Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth

डोटी जिल्ला अन्तर्गत कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्टहरुलाई ६ दिने मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 2, 2021
in News, Research & Study
Reading Time: 1 min read
A A
6
मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डोटी , १८ पौष २०७७

स्वास्थ्य कार्यालय डोटीको आयोजना र स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्र महाशाखा टेकु काठमाडौंको आर्थिक तथा प्राबिधिक सहयोगमा डोटी जिल्ला अन्तर्गत कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्टहरुलाई ६ दिने मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरेर डोटी जिल्लाको सबै स्थानीय तह सम्म मानसिक स्वास्थ्य सेवा बिस्तार गरेको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको स्वास्थ्यको परिभाषामा हरेक मानिसको शारीरिक , मानसिक , सामाजिक , सम्बेगात्मक र अध्यात्मिक स्वास्थ्य असल भयो भने मात्र मानिसलाई स्वस्थ भन्न सकिन्छ । त्यसै गरि रोग र दुर्वलत़ा पनि हुनु हुदैन । मानिस स्वस्थ हुनका लागि आवश्यक पर्ने यी सबै पक्ष हरु स्वस्थ र तन्दुरुस्त राख्नको लागि व्यक्ति स्वयमले पनि प्रयास गर्नुपर्ने , सरकारी स्वास्थ्य सेवाले पनि यो सबै पक्षलाई समेटेर मानिसहरुलाई स्वास्थ्य राख्नमा बिशेष योगदान दिनु पर्ने हुन्छ तथापि बिगत समयमा व्यक्तिको शारीरिक पक्षलाई मात्र ध्यान दिएर स्वास्थ्य सेवा दिने गरिएको थियो । शारीरिक पक्ष बाहेक अन्य पक्षलाई ध्यान दिन नसकेको अवस्थाले गर्दा समाजमा मानसिक रोगको प्रभाव बढ्दै गएको कुरा बिभिन्न अध्ययनले देखाएको छ । समाजमा बढ्दै गएको मानसिक समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले मानसिक स्वास्थ्य सेवाको ६ दिने आधारभूत तालिमको प्याकेज बनाएर हरेक पालिका र पालिका अन्तर्गत कार्यरत चिकित्सक र हेल्थ असिस्टेन्ट हरुलाई तालिम दिंदै आएको छ । सोहि क्रममा डोटी जिल्ला अन्तर्गतका ९ वटा पालिकामा कार्यरत ७ जना चिकित्सक सहित कुल २३ जना स्वास्थ्य कर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम दिइएको स्वास्थ्य कार्यालय डोटीमा कार्यरत परिवार नियोजन निरीक्षक सुर्य बिष्टले जानकारी दिनु भएको छ ।

सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यू आफ्नो सम्बोधन राख्दै
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यू आफ्नो सम्बोधन राख्दै

मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिममा इपिडेमीयोलोजी तथा रोग नियन्त्र महाशाखा टेकु काठमाडौंका नसर्ने रोग तथा मानसिक रोग शाखा प्रमुख डा. फणिन्द्र बराल , बरिष्ठ मानसिक रोग विशेषज्ञ डा बासुदेव कार्की , बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. दिनेश गिरीले प्रशिक्षण दिएका थिए ।

मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम समापन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्युले अहिले बिश्वब्यापी रुपमा मानसिक रोगीको संख्या बढ्दै गएको , नेपाल लगायत सुदूरपश्चिम प्रदेशमा पनि यसको समस्या वृद्धि हुदै गएकोले डोटी जिल्लामा संचालन भएको यस प्रकारको तालिमले केहि हद सम्म भए पनि मानसिक रोगको समस्या न्युनिकरणमा सहयोग पुग्ने , मानसिक रोगको उपचारको लागि प्रदेश मार्फत हरेक स्थानीय तह सम्म बिभिन्न ०८ प्रकारको औषधि उपलब्ध गराइने र तालिम प्राप्त स्वास्थ्यकर्मीले आवश्यकतानुसार उक्त औषधिको प्रयोग गर्नु पर्ने समापन मन्तब्य मा उल्लेख गर्नु भएको छ । साथै उँहाले तालिमका सबै सहभागीहरुलाई स्वास्थ्य संस्थाबाट सम्पादन गर्नु पर्ने काम र क्रियाकलापहरु समयमै सम्पन्न गर्नुपर्ने , अभिलेख राख्नु र्ने र प्रतिबेदन निर्धारित समय भित्र नै सम्बन्धित प्रतिबेदन प्रणाली भित्र प्रविष्टि गरि सक्नु पर्ने तथा आफु सदैब सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय र नमुना स्वास्थ्य सेवा बनाउने अभियानमा लागि परेको हुनाले सो अभियानमा सबैले आ -आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नु पर्ने र सबै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले आफुलाई तोकिएको जिम्मेवारी ठिक समयमा सम्पादन गर्नु पर्नेमा जोड दिनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19DipayalDr.Basu Dev karkiDr.Dinesh giriDr.gun Raj awsthiDr.Phadindra baralMental HealthSurya Bista
SummarizeShare236ScanTweet147

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन

by Nam Raj Bhatta
July 31, 2026
0

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन प्राप्त भएको छ। अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन  भएसँगै अस्पतालमा क्यान्सर निदान तथा उपचार सेवाको गुणस्तर थप सुदृढ हुने अपेक्षा गरिएको छ। यो उच्चस्तरीय...

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा

by Nam Raj Bhatta
July 31, 2026
0

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले सहकार्यमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ को तयारी पूरा भएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि...

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र

by Nam Raj Bhatta
July 31, 2026
0

✍️ राम प्रसाद ओझा नेपालका स्वास्थ्य प्रयोगशालाहरूमा प्रादेशिक तहबाट बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम(PEQAS) सञ्चालन गर्नु भरपर्दो परीक्षण सुनिश्चित गर्न, विकेन्द्रित सेवा सुधार गर्न र गुणस्तरको दायरा फराकिलो बनाउनकालागि...

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

by Nam Raj Bhatta
July 30, 2026
0

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। डा. प्याकुरेलले नियुक्तिपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    836 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन
  • सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शोको तयारी पूरा
  • नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम (PEQAS): आवश्यकता, चुनौती र भावी मार्गचित्र
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  • इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.