कञ्चनपुर, २३ चैत्र २०७९
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत रहेको महाकाली प्रादेशिक अस्पतालले ठूलो संख्यामा चिकित्सक माग गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको यस अस्पतालमा करार सेवामा नियुक्तिका लागि विशेष, चिकित्सक, मेडिकल अधिकृत तथा डेन्टल सर्जनका लागि आवेदन खुलाएको छ ।
नवौँ तहमा गाइनोकोलोजिष्ट २ जना माग गरिएको छ । पेडियाट्रिसियन, रेडियोलोजिस्ट, अर्थोपेडिक सर्जन, मेडिकल जनरलिष्ट, जनरल फिजिसियन इएनटी सर्जन डर्माटोलोजिष्ट र साइक्याट्रिष्ट १–१ जना माग गरिएको छ।
आठौँ तहमा मेडिकल अधिकृत १ र डेन्टल सर्जन १ जना माग गरिएको छ । योग्यता पुगेका इच्छुकलाई चैत २६ गते कार्यालय समयसम्म आवेदन दिन आह्वान गरिएको छ ।