Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चितवनमा नेपाल फर्मा एक्स्पोको राष्ट्रपतिबाट उद्घाटन

Nam Raj Bhatta by Nam Raj Bhatta
April 22, 2022
in News
Reading Time: 1 min read
A A
0
चितवनमा नेपाल फर्मा एक्स्पोको राष्ट्रपतिबाट उद्घाटन
595
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन, ९ बैशाख २०७९

चितवनमा औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको छ।

नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा एक्स्पो सुरु भएको हो। प्रदर्शनीको उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले औसधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको बताउनुभयो । धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो। औषधि उत्पादनका छेत्रमा लगानी बढाउनुपर्छ। बढ्दो प्रदुषणले स्वास्थ्यमा समस्या ल्याएको छ। अर्थतन्त्र संग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै राष्ट्रिय अर्थतन्त्रमै ठुलो सहयोग पुर्याउने बताउनुभयो । उहाँले औषधि उद्योग क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताउनुभयो । राष्ट्रपतिले औषधिको आयातलाई रोकि अब निर्यात समेत हुनुपर्ने बताउनुभयो।

नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वल जङ्ग पाण्डेले नेपालमा पनि औसधि उत्पादन हुन्छ र भन्ने अवस्थाबाट अहिले एक सय भन्दा बढी औषधि उधोग हरु संचालित रहेका बताउनुभयो । स्वागतका क्रममा उहाँले नेपाली औसधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने बताउनुभयो। उहाँले कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको बताउनुभयो ।

Pharma expo second

एपोनका पुर्व अध्यक्ष दिपक प्रसाद दाहालले औषधिमा आत्मनिर्भर हुन चाहेको बताउनुभयो । २०२७ सालबाट रेबिजको भ्याक्सिन बनाउन थालिएको हो। २०३६ सालमा औसधि बनाउन सुरु भयो र २०७२ सालबाट उधोगले औषधि उत्पादन गर्छन् । बाँकी ३२ कम्पनी बजारमा औषधि उत्पादन गर्ने क्रममा रहेका छन् । भारतले धेरै सस्तोमा औसधि बनाउँछ। सरकारी स्तरमा औसधि अनुसन्धान गर्ने गरेका छन् । भारतले २२ खर्बको औषधि निर्यात गर्छन् । औषधि उधोगमा सरकारले धेरै सहयोग गरेको छ। बङ्गलादेशमा पनि औषधिको क्षेत्रमा ठुलो उपलब्धि गरेको छ। बाङ्गलादेशले १२० देशमा निर्यात गरिरहेको छ। अहिलेसम्म औषधि सल्लाहकार समितिको बैठक बस्न सकेको छैन।

नेपालमा प्रतिस्पर्धा धेरै रहेको छ। अझैपनि ८० प्रतिशत आत्मनिर्भर हुन सकिन्छ। भारतले ८ प्रतिशत उत्पादन बढायो भने नेपाललाई निशुल्क दिन सक्छ। यो हाम्रो लागि गम्भीर बिषय हो।

Pharma expo frist

अहिले नेपाली उधोगका सेनिटाइजर बिक्दैन, भारत बाट आएको मात्र बिक्रीवितरण भइरहेको छ। तीन वर्षमा औसधिमा आत्मनिर्भर हुन सक्छौ तर सरकारले सहुलियत दिनुपर्छ।

एपोनका निवर्तमान अध्यक्ष जि नारायण छेत्रीले नेपालमा पनि औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । उहाँले औसधि आत्मनिर्भरको लागि धेरै लबिङ गरेको भएपनी सफल हुन नसकेको बताउनुभयो । कोरोना कालमा भारतले औषधि निर्यातमा विरोध गरेको भन्दै त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको बताउनुभयो। नेपाली औषधि पनि अन्तराष्ट्रिय स्तरको रहेको बताउनुभयो।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औसधि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । डा. कार्कीले औषधि ब्यबस्थापन बिभागले औषधि क्षेत्रमा सहजताका लागी काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग ब्यबसाय क्षेत्रमा ठुलो घाटा ब्यहोरेको बताउनुभयो। औषधि उधोगमा पनि प्रगति हुँदै गएको उहाँको भनाइ छ। कोरोनाले उत्पादनमा बढाउनुपर्छ भन्ने कुरा सिकाएको छ। नेपालमा औषधिको बजार १८ देखि २० प्रतिशतले बढेको छ। औषधि ऐन २०३५ संसोधन गर्नुपर्ने उहाँको भनाइ छ। प्रदर्शनीलाई खरिद बिक्रीको लागि मात्र नभै नीति निर्माणमा पनि फलदायी हुने बताउनुभयो। उहाँले उधोगमैत्री नितिनियम सरकारले बनाउनुपर्ने बताउनुभयो।

received 1051482759059527

फर्मा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिनुभयो । संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको बताउनुभयो ।

एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने छन् । उहाँले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने बताउनुभयो ।

बरालले औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताउनुभयो ।

Tags: #ChitwanAPPONCorona Virus #Covid19Dr.Lochan karkiNepal medicine companyNepal Pharma Expo - 2022Nepal pharmaceutical AssociationPrajwaljang pandeySantos baral
SummarizeShare239ScanTweet149

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.