Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी

Nam Raj Bhatta by Nam Raj Bhatta
July 18, 2023
in News
Reading Time: 1 min read
A A
0
मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मनाङ, ०२ श्रावण २०८०

नेपालका गाईभैँसीमा देखिएको लम्पी स्किन (छालामा हुने गिर्खे रोग) को महामारी अहिले तीव्र रूपमा फैलिरहेको छ ।

७६ जिल्लामा देखीएको यस रोगको संक्रमण हिमाली जिल्ला मनाङमा समेत देखा परेपछि अहिले यो रोग हिमाली जिल्ला मनाङमा पुगेको छ।‌

मनाङका गोरुमा समेत लम्पी स्किन रोग देखा परेको हो । मनाङको चामे गाउँपालिका–२, थानचोकमा पालिएका गोरुहरुमा लम्पी स्किनको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।

केन्द्रका अनुसार गोरुमा १ सय ४ डिग्रीको ज्वरो आउने र छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको छ । बिरामी गोरुले घाँस खान समेत समस्या हुने गरेको पशु चिकित्सकहरु बताउँछन् ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि उपचार गर्न जाँदा गोरुहरुमा लम्पी स्किन रोगको लक्षण देखिएको केन्द्रका पशु चिकित्सक नारायण कुसुमले बताए । उनका अनुसार गोरुमा लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ । यसअघि मनाङ जिल्लामा लम्पी स्किन रोग देखा परेको थिएन ।

मनाङमा २ हजार डोज लम्पी स्किन रोग विरुद्धको खोप ल्याएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । लक्षण देखा परेसँगै गाई गोरुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बिशेष गरी चामे गाउँपालिका र नासोँ गाउँपालिकामा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने काम भैरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका तथ्याङ्क अनुसार मनाङमा गाईगोरु मात्रै १ हजार ५ सय बढी छन् ।

गण्डकीले छुट्यायो १६ करोड बजेट

गण्डकी प्रदेश सरकारले पशुमा देखिएको लम्पी स्किन डिजिज रोगको खोपको लागि बजेट विनियोजन गरेको छ । शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उक्त रोगको पुर्ण खोप कार्यक्रमको लागि १६ करोड ३५ लाख बजेट विनियोजना गरेको प्रदेशको आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बताए ।

‘लम्पी स्किन डिजिज लगायत विभिन्न समयमा पशुमा आउन सक्ने महामारीजन्य रोगको रोकथामका लागि प्रदेशका सबै स्थानीय तहमा पशुको पूर्णखोप कार्यक्रम सञ्चालनका लागि १६ करोड ३५ लाख बजेट विनियोजन गरेको छु,’ आर्थिक मामिलामन्त्री आलेले भने ।

यो महामारी नै हो त ?

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले अनुसार प्रभावित हुनेमा हिमाल, पहाड र तराई सबैतिरका जिल्ला रहेका छन् । ‘थोरै समयमा यति ठूलो क्षेत्रमा फैलिनु भनेको यो महामारी नै हो,’ विभागका सूचना अधिकारी समेत रहेका ढकालले थपे ।

लम्पी स्किन रोगका कारण मर्नेमा प्रायः गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी छन् । उनले लम्पी स्किन रोगले अहिले पारेको असरलाई कम ठान्न नहुने भन्दै सचेत रहन समेत भने ।

उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसलाई गम्भीर रूपमै लिनुपर्ने बताए ।

Tags: Corona Virus #Covid19Lumpy skin disease
SummarizeShare236ScanTweet146

Related articles

चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
April 29, 2026
0

काठमाडौं महानगरपालिका वडा नं. ७, लामपोखरीस्थित माता पिता सेवा सदनमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सामुदायिक प्रहरी...

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

by Nam Raj Bhatta
April 27, 2026
0

नेपालका औषधि प्रतिनिधिहरुको गौरबशाली संगठन, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९ औँ केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको अधिवेशनबाट निरज पन्त अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका...

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

by Nam Raj Bhatta
April 26, 2026
0

नेपाल औषधि आयातकर्ता संघद्वारा “नियामकीय समस्या, चुनौती तथा सम्भावना” विषयक एक दिने महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा औषधि आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको...

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै

by Nam Raj Bhatta
April 26, 2026
0

 ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण मानिएको यो प्रदर्शनी...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    690 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    677 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल
  • ‘नवौं मेडिकल एण्ड ल्याब एक्स्पो’ वैशाख १७ देखि हुँदै
  • नर्भिक अस्पतालले अबदेखि शनिबार पनि ओपीडी सेवा दिने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.