कञ्चनपुर, १० फागुन २०७७
प्रधानमन्त्री के पी शर्मा ओली ज्यू को कञ्चनपुर छेला औधौगीक क्षेत्रको सिलान्यास कार्यक्रमका लागि महाकाली अस्पतालले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सहीत भेन्टिलेटर सहीतकाे एम्बुलेन्स सेवा सो क्षेत्रमा खटाएको थियो ।

सुदूरपश्चिम प्रदेश मै पहिलो पटक महाकाली अस्पतालले एम्बुलेन्स सहितको भेन्टिलेटर सेवा नियमित रूपले प्रदान गर्ने कुरा शनिबार बसेको अस्पताल विकास समितिको बैठकबाट पारित भइसकेको छ । त्यसका लागि के कति शुल्क तोक्ने भन्ने बाँकी रहेको अस्पतालका कन्सल्ट्यान्ट एनेस्थसियोलोजिस्ट
ICU तथा एनेस्थेसिया विभाग प्रमुख
डा. बिरेन्द्र सिंह बुडालले जानकारी दिनुभयो।
डा. बुडालका अनुसार यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवाले गम्भिर समस्या भएका विरामीहरुलाई यस अस्पतालमा उपचार सम्भव न भएको खण्डमा अन्यत्र ठूलो अस्पतालमा रेफर गर्नका निम्ति प्रयोगमा ल्याइनेछ ।





