Ghorahi sub metro tb awareness message
Baitadi swasthya karyalaya awareness
Health Office Lalitpur Immunization for year 5 and below
आज मिति : २०८० जेष्ठ १८
  • Login
Health News Nepal
Tobacco control message
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2023
in News
A A
0
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १८ वैशाख २०८०

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुगेका उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भने ‘यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ । महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग पनि निरन्तर जारी रहनेछ ।’

महानिर्देशक डा. बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्याउन सुझाव दिए । मूलतः गरिब, सिमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य सङ्घमार्फत महासङ्घले लगानी गर्दै आएको उनले जानकारी दिए ।

Truederma 1

उनले आजै सङ्घद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा. नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए ।

हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ ।

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायमा छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो ।

महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घ पनि उक्त महासङ्घको सदस्य हो । सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।

महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण भएको सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा. बरमेजोले मङ्गलबार द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्न
गर्ने कार्यतालिका छ ।

यसैगरी भ्रमणका क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन् । सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ ।

महानिर्देशक डा. बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ ।

परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ । सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायका रहेका छन् ।

Tags: Corona Virus #Covid19Dr.Naresh Pratap kcNepal family planning association
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डाक्टरको ओपिडी शुल्क जेठ देखि बढ्ने: अनुभव र योग्यताको आधारमा ४२० देखि ९४० सम्म

Next Post

कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारद्वारा छ जना व्यक्ति तथा संस्था पुरस्कृत

2 hours ago
775
एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध
News

एक्सन नेपालले गर्यो सुर्तीजन्य पदार्थमा ज्यादै न्यून कर वृद्धी प्रति विरोध

2 hours ago
775
औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
News

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

12 hours ago
775
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल
News

राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री रिजाल

13 hours ago
775
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त
News

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. अधिकारी नियुक्त

17 hours ago
775
बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु
News

बाजुरामा दादुरा-रुवेला खोप अभियान सम्बन्धि तिनदिन प्रशिक्षण शुरु

1 day ago
775
Next Post
Frontline hospital

कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Baglung Health Office TB Awareness
Dhading health office immunization awareness message
Chitwan health office immunization awareness message
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In