काठमाडौंमा नवौं संस्करणको नेपाल मेडिकल सो २०२६ सुरु भएको छ ।
काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको एक्स्पोको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका छन् ।
नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन (केमसान) को आयोजनामा भएको एक्स्पोमा नेपाल र विदेशका गरि २ सयभन्दा मेडिकल उपकरण तथा सामग्री व्यवसायीले स्टल राखेका छन् ।
एक्स्पो मार्फत विश्वबजारमा उत्पादन भएको नयाँ नयाँ प्रविधिलाई नेपालमा ल्याएर प्रवद्दन गर्ने उद्देश्य राखिएको केमसनका अध्यक्ष भक्त हमालले जानकारी दिनुभयो।
वैशाख १७ देखि १९ गते अर्थात ३ दिनसम्म चल्ने एक्स्पोमा मेडिकल प्रविधिहरुको प्रयोग गर्ने चिकित्सक तथा अस्पतालहरुलाई एकै ठाउँमा विश्व बजारमा उत्पादन भएका नयाँ प्रविधिहरुका बारेमा जानकारी गराउने लक्ष्य राखिएको हमालले बताए।






