डडेल्धुरा , ८ कार्तिक २०७७
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण लक्षणको शंका लागेपछि बिहीबार स्वाब परीक्षण गरिएको थियो । बिहिबार आएको नतिजामा ओझालाई कोरोना पुष्टि भएको उक्त अस्पतालका ल्याब इन्चार्ज इश्वरी प्रसाद भूसालले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको पनि भूसालले बताए । ओझाले पछिल्लो समय अग्रपंक्तिमा रहेर अस्पतालमा समन्वय प्रभावकारी भूमिकाको रुपमा काम गर्दै आउनुभएको छ। अध्यक्ष ओझाले करिब ५ महिनाको समयमा पिसिआर प्रयोगशाला देखि लिएर अस्पतालका बिशेषज्ञ सेवाहरु बिस्तार गर्नु भएको छ।
डडेल्धुरा पिसिआर प्रयोगशालामा
अहिलेसम्म २० हजार भन्दा बढी जनाको पिसिआर परिक्षण हुँदा १ हजार ५ सय भन्दा बढीमा कोरोना रिपोर्ट पोजेटिभ आएको भूसालले बताए।