Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

काठमाडौं महानगरपालिकाद्वारा डेंगु सम्बन्धी जिज्ञासाको लागि नि:शुल्क ११८० हटलाइन नम्बर सार्वजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
July 27, 2023
in News
Reading Time: 1 min read
A A
0
काठमाडौं महानगरपालिकाद्वारा डेंगु सम्बन्धी जिज्ञासाको लागि नि:शुल्क ११८० हटलाइन नम्बर सार्वजनिक
602
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ११ श्रावण, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगुका विषयमा कुनै जिज्ञासा तथा समाधान खोज्ने भए २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेका छन्। शाहले बिरामीलाई १०२ नम्बरको नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाएका छन्।

उनले नेपालभर महामारीको रुपमा डेंगु फैलन संकेत देखिएको भन्दै सचेत रहन अपिल गरेका छन्। मेयर शाहले डेंगु रोग लाग्नै नदिने तर्फ सबै महानगरवासीहरुले आ–आफ्नो तर्फबाट प्रयत्न गर्न र सचेत रहन अपिल गर्दै डेंगु नियन्त्रणका लागि महानगरपालिकाले चालेका सबै कार्यक्रममा सहयोगको लागि अनुरोध पनि गरेका छन्।

बालेनले सार्वजनिक गरेको सूचनामा भनिएको छ। `विगतका वर्षहरुको अनुभवलाई हेर्दा वर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ। नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौं। डेंगु रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नम्बको हटलाइन २४ सै घण्टा चालु रहने छ भने १०२ बाट नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ,।’

बालेनले सार्वजनिक गरेको सूचनाको पूर्णपाठ हेरौं

बिगतका वर्षहरुमा जस्तै बर्षायाममा लामखुट्टेबाट सर्ने डेंगी रोग नेपालभर महामारीको रुपमा फैलिने संकेत देखिदैछ । विशेष गरेर पानी जम्ने सडक, सडक पेटिका खाल्टा खुल्टी, करेसाबारीमा रहने गमला, पानि जम्मा गरी राखिएका भाडा, टायर आदीमा Aedes Aegypti / Aedes Albopictus प्रजातीको संक्रमित लामखुट्टेबाट पारेको अण्डा बाट लार्भा हुँदै वयस्क भएपछि मानिसलाई टोकेमा डेंगी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखा पर्दछन् ।

काठमाडौँ महानगरपालिकाले नगरवासीलाई डेंगी रोग लाग्नवाट बचाउन कार्ययोजना बनाई, चरणबद्ध रुपमा हालसम्म २६९ वटा वडास्तरीय सचेतना र्याली, डेंगी लार्भा खोज र नष्ट गर्ने अभियानहरु सञ्चालन गरिदै आएको छ । प्रत्येक बुधवार बिहान ८ः०० बजेवाट ९ः३० सम्म सवै वडाहरुमा यो अभियान निरन्तर चलिरहेको छ । यस अभियानमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधीहरु, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघसंस्था, क्लब, नगरप्रहरी कर्मचारी, पत्रकारहरु सवैको उल्लेख्य सहभागिता रहेकोमा हार्दिक धन्यवाद दिन चाहान्छु ।

विगतका वर्षहरुको अनुभवलाई हेर्दा बर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्र्तिक सम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ । नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौ । डेंगी रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नं. को हटलाइन २४ सै घण्टा चालु रहने छ भने १०२ बाट नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ।

डेंगी रोग लागि हालेमा वडामा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकहरुमा प्रयाप्त मात्रामा सिटामोल, जिवनजल लगायत आवश्यक औषधिको प्रबन्ध मिलाईएको छ । सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावक सम्म यो रोगको बारेमा चेतना पुर्याउने र रोगको बारेमा उत्कृष्ट कला देखाउने, बिद्यार्थी र बिद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ । पानी जम्ने र लामखुट्टेको बासस्थानको खोजी लार्भा नै नष्ट गर्ने `मस्क्वीटो बायो लार्भासाइट´ छर्कने, जनचेतनामूलक सन्देशहरु प्रसारण गर्ने जस्ता कार्यक्रमहरु रहेका छन् । काठमाडौ महानगरपालिकाको एक्लो प्रयासले मात्र महामारी रोग नियन्त्रण र रोकथाम हुन नसक्ने भएकाले डेंगी रोग लाग्नै नदिने तर्फ सवै महानगरवासिहरुले आ–आफ्नो तर्फवाट प्रयत्न गर्ने र सचेत रहन अपिल गर्दै डेंगी रोग नियन्त्रण कार्यमा काठमाडौ महानगरपालिकाले चालेका सवै कार्यक्रममा सार्थक सहयोगको लागि अनुरोध गर्दछु।

Tags: #government of NepalCorona Virus #Covid19Kathmandu Metropolitan city
SummarizeShare251ScanTweet146

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.