कञ्चनपुर, ०१ असार २०७९
सुदुरपश्चिम प्रदेशको कृष्णपुर नगरपालिकाको स्वास्थ्य चौकीमा आजदेखि २४घण्टे इमरजेन्सी स्वास्थ्य सेवा सुचारु भएको छ।
सुदुरपश्चिम प्रदेशका माननीय समाजिक बिकासमन्त्री गोबिन्द राज बोहरा र कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा द्वारा स्वास्थ्यचौकीको इमरजेन्सी स्वास्थ्य सेवा उद्घाटन भएको हो।
मेयर ओझाले यस पबित्र कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण कृष्णपुर बासी दाजु भाइ, दिदी बहिनीहरु, कृष्णपुर नगर पालिकाका राष्ट्र सेवक कर्मचारीहरु, सम्पुर्ण जनप्रतिनिधि ज्युहरु लाई धन्यवाद दिनुभयो।
उद्घाटन कार्यक्रममा माननीय मन्त्री गोबिन्द बोहरा, माननीय देवराज पाठक र माननिय श्याम लाल रानाले उक्त स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण र रगत चेकजाँच गर्नुभएको छ।
नजिकैको स्वास्थ्यचौकीमा स्वास्थ्य सेवा लिन पाउने भएकाले कृष्णपुर नगरपालिकाका बासिन्दाहरूलाई राहत मिलेको मेयर ओझाले बताए।