मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्स चीन प्रस्थान गर्दै

काठमाडौं :

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज चिनको ग्वान्जाओ जाने भएको छ। दिँउसो १२:३० मा जहाज त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ।

परराष्ट्र मन्त्रालयको सहयोगमा भारत, बंगलादेश‚ म्यानमार र चीनको अनुमतिमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको गोन्जाओ लैजान लागिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

उक्त जहाजमा कोरोना परीक्षणका लागि आवश्यक मेडिकल सामान ल्याइने छ।

जहाज शनिबार नै रातको १०:३० मा नेपाल फर्किने छ। विमानमा चालक दलका सदस्य मात्रै हुनेछन्।

Next Post
ADVERTISEMENT