Nepal Bank Advertisement
आज: २०८३ मंसिर १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा

Nam Raj Bhatta by Nam Raj Bhatta
August 20, 2022
in News
Reading Time: 1 min read
A A
0
ईसान बाल तथा महिला अस्पताल २७ औं वर्षमा प्रवेश, बोनम्यारो प्रत्यारोपण गर्ने तयारीमा
607
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ भाद्र २०७९

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो २६ वर्ष पार गरेर २७ औं वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा बच्चाहरुको बोनम्यारो प्रत्यारोपण गर्ने अन्तिम तयारी भएको छ।

शुक्रबार बार्षिकोत्सबको अवसरमा अस्पतालका निर्देशक प्राडा. रामानन्दन प्रसाद चौधरीले बाल उपचारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएको अस्पतालले नेपालकै लागि नयाँ सेवा थप्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

डा. चौधरीका अनुसार नेपालमा अहिलेसम्म बालबालिकाहरुको बोनम्यारो ट्रान्सप्लान्ट भएको छैन् । हामीले यो सेवा छिट्टै नै सुरु गर्दैछौँ । अहिले जनशक्ति व्यवस्थापन लगभग भइसकेको छ । आवश्यक उपकरण र पूर्वाधार निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

Dr. Rp chaudhary

नेपालमा बोनम्यारो प्रत्यारोपण अहिले सरकारी स्तरको सिभिल अस्पतालमा भइरहेको छ । तर त्यहाँ युवा तथा प्रौड व्यक्तिको लागि सेवा उपलब्ध छ । बालबालिकाहरुको लागि अहिलेसम्म सो सेवा नेपालमा नभएको निर्देशक डा. चौधरीले बताए।

ईसान बाल तथा महिला अस्पताल विसं २०५२ साल कृष्ण अष्टमीको दिन १५ शैय्याबाट आफ्नो सेवा सुरु गरेको यो अस्पताल अहिले १०० शैय्या क्षमतामा सञ्चालन भईरहेको छ ।

निर्देशक डा. चौधरीले अस्पतालमा २४ घण्टा विशेषज्ञहरु बाल तथा महिला उपचारका लागि आकस्मिक सेवामा रहने बताउँदै आफ्नो अस्पतालले सार्कस्तरको गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए।

डा. चौधरीले अस्पतालमा विशेषज्ञद्धारा हरेक दिन विहान ७ देखि बेलुका ८ बजेसम्म ओपिडीसंगै इएनटी, बाल आँखा रोग, बाल हेमाटोलोजी, अंकोलोजी, पल्मोनोलोजी, ग्यास्ट्रो इन्टेरोलोजी, बाल न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी लगायतका उपचार हुने बताए ।

FB IMG 1660963094661

यस अस्पतालमा सबै उमेर समूहका व्यक्तिमा जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, दन्त छाला तथा यौनरोग, नाक कान घाँटी, आँखा, फिजियोथेरापी सेवा समेत उपलव्ध भएको बताए । सेवाका लागि अस्पतालमा अहिले ८२ जना विशेषज्ञ चिकित्सक कार्यरत रहेको जानकारी दिनुभयो ।

अस्पतालले नि:सन्तान दम्पतीका लागि आईभीएफ सेवा समेत सञ्चालनमा ल्याएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत नियमित सञ्चालन भइरहेको छ । सीटीस्क्यान सेवा निकट भविस्यमै आउने डा. चौधरीले बताए । अहिलेसम्म नेपालमा बालबालिकाहरुमा बोनम्यारो प्रत्यारोपण सुरु भएको छैन् ।

Tags: Corona Virus #Covid19Dr. Ramanand P. ChaudharyIshan children and women hospital
SummarizeShare255ScanTweet147

Related articles

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता सेयर दिने

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता सेयर दिने

by Nam Raj Bhatta
November 26, 2026
0

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आज मंसिर १० गतेदेखि खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका...

वी.पी. कोइराला प्रतिष्ठान र विराटनगर आँखा अस्पतालबीच नवजात शिशुको आँखा परीक्षणसम्बन्धी सम्झौता

वी.पी. कोइराला प्रतिष्ठान र विराटनगर आँखा अस्पतालबीच नवजात शिशुको आँखा परीक्षणसम्बन्धी सम्झौता

by Nam Raj Bhatta
November 26, 2026
0

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरान र विराटनगर आँखा अस्पताल (BEH), विराटनगरबीच समय नपुगी जन्मिएका (Premature) तथा उच्च जोखिममा रहेका नवजात शिशुहरूको आँखाको विशेष परीक्षण (ROP Screening)...

मानसिक स्वास्थ्य शिविर तथा चिकित्सकीय सुपरिवेक्षण कार्यक्रम सम्पन्न

मानसिक स्वास्थ्य शिविर तथा चिकित्सकीय सुपरिवेक्षण कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
November 26, 2026
0

बुधबार CBM Global को आर्थिक सहयोग तथा सी.एम.सी.-नेपाल र सिंजा गाउँपालिकाको साझेदारीमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत सिंजा गाउँपालिका वडा नं. ५ स्थित सनिगाउँ स्वास्थ्य चौकीमा mhGAP Module...

स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला

by Nam Raj Bhatta
November 25, 2026
0

स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसँग सम्बन्धित समाचारमा संवेदनशीन हुन आवश्यक रहेको औँल्याउनुभएको छ । प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिता विषयमा गरेको अन्तरक्रियामा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले नागरिकलाई...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    902 shares
    Share 361 Tweet 226
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    717 shares
    Share 287 Tweet 179
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    714 shares
    Share 307 Tweet 170
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    710 shares
    Share 315 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    656 shares
    Share 262 Tweet 164

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता सेयर दिने
  • वी.पी. कोइराला प्रतिष्ठान र विराटनगर आँखा अस्पतालबीच नवजात शिशुको आँखा परीक्षणसम्बन्धी सम्झौता
  • मानसिक स्वास्थ्य शिविर तथा चिकित्सकीय सुपरिवेक्षण कार्यक्रम सम्पन्न
  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
  • ट्रमा सेन्टरमा ओपिडीमा मात्रै सेवा लिने १ लाख २४ हजार भन्दा बढी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.