काठमाडौँ, २८ चैत । नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा स्वास्थ्यकर्मीको तलव नकाटिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।
अहिलेसम्म हामीले कोरोना राहत कोषका लागि रकम कट्टी गर्ने सम्वन्धमा कुनै निर्णय पनि गरेका छैनौँ । सामाजिक सञ्जालमा विभिन्न यसबारेमा कतिपय कुराहरु आएको पाइएको छ त्यो सब गलत हो। स्वास्थ्यकर्मीहरुले ढुक्कसंग काम गर्नुहोला डा.देवकोटाले बताए।
त्यस्तै प्रहरी प्रधान कार्यालयले पनि सुरक्षाकर्मीको तलव कोषमा राख्ने गर्ने पत्रचार गरेको खबर आएपछी यसको चर्को विरोध गरेको थियो।
‘कोषमा यो स्वइच्छाले दिने कुरा हो । कसैले दिन चाहेको खण्डमा कोषमा सहयोग गर्न सकिन्छ भनी डा.देवकोटाले बताए।
Comments 1