ओआरएस पुनर्जलीय झोलजस्ता वस्तु आयात नै बन्द गरिसकेका छन् । कतिपय ट्याबलेट, भिटामिन, मल्हमको पनि त्यस्तै अवस्था छ ।

‘पोलिटिकल स्टन्टबाजी’को प्रमुख उदाहरण हो, औषधी उद्योग । जनता शब्द प्रयोग गरेर र ‘स्टन्ट’ सिर्जना गरेर सस्तो भन्ने नाममा राजनीति गर्ने केही व्यक्ति, राजनीतिक दल र उनीहरुसँग नजिक भएका र कर्मचारीको मिलेमतोेमा औषधी उद्योग सिध्याउन ठूलो खेल खेलिरहेका छन् । उनीहरुले औषधीबारे बुझ्दा पनि बुझ्दैनन् । कर्मचारीहरु बुझेर पनि बुझ्न चाहँदैनन् । राजनीतिक नेतृत्वले बुझे पनि बुझ पचाउने काम भइरहेको छ ‘मैले जनतालाई धेरै गरें’ भन्ने नाममा । मुलुकमा सरकार स्थिर छैन ।

औषधी उद्योग कत्तिको नाफामुखी छन् ?

अहिलेको स्थिति निकै नाजुक छ । नेपाली औषधी उद्योगमा समस्या छन् । केही औषधी उद्योग बन्द हुन लागेको अप्रत्यक्ष जानकारीमा आएको छ । करिब ८–१० वटा उद्योग बन्द भइसकेका छन् । यो स्थिति आउनुमा प्रमुख कारण सरकारको गैरजीम्मेवारी, राष्ट्र बैंकको अव्यवहारिक व्याज नीति, राजनीतिक नेतृत्वको स्टन्टबाजी र केही कर्मचारीको लापर्बाही हो । यसमा ८० प्रतिशतभन्दा बढी दोषी सरकार नै हो । अर्को प्रमुख कारणमा इन्स्योरेन्स पोलिसी पनि हो । इन्स्योरेन्स कम्पनीले सरकारसँग होलसेल मूल्यमा पैसा लिने र उत्पादक कम्पनीसँग सस्तोमा औषधी लिएर जनतालाई झुक्याउने काम भइरहेको छ । उद्योगीले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभागलगायतका जिम्मेवारी निकायलाई झकझक्याइरहेका छन् । तर, उनीहरु कानमा तेल हालेर बसेको अवस्था छ ।

अर्थतन्त्रमा औषधी उद्योगको योगदान कति छ ?

आजको मितिमा १ रुपैयाँ लिएर आएर ३ रुपैयाँमा बेच्दा हुने भ्यालु एडिसन (अतिरिक्त मूल्य) को सम्पूर्ण नाफा सरकारले मात्रै खाएको छ । तर त्यही सरकार औषधी उद्योगलाई सकाउन लागिरहेको छ ।

उद्योगमैत्री वातावरण अभावले औषधी कम्पनीहरु घाटा गइरहेको अवस्थामा नयाँ कम्पनी खोल्न दिनुको कारण के हो ?

राज्यको अनुगमन र मूल्यांकनबिना नयाँ खोल्न उद्योग खोल्ने स्वीकृति दिँदै जाने प्रवृत्तिले आर्थिक भार बढ्दै जान्छ । एउटै कच्चा पदार्थ प्रयोग गर्ने १० भन्दा बढी कम्पनिलाई लाइसेन्स नदिएको भए यो स्थिति आउँदैनथ्यो । यो कुरा सरकारले बुझ्नुपर्ने थियो । संघले यस विषयमा  आवाज उठाउदै आइरहेको छ।

Tags: Nepal pharma Expo 2024Santosh baral
SummarizeShare236ScanTweet147

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.