Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले कार्यक्रममा केन्द्रबाट डा. बुढाथोकी नै आएकाले हामीलाई थप उर्जा मिलेको बताउनु भयो ।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 20, 2022
in News, Research & Study
Reading Time: 2 mins read
A A
0
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा
620
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, ८ फागुन २०७८

सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लाका अस्पताल तथा स्वास्थ्य कार्यालयका फोकल पर्सन, चिकित्सक, सेवाप्रदायक लगायतका स्वास्थ्यकर्मीलाई २ ब्याच गरी ३६ जनालाई प्रशिक्षक प्रशिक्षण समापन गरिएको छ ।

कार्यक्रमको शुभारम्भ सामाजिक विकास मन्त्रालयका सचिब रीता भण्डारीको प्रमुख आतिथ्यता, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उपचारात्मक महाशाखाका आँखा,नाक कान,घाँटी प्रमुख डा. प्रकाश बुढाथोकीको बिशिष्ट आतिथ्यता, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीको आतिथ्यता तथा स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीको अध्यक्षता भएको थियो ।

उद्घाटन तथा शुभकामना मन्तब्यमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले सुदुरपश्चिम प्रदेशका हरेक स्वास्थ्यसंस्थाबाट सेवा प्रदान गर्ने गरी तयारी स्वरुप संघीय सरकारबाट हरेक प्रदेशमा तालिम दिन लागीएको बताउनु भयो । प्रदेशले स्वास्थ्यक्षेत्रमा सुचकहरुमा सुधार गरेको र अझ धेरै गर्न लागीपरेको छ । कार्यक्रममा केन्द्रबाट डा. बुढाथोकी नै आएकाले हामीलाई थप उर्जा मिलेको बताउनु भयो ।

Dr. Prakash budhthyoki
Dr. Prakash budhthyoki

बिशिष्ठ अतिथी तथा प्रमुख डा. प्रकाश बुढाथोकीले प्याकेज कार्यक्रमको, बिकासक्रम, उदेश्यका बारेमा तथा अब संबिधानप्रदत्त मौलिक हक आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित गरिसकेको तथा त्यसको स्तरीय उपचार पद्धती पनि निर्माण भईसकेकाले अब नेपाल सरकारका हरेक स्वास्थ्यसंस्थाहरुले यी सेवा एकै गुणस्तर र सहजरुपमा दिनुपर्ने, उचित समय र उपयुक्त स्थान तथा बिशेषज्ञ कहाँ प्रेषण गर्नपर्ने बताउनु भयो ।

सरकारबाट ओझेल तथा बिज्ञ अभाव झेलिरहेका उपरोक्त सेवाहरुमा टास्क सिफ्ट र सेयरीङ गर्दै हरेक नेपालीलाई सेवाको पहुँचमा ल्याउन संघीय सरकार र प्याकेजका जन्मदाता डा. बुढाथोकीलाई धन्यबाद दिदै कार्यक्रमको सफलताको शुभकामना दिदै सबै सहभागीलाई तालिमको सदुपयोग गर्न सचिव रीता जोशी ज्युले अनुरोध गर्नु भएको थियो ।

Rita Joshi
Rita Joshi

यस्ता रोग, जटिला तथा आर्थिक हानी बढी हुने बिशेषज्ञ सेवाको रोकथाम, आधारभुत उपचार जतिसक्दो छिटो हरेक स्वास्थ्य संस्थामा पुर्याउनु पनि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीले तालिमको फाईदा, प्रशिक्षक सबै बिज्ञ रहेको तथा सोचकर्ता, नीतिनिर्मातामा संलग्न डा. बुढाथोकीको उपस्थितीमा र त्यसको भरपुर उपयोग गर्न र सहभागीहरुको जिम्मेवारीका बारेमा बिस्तृतीकरण गर्नु भएको थियो । यस्ता तालिम नियमित गर्न र संघीयताले खस्काएको स्वास्थ्य सुचक सुधार्न डा. बुढाथोकी जस्ता युवाले नेतृत्व लिन समेत आग्रह गर्नु भयो ।

Midium photo n

समापन कार्यक्रमका प्रमुख प्रशिक्षक तथा बिशिष्ठ अतिथी उपचारात्मक सेवा महाशखाका डा. प्रकाश बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दै शाखा स्थापना भएको र हामी सबै मिलेर यसको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थियो । डा. बुढाथोकीले बिगत २ बर्षदेखी स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफुले पनि बजेटमा पार्न अनुरोध गर्नु भएको थियो । आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुर्याउन चुनौती भएपनि स्वास्थ्यका सिपाहीहरु दिलोज्यानले लागेमा असंभव केहि नभएको बताउनुभयो ।

Photo 2 n

तालिम कार्यक्रममा मुख स्वास्थ्यतर्फ केन्द्रका डा. प्रकाश बुढाथोकी र सामाजिक बिकास मन्त्रालयका डा. नरेश जोशी, आँखा स्वास्थ्य तर्फ गेटा अस्पतालबाट डा. रमेश भट्ट र नाक, कान र घाँटी तर्फ सेती प्रादेशिक अस्पतालका डा. अशोक श्रीपाईलीले प्रशिक्षण सहजीकरण गर्नु भएको थियो ।

स्वास्थ्य सेवा बिभाग, उपचारात्मक सेवा महाशाखाले प्रदेश तथा स्थानीय तहका नीति निर्माता, कार्यान्वयन, योजनाकार लाई संबेदनशील बनाउन प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक, सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलाई यस अघि पनि अभिमुखीकरण गरिसकेको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Ashok shreepaliDr. Naresh JoshiDr. Prakash budhathokyDr. Ramesh BhattaFarwestrn-nepalNarendra Singh karkiRita JoshiTraining center Dhangadhi
SummarizeShare267ScanTweet147

Related articles

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.