Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिमको स्वास्थ्य मेगा प्रोजेक्ट #Farwestern

Nam Raj Bhatta by Nam Raj Bhatta
April 3, 2021
in News
Reading Time: 2 mins read
A A
0
सुदूरपश्चिमको स्वास्थ्य मेगा प्रोजेक्ट #Farwestern
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ रमेश कुवँर

धनगढी, २१ चैत्र २०७७

धेरैलाई जत्काल भन्ने शब्द नयाँ लाग्न सक्छ । सुदूरपश्चिमका सम्पूर्ण र मध्यपश्चिमका केहि जिल्लाहरूमा बोलिने डोटेली भाषामा जत्काल भनेको सुत्केरी हो । यस प्रदेशमा मातृ तथा बाल स्वास्थ्यको अवस्था अन्य प्रदेशको तुलनामा जोखिमपूर्ण मानिन्छ । गर्भवती हुँदा आमा र बच्चाको अवस्था पहिचान गर्न सदरमुकामै जानु पर्ने बाध्यताको अन्त्य गर्नुपर्ने थियो । समयमै जटिलता पहिचान गर्न नसक्दा आमा र बच्चाको ज्यान जानसक्ने जोखिमताले जनस्वास्थ्य क्षेत्र थप चुनौतिपूर्ण बन्दै थियो ।

आ.व. २०७५/०७६ मा यस्तै कुराहरुमा आधारित रहेर माननीय सामाजिक विकास मन्त्री श्री कृष्णराज सुवेदी, तत्कालिन सामाजिक विकास सचिव श्रीमान् गोगन बहादुर हमाल र जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्कीज्यूले नेपाल सरकारले शुरु गरेको ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमलाई प्रदेशभरि लैजान पर्छ भन्ने विषयमा छलफल शुरु गर्नुभयो ।

निष्कर्षमा स्वास्थ्य निर्देशनालय डोटीबाट उक्त योजना कार्यान्वयनको लागि वित्तीय व्यवस्थापन गरियो । डा.गुणराज अवस्थी र उँहाको विशेष टिम बाहेक अरु कसैले यो खरिद गर्न सक्दैन थियो । खरिद त पर जाओस, कल्पना गर्ने आँट समेत गर्न सक्दैन थियो । प्रदेश सरकारको अपेक्षा बमोजिम यो योजना कार्यान्वयन गर्न सक्ने आट, प्राविधिक क्षमता र ल्याकत अरु कुनै अड्डाको थिएन भन्ने कुरा मन्त्रालयले राम्रो संग बुझिसकेको थियो ।

“आज स्वास्थ्यको क्षेत्रमा सुदूरपश्चिम प्रदेश उदाहरण बनेको छ । अन्य प्रदेशले पनि यो प्रदेशबाट यो कार्यक्रम सिक्न पर्छ । संघीय सरकार र अन्य कुनै प्रदेशले नसकेको ग्रामिण अल्ट्रासाउण्ड विस्तार कार्यक्रम (प्रदेशभरि) यो प्रदेशले गरेर देखाएको छ । प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद !” यो भनाई मेरो होईन ! स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ आदरणीय महेन्द्र प्रसाद श्रेष्ठ सरको हो ।

received 914488962618449

सरकारी पद्दतिमा रहेर महावीर पुन वा डा. सन्दुक रुईतले खरिद गर्यो भने पनि कमिशन खायो होला भन्ने सोच्ने जनमष्तिक तयार भईसक्या छ । खरिद भन्दा वितिक्कै “खायो वा कमिशन” सम्झिने जनभावना, संचालित मिडिया आतंक, माफियाहरुको तिकडमबाझी, संवैधानिक आयोग लगायतले सृजना गरेका विभिन्न बाधा अवरोध बावजुद पनि डा. अवस्थी डगमग भएनन् । खायो वा खाएनन, खान्छन वा खादैनन् त्यो फरक पाटो हो । मैले यो सम्बन्धमा हाम्रो बुझाईलाई मात्रै चित्रण गर्न खोजेको हु । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमबाट आफ्नो पेशागत सिण्डिकेटमा जोखिमता महशुस गरेका केहि रेडियोलोजिष्टहरुका अवरोधहरुलाई पनि नजरअन्दाज गरि डा. अवस्थीले आफ्नो सुर र लय छोडेनन् । डा. अवस्थी बाहेक अरु कसैले यसको नेतृत्व गर्ने जिम्मेवारी पाएको भए जमानामा यो योजना ड्रप गरिसक्थे । बिजारोपण भन्दा पनि जन्माउनु र हुर्काउनु ठुलो कुरा हो । यहि लाईनमा अवस्थी डा साब र उँहाको टिम लागि रहयो र सफल भयो । हुनत यो शुरुवात हो । अझै धेरै बाँकी छ यसलाई संस्थागत गर्न । तैपनि यति सम्मको कष्टकर यात्रा हेर्दा डा. अवस्थी र उँहाको टिम प्रति उच्च सम्मान बढेको छ । राम्रो कुराको प्रशंसा गर्न चुक्नु हुँदैन भन्ने मान्यता बोक्ने व्यक्ति हु । कसैलाई यो अरु केहि पनि लाग्न सक्छ । लागे लागोस !

यो प्रदेश विशेष मातृ तथा बाल स्वास्थ्य सुधारको लागि ८८ वटै स्थानीय तहमा उक्त योजना लैजान पर्छ भन्ने समूहको सदस्य म पनि थिए । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको योजना निर्माणमा सलंग्न भएको ३ वर्ष भयो । यदि मलाई कसैले सोध्यो ! प्रदेश सरकारको स्वास्थ्य तर्फको सबै भन्दा महत्वपुर्ण र ठुलो प्रोजेक्ट कुन हो ? क्षणभर नसोचीकन “ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम” भन्छु म । यो बाहेक अरु थुप्रै योजनाहरु पनि छन जसलाई सम्झिँदा आत्मसन्तुष्टि हुन्छ । सरकारी कर्मचारी भएकोमा र नीति योजना निर्माण तहमा सलंग्न हुनुमा छुट्टै गर्व महशुस हुन्छ । यति धेरै अभौतिक आक्रमण पश्चात पनि लागु गरिएको “८८ वटै स्थानीय तहमा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम” को १ वर्षे नतिजा हेर्दा सार्है आनन्द आयो । अहिले यस प्रदेशका सम्पूर्ण स्थानीय तहहरुको गाउँ गाउँ, टोल टोलमा गर्भवती महिलाहरुको भिडियो एक्स रे मार्फत गर्भ जाँच भईरहेको छ । १ वर्षको प्रगति हेर्दा गाउँगाउँमा प्रदेशभरि भिडियो एक्स रे बाट ४५,१३५ जना गर्भवती आमा जाँच गरिएको रहेछ । ति मध्ये १५६२ जना जटिलतायुक्त गर्भवती पहिचान र प्रेषण गरिएको रहेछ । जटिलता मध्ये Anencephaly = ४० जना , Hydrocephaly = ३२ जना, Molar Pregnancy = ४१ जना, IUFD = ५४ जना, Oligohydromine = १६१ जना, Blighted Ovum = ३२ जना, Ectopic Pregnancy = ४ जना, Gastrochis = ४ जना, Fetal abdominal ascities = २ जना, Transverse lie = ६१ जना, Breech = ३०२ जना, Multiple Pregnancy = २३० जना, Placenta previa = ९७ जना, Low lying placenta = ३० जना, Posterior Placenta = १० जना, Polyhydraminos = २२ जना, IUGR = ८ जना, Bicornuate Uterus = २ जना, Cyst = १४ जना, Incomplete Abortion/Abortion Complication = २५ जना आदी । उपरोक्त शब्दहरु मेडिकल भाषामा भएकाले बुझ्न कठिन भएको होला । यदि यी समस्या समयमा पहिचान नगरिएको भए आमा र बच्चाको ज्यानलाई निकै जोखिम हुन्थियो । कतिपय त कुनै समाचारका अप्रिय हेडलाईन पनि बनि सक्थे । अब बुझ्नु भयो होला शायद !

अन्त्यमा, यो प्रोजेक्टको मियो भनेकै तालिम प्राप्त नर्स दिदीबहिनीहरु नै हुन । यँहाहरुले गरेको कार्य उत्कृष्ट छ । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको प्राण भनेकै तपाईहरु नै हो । यो कार्यक्रमलाई जीवित राख्नुहोला ! डा मिंगमार ग्याल्जेन शेर्पा र उँहाको टिम त यो कार्यक्रमको जननी दाता नै हुनुहुन्छ । तपाईहरु बिना यो लगभग असम्भव नै थियो । हार्दिक कृतज्ञता सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा ।

(लेखक सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीमा जनस्वास्थ्य अधिकृत हुन।)

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Sunduk ruetDr.gaun Raj awsthiHealth office DhangadhiNarendra Singh karkiRamesh kunwar
SummarizeShare235ScanTweet147

Related articles

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.