Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2023
in News
Reading Time: 1 min read
A A
0
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा
600
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १८ वैशाख २०८०

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुगेका उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भने ‘यस्तो सेवा विपन्न समुदायसम्म पुर्‍याउनुपर्छ । महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको आर्थिक एवं प्राविधिक सहयोग पनि निरन्तर जारी रहनेछ ।’

महानिर्देशक डा. बरमेजोले यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन नेपाल सरकारसँग आग्रह गर्दै बृहत्तर यौनिकता शिक्षालाई समुदायस्तरमा पुर्याउन सुझाव दिए । मूलतः गरिब, सिमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य सङ्घमार्फत महासङ्घले लगानी गर्दै आएको उनले जानकारी दिए ।

उनले आजै सङ्घद्वारा सञ्चालित ‘हर्मोनल तथा लेजर थेरापी’ क्लिनिकको निरीक्षणसमेत गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष हिमालय लाल कसजु र व्यवस्थापक डा. नरेशप्रताप केसीले सङ्घका गतिविधिबारे जानकारी दिएका थिए ।

हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवद्र्धनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ ।

सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायमा छन् । कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको थियो । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्य गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो ।

महासङ्घमा विश्वका एक सय ४२ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । नेपाल परिवार नियोजन सङ्घ पनि उक्त महासङ्घको सदस्य हो । सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेदेखि नै सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा काम गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासङ्घबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको छ ।

महासङ्घका उच्च नेतृत्वबाट यो तहको दोस्रोे पटक नेपाल भ्रमण भएको सङ्घले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा. बरमेजोले मङ्गलबार द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको छ । नेपाल भ्रमणका क्रममा महानिर्देशक डा. बरमेजोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चपदस्थ नेतृत्वसँग नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सेवाका बारेमा परामर्श गर्न
गर्ने कार्यतालिका छ ।

यसैगरी भ्रमणका क्रममा उनले सङ्घको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेटवार्ता एवंं सङ्घद्वारा सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिनेछन् । सोही क्रममा उनले मोरङको विराटनगरस्थित सङ्घको शाखा कार्यालय, सुनसरी इटहरीस्थित सङ्घको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ ।

महानिर्देशक डा. बरमेजोले भ्रमणका दौरानमा सङ्घका साझेदारी सङ्घ संस्था, दातृ निकाय, सञ्चारकर्मी तथा अल्पसङ्ख्यक समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्ने जनाइएको छ ।

परिवार योजना सेवामा सङ्घको राष्ट्रिय योगदान तथा सिमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पुर्‍याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको छ । सङ्घका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सिमान्तकृत तथा जोखिम समुदायका रहेका छन् ।

Tags: Corona Virus #Covid19Dr.Naresh Pratap kcNepal family planning association
SummarizeShare247ScanTweet147

Related articles

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त

by Nam Raj Bhatta
July 8, 2026
0

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा. देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि

by Nam Raj Bhatta
July 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यकालको १०० दिनमा स्वास्थ्य सेवा सुधार, सुशासन, डिजिटल प्रणाली विस्तार, स्वास्थ्य बीमा व्यवस्थापन, अस्पताल सेवा सुदृढीकरण तथा औषधि व्यवस्थापन लगायतका क्षेत्रमा भएका...

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

by Nam Raj Bhatta
July 4, 2026
0

नेपालमा उच्च शिक्षाको इतिहासमा नयाँ अध्याय थपिएको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अन्तर्गत सञ्चालित खुला तथा प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रधानमन्त्री तथा विश्वविद्यालयका...

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

by Nam Raj Bhatta
July 2, 2026
0

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले डा. सिंहलाई अध्यक्ष चयन गरेको छ। डा. सिंहले नियुक्त...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    827 shares
    Share 331 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    692 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    636 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    688 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. देवेन्द्र खत्री नियुक्त
  • सरकारका १०० दिन: स्वास्थ्य क्षेत्रका २२ उपलब्धि
  • जनस्वास्थ्य क्षेत्रका पहिलो विज्ञ प्रा. डा. सुजन बाबु मरहठ्ठा पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त
  • बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
  • बयालपाटा प्रादेशिक अस्पतालमा एकैदिन ६ जनाको सफल शल्यक्रिया

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.