बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो।
सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज देखि एक महिनासम्म सिटिस्क्यान सेवा शुल्कमा १० प्रतिशत छुटको घोषणा गरेको छ ।
अस्पतालका निर्देशक प्राडा. आरपी चौधरीले एडभान्स लेभलको बालमैत्री मेसिन जडान गरेर आजबाट सञ्चालनमा ल्याएको र यसले सेवाको गुणस्तर तथा चुस्ततालाई थप उचाईमा पुर्याउने बताउनु भयो।
डा. चौधरीका अनुसार हामीले यसअघि सिटिस्क्यान गर्नु पर्ने बिरामीलाई बाहिर पठाएका थियौ र त्यसले बिरामीलाई झन्झट, रिपोर्टमा ढिलाई हुने गरेको थियो। अब अस्पतालमै यो मेसिन भएपछि आवश्यकता अनुसार रिपोर्ट पनि छिटो उपलव्ध हुने भएको छ।






