आज मिति : २०८२ मंसिर १९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

राजधानी बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण #Livertransplantation

Nam Raj Bhatta by Nam Raj Bhatta
March 25, 2021
in News
A A
2
राजधानी बाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण #Livertransplantation
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन , १२ चैत्र २०७७

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार कलेजका विशेषज्ञ चिकित्सक र नर्सको ठूलो टिमले कलेजो सफल प्रत्यारोपण गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. १० घरभई हाल काठमाडौं बस्दै आउनुभएकी ५४ बर्षकी धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको कलेजका प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिनुभयो । धनकुमारीलाई उहाँकी ३४ बर्षिय छोरी उषा तामाङले प्रत्यारोपणका लागि कलेजो दिनुभएको हो ।

कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सकहरु सर्जन डा.सञ्जय यादव, डा.एकानन्द सिंह, डा.प्रविन जोशी, डा.जयन्त कुमार शाह, डा.अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा.किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, हेपाटोलोजिष्ट डा.सागर पौडेल, डा.बरुण श्रेष्ठ, रडियोलोजिष्ट डा.विज्ञान पौडेल, नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा खटिनु भएको थियो । उहाँहरु संगै एपोलो अस्पताल नयाँ दिल्लीका डा.निरभ गोयल, डा.अरुणकुमार र डा.सञ्जिव अनिजा पनि प्रत्यारोपणमा सहभागी हुनुहन्थ्यो ।

विग्रिएको कलेजोलाई पुर्नजीवन दिन बिरामीलाई आफ्नो छोरीको शरिरमा असर नपर्नेगरी आवश्यक कलेजोको मात्र निकालेर प्रत्यारोपण गरिएको डा.सञ्जय यादवले बताउनुभयो । उहाँले १२ घण्टा लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । कलेजो प्रत्यारोपण गर्ने आमा र दान गर्ने छोरी दुवैको स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको अस्पतालले आज (बिहिवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

सीएमसीमा कलेजो प्रत्यारोपणमा सहभागी टिम
सीएमसीमा कलेजो प्रत्यारोपणमा सहभागी टिम

करिब एक वर्ष अघिदेखि काठमाडौंमा कलेजो सम्बन्धी नियमित जाँच गर्दै आउनुभएकी धनकुमारी लामाको क्रोनिक लिभर डिजिजका कारण कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले काठमाडौंको बीर अस्पतालका डा.अजित खनालको सल्लाह अनुसार चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि आउनुभएको थियो ।

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणका लागि ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरु उपलब्ध रहेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो । उहाँले चितवनमै कलेजो प्रत्यारोपण सफल भएपछि महंगो शुल्क तिरेर विदेश जानुपर्ने बाध्यता अन्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा सहज रुपमा कलेजो प्रत्यारोपणका लागि सहज कानुनी व्यवस्था र राज्यको अभिभावकीय भूमिका हुनुपर्ने बताउनुभयो । सामान्यतया कलेजो दूषित पानी र खानाबाट नै बिग्रन्छ । साथै हेपटाइटिस ‘बी’ र ‘सी’ जो रगतको माध्यमबाट पनि सर्दछ । एक तथ्याङक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारणले विग्रने गर्छ । मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो बिग्रने गर्दछ ।

हाम्रो शरिरमा ५० देखि ६० प्रतिशत कलेजो बिग्रिसकेपछि मात्र यसको लक्षण देखिने गर्दछ । त्यतिबेला कलेजोलाई जोगाउन निकै मुस्किल हुन्छ । त्यसैले कम्तिमा पनि बर्षमा एक पटक कलेजोको अवस्था के छ भनेर जाँच गराउन चिकित्सकको सुझाब छ ।

केही बर्षदेखि चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी नियमित जाँच विशेषज्ञ चिकित्सकबाट हुँदै आएको छ । कलेजमा दैनिक २० देखि ३० जना कलेजो सम्बन्धी विरामी उपचारका लागि आउने गरेको डा.सागर पौडेलले जानकारी दिनुभयो । उहाँले उपचारमा आउनेमध्य २० प्रतिशत विरामी प्रत्यारोपण गर्ने खालका हुने गरेको बताउनुभयो ।

वयष्क मानिसले बृद्ध, वयष्क र बालकलाई सजिलै दिन सकिने कलेजो प्रत्यारोपण १८ देखि ५० वर्षम्मका उमेर भएका मानिसले सजिले दान गर्न सक्छन । कलेजोमा बढि मात्रामा बोसो जमेको बाहेक अन्यले पनि सजिलै दान दिन सक्छन । कलेजो आफै विकसित हुने अंग भएकाले यसको प्रत्यारोपण गरेको दुई महिना भित्र नै यो विरामीको शरिरमा आफैं विकसित हुन्छ । यसले गर्दा कलेजो प्रत्यारोपण गरिएको बिरामीले पुनः पहिले जस्तै जीवन जीउन सक्छन ।

Tags: Chitwan Medical collegeCorona Virus #Covid19Liver transplantation
Nisarga hospital Dhangadhi
Previous Post

पाल्पामा ३ दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न

Next Post

स्वास्थ्यकर्मीको मन…

Related articles

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र

2 hours ago
776
नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

2 days ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

3 days ago
779
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

3 days ago
816
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

4 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

1 week ago
868
Next Post
स्वास्थ्यकर्मीको मन…

स्वास्थ्यकर्मीको मन...

Comments 2

  1. Pingback: सरकारी क्षेत्रमा कार्यरत नर्सिङ संस्था गठन, अध्यक्षमा कल्पना श्रेष्ठ • Health News Nepal
  2. Pingback: सिएमसीमा नेपालको सबैभन्दा बढी १८३ बेड कोभिड आइसियु, १४९ कोरोना संक्रमितको उपचार हुँदै • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,314)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...