Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राजधानी बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण #Livertransplantation

Nam Raj Bhatta by Nam Raj Bhatta
March 25, 2021
in News
Reading Time: 1 min read
A A
2
राजधानी बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण #Livertransplantation
621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

चितवन , १२ चैत्र २०७७

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार कलेजका विशेषज्ञ चिकित्सक र नर्सको ठूलो टिमले कलेजो सफल प्रत्यारोपण गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. १० घरभई हाल काठमाडौं बस्दै आउनुभएकी ५४ बर्षकी धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको कलेजका प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिनुभयो । धनकुमारीलाई उहाँकी ३४ बर्षिय छोरी उषा तामाङले प्रत्यारोपणका लागि कलेजो दिनुभएको हो ।

कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सकहरु सर्जन डा.सञ्जय यादव, डा.एकानन्द सिंह, डा.प्रविन जोशी, डा.जयन्त कुमार शाह, डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, हेपाटोलोजिष्ट डा.सागर पौडेल, डा.बरुण श्रेष्ठ, रडियोलोजिष्ट डा.विज्ञान पौडेल, नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा खटिनु भएको थियो । उहाँहरु संगै एपोलो अस्पताल नयाँ दिल्लीका डा.निरभ गोयल, डा.अरुणकुमार र डा.सञ्जिव अनिजा पनि प्रत्यारोपणमा सहभागी हुनुहन्थ्यो ।

विग्रिएको कलेजोलाई पुर्नजीवन दिन बिरामीलाई आफ्नो छोरीको शरिरमा असर नपर्नेगरी आवश्यक कलेजोको मात्र निकालेर प्रत्यारोपण गरिएको डा.सञ्जय यादवले बताउनुभयो । उहाँले १२ घण्टा लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । कलेजो प्रत्यारोपण गर्ने आमा र दान गर्ने छोरी दुवैको स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको अस्पतालले आज (बिहिवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

सीएमसीमा कलेजो प्रत्यारोपणमा सहभागी टिम
सीएमसीमा कलेजो प्रत्यारोपणमा सहभागी टिम

करिब एक वर्ष अघिदेखि काठमाडौंमा कलेजो सम्बन्धी नियमित जाँच गर्दै आउनुभएकी धनकुमारी लामाको क्रोनिक लिभर डिजिजका कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले काठमाडौंको बीर अस्पतालका डा.अजित खनालको सल्लाह अनुसार चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि आउनुभएको थियो ।

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरु उपलब्ध रहेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँले चितवनमै कलेजो प्रत्यारोपण सफल भएपछि महंगो शुल्क तिरेर विदेश जानुपर्ने बाध्यता अन्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा सहज रुपमा कलेजो प्रत्यारोपणका लागि सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका हुनुपर्ने बताउनुभयो । सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ । साथै हेपटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ । एक तथ्याङक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारणले विग्रने गर्छ । मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ ।

हाम्रो शरिरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने गर्दछ । त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तिमा पनि बर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन चिकित्सकको सुझाब छ ।

केही बर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विशेषज्ञ चिकित्सकबाट हुँदै आएको छ । कलेजमा दैनिक २० देखि ३० जना कलेजो सम्बन्धी विरामी उपचारका लागि आउने गरेको डा.सागर पौडेलले जानकारी दिनुभयो । उहाँले उपचारमा आउनेमध्य २० प्रतिशत विरामी प्रत्यारोपण गर्ने खालका हुने गरेको बताउनुभयो ।

वयष्क मानिसले बृद्ध, वयष्क र बालकलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपण १८ देखि ५० वर्षम्मका उमेर भएका मानिसले सजिले दान गर्न सक्छन । कलेजोमा बढि मात्रामा बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिन सक्छन । कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको दुई महिना भित्र नै यो विरामीको शरिरमा आफैं विकसित हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छन ।

Tags: Chitwan Medical collegeCorona Virus #Covid19Liver transplantation
SummarizeShare270ScanTweet146

Related articles

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

by Nam Raj Bhatta
July 16, 2026
0

साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पतालको आफ्नै भवन निर्माण सुरु गरेको छ। अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले भवनमा मात्र १ अर्ब लगानी र अत्याधुनिक प्रविधिसहितको सामानहरुका...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    832 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    675 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता
  • दोलखाको स्वास्थ्य सेवामा भरोसाको नाम: जिल्लाभर प्रभाव विस्तार गर्दै च्छो–रोल्पा अस्पताल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.