सरकारले हात्तीपाइले रोग बिरुद्धको औषधी अगामी फागुन २८ देखि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ ।
टेकुमा स्वास्थ्य पत्रकार सँग अन्तरक्रिया कार्यक्रम गरेर हात्तीपाइले रोग विरुद्धको औषधी किन खुवाइन्छ, कस्तो औषधि सेवन गर्नुपर्छ र यसबाट मुक्त हुन के गर्ने जस्ता विषयमा छलफल गर्नुभएको थियो।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले १० जिल्लाका ११४ स्थानीय तहमा ६२ लाख ६३ हजार नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्ने बताउनुभयो।
डा. दासका अनुसार हात्तीपाइले रोगविरुद्धको औषधि
मोरङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङ लगायत १० जिल्लामा खुवाउने कार्यक्रम रहेको छ।
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। जस्तै हात्तीपाइले र अण्डकोष सुन्निने हुन्छन्। यस्ता समस्याहरु एकपटक देखिसकेपछि निको पार्न सकिँदैन। हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधी सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ।
Hatti-paele
हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिन सम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु र सिकिस्त बिरामीहरुले यो औषधी सेवन गर्नुहुँदैन।
सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका विरामीहरु अस्पताल भर्ना भएका विरामीहरु र त्यस्ता बिरामीहरूको जीवनभर चिकित्सीय उपचार सहायतामा बसेका हुन्छन् जस्तै मृगौला रोगको लागि डायलासिस आदि।
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानका लागि ४ हजार ७ सय स्वास्थ्यकर्मी र ८ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ ।
नेपालका ६३ जिल्लाबाट सुरु गरिएको अभियान ५३ जिल्लामा बन्द गरिसकेको छ तर यही १० जिल्लाका औषधि खानयोग्य सबैले नखाई दिनाले र हरेक दुई दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत ती जिल्लाका बासिन्दामा रोगको दर नघटेको पाइएकोले यी जिल्लाहरुमा पटक-पटक औषधि खान परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १२ लाख, प्रदेश स्वास्थ्य निर्देशनालयले ८१लाख ९ हजार र १० जिल्लाका ११४ स्थानीय तह पालिकाको लागि १२ करोड बजेट विनियोजन गरेको छ।
पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...
नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...